काठमाडौं । नेपाल तेक्वान्दो संघ तथा नेपाल स्थित दक्षिण कोरियाली दूतावासको तत्वावधानमा १३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको हलमा भव्य रुपमा उद्घाटन समारोह सम्पन्न गरियो ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष श्री दीपराज गुरुङ्गद्वारा गरएको थियो भने कार्यक्रमको प्रमुख अतिथी पूर्व युवा तथा खेलकुद मन्त्री श्री विराज भक्त श्रेष्ठज्यू हुनु हुन्थ्यो । उक्त समारोहमा विशिष्ठ अतिथीका रुपमा दक्षिण कोरियाली दूतावासका महामहिम राजदूत श्री पार्क ताई योङ उपस्थित थिए । कार्यक्रमको औपचारीक उद्घाटन पुर्व युवा तथा खेलकुद मन्त्री श्री विराज भक्त श्रेष्ठ साथै कोरियाली राजदूत महामहिम श्री पार्क ताई योङले संयुक्त रुपमा दीप प्रज्वलन गरि गरेका थिए ।
१३ औँ कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दक्षिण एशियाली मुलुकः भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका १५५० जना तेक्वान्दो खेलाडीहरुले सहभागीता जनाएका छन् । यस प्रतियोगितामा कुल ६१ स्वर्ण, ६१ रजत साथै १२२ काँष्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । आज उद्घाटन भएको उक्त प्रतियोगिता मंसिर २० (डिसेम्बर ०६) सम्म चल्ने छ ।
काठमाण्डौ विभागीय टोली नेपाल पुलिस क्लबका प्रेमबहादुर लिम्बूले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेतासमेत रहेका लिम्बूले व्यक्तिगत पुम्सेको पुरुष ४० वर्षमुनिको स्पर्धामा स्वर्ण पदक जितेका हुन् । त्रिभुवन आर्मी क्लबका रेजिन रिमाल दोस्रो र अल्फा तेक्वान्दो डोजाङ दाङका दामोदर शर्माले कांस्य पदकमा चित्त बुझाए ।
यसैगरी महिला ४० वर्षमुनिको एकल पुम्सेमा नेपाल एपीएफ क्लबकी प्रतिभा भिस्टा पहिलो र आर्मीकी सविना भट्टराईले दोस्रो स्थान हात पारे । यस्तै व्यक्तिगत पुम्सेको छात्र १०–१२ वर्ष उमेर समूहमा सुनसरीको चन्द्रमा डोजाङका प्रकाश श्रेष्ठले स्वर्ण पदक जिते । बालाजु डोजाङका रावल पण्डित दोस्रो तथा स्वयम्भू डोजाङका रोजकुमार तामाङ र स्वस्तिक डोजाङका सुमन तामाङले कांस्य पदक प्राप्त गरे ।
मंसिर २० गतेसम्म ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा आयोजना हुने प्रतियोगिताको पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ योङले संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रतियोगिताको उद्घाटन समारोहमा दक्षिण कोरियाली दूतावासले नेपाल तेक्वान्दो संघलाई तेक्वान्दोको विभिन्न खेलकुद सामग्री पनि प्रदान गरेको थियो । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ योङले नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलाई सो सामग्री हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई मानार्थ छैटौं डान प्रदान गरिएको थियो । यस्तै नेपाल तेक्वान्दो संघका उपाध्यक्ष साम्राज्यविक्रम पाण्डे, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी र भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयलाई मानार्थ पाँचौं डान प्रदान गरिएको थियो । उनीहरुलाई संघका अध्यक्ष गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए ।
च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिप सञ्चालनका लागि नेपालका ४० जना अन्तर्राष्ट्रिय निर्णायक परिचालन गरिएको छ । च्याम्पियनसिपमा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई पनि समावेश गरिएको छ । च्याम्पियनसिपमा तीन वटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपका विजेतालाई मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













