मंसिर १५, काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा आचार्य नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
डा.शर्मा विगत ४० वर्षदेखि कानुनी क्षेत्रमा सक्रिय रहेका छन् । डा.आचार्य नेपाल मध्यस्थता परिषद्का आजीवन सदस्य हुन भने सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य रहेका छन् ।
उनि नेपाल बार एसोसिएसनको उपाध्यक्ष, नेपाल मध्यस्थता परिषद्को कार्यकारी सदस्य र नेपाल बार काउन्सिलको कार्यकारी समिति सदस्यको रूपमा पनि काम गरेकाे अनुभव रहेकाे छ।
डा. आचार्यले व्यापार र अन्तर्राष्ट्रिय व्यापार कानूनमा स्नातकोत्तर डिग्री गरी विद्यावारिधि उपाधि लिएका छन् ।















