Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सम्झनामा कार्ल मार्क्स : दुईसय वर्षपछि पनि उत्तिकै सान्दर्भिक

Sambridinews by Sambridinews
आइतवार, बैशाख २३, २०८१
in विचार
0
सम्झनामा कार्ल मार्क्स : दुईसय वर्षपछि पनि उत्तिकै सान्दर्भिक
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

वैज्ञानिक समाजवादी विचारधाराका प्रणेता कार्ल माक्र्सको जन्म आजभन्दा दुइसय सातवर्ष अघि दक्षिण प्रशियाको ट्रिन्स ( हालको जर्मनी )भन्ने स्थानमा ५ मे सन् १८१८ मा एउटा यहुदी परिवारमा भएको थियोे ।
कार्ल माक्र्स ६ वर्षको हुँदा उनको परिवारले यहुदी धर्म छोडेर इसाई धर्म भएको थियो । धर्म परिवर्तनले कार्ल माक्र्सको बालमष्तिस्कमा गहिरो भावनात्मक परिवर्तन ल्याईदियो । माक्र्स सत्रवर्षको उमेरमा बोन विश्व विद्यलयमा कानुन पढ्न गए । त्यहाँ अध्ययनरत रहदा हेगेलको द्वन्द्ववादी दर्शनबाट धेरैनै प्रभावित भए ।

माक्र्सको ध्यान कानुन पढ्नमा गएन । त्यसपछि दर्शन र इतिहास अध्ययन गर्न वर्लिन विश्व विद्यालय गए । त्यहाँ उनले मानव समाज र मानव इतिहासको विविध क्षेत्रमा कयौं लेखहरु प्रकाशित गरेका थिए ।

You might also like

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

उनि माक्र्सवादी विचारक मात्र नभएर अर्थशास्त्री, नीतिशास्त्री, समालोचक, समाजशस्त्री साथै इतिहासका दार्शनिक पनि भए । इतिहासको मानव सामाजिक दर्शनभित्र परम्परावादी, चक्रवादी, रेखात्मक विचारधाराको त्रिकोणात्मक व्याख्या विश्लेषण उनले गरेका छन ।

लुडविग फायरवाखको भौतिकवादी सिद्धान्त र जर्मनी विचारक हेगेलको द्वन्द्ववादको मिश्रण गरी भौतिक संसारको द्वन्द्वात्मक सम्बन्धलाई बुझाउने द्वन्द्वात्मक भौतिकवाद नामक अत्यन्तै महत्तवपूर्ण मानवपयोगी नयाँ सिद्धान्तको प्रतिपादन गरेका छन । हेगेलको इतिहास दर्शनका प्रवर्तक थिए । मानव विकासलाई मक्र्सले भौतिक कारणबाट निर्धारित हुने तर मानिसको इच्छा, बिचार र आकांक्षाबाट नहुने कुरा औल्याएका छन । मानव जातीको विकास जब पुँजीवादमा भयो, तब सर्वहारावर्गको सङघर्ष विकासको प्रमुख बाधक बन्यो ।

ऐतिहासिक आवश्यकताको रुपमा वर्गीय शोषण र उत्पीडनमा मुक्त हुन उपाय र न्यायपुर्ण समाजमा संक्रमण हुने नियम तरिका र तिनका स्वरुपका बारेमा घोषणा गरेको छ ।
आजभन्दा एकसय ७६ वर्ष पहिले कार्ल मा्कर्स र फ्रेडरिक ऐङगेल्सले १२ फ्रेवरी सन् १८४८ का दिन कम्युनिस्ट घोषणापत्रले अभिव्यक्त गरको विचार र सिद्धान्त नै हो । यसमा हेगेलको द्वन्द्ववादको पद्धतिको आलोचना गरेको थियोे । दास क्यापिटल ( पुँजी ) भाग १ को भुमिका लेख्दा माक्सले द्वन्द्ववाद र हेगेलप्रतिको आफ्नो दृष्टिकोण व्यक्त गरेका छन । हेगेलका लागि मानव दिमागको जीवन प्रक्रिया अर्थात चिन्तनको प्रक्रिया उसले विचारको नाममा स्वतन्त्र विषयमा बनाएको छन ।

सन् १८४४ मा पेरिसमा कार्ल माक्र्स र फेडरिक ऐङगेल्ससँग भेटवार्ता भयो । पेरिसबाट प्रकाशित नयाँ पत्रिकामा माक्र्सले हेगेलको न्याय दर्शनको समिक्षा र यहुदीहरुको प्रश्न भन्ने दुई लेख छपाएका थिए । त्यसको चर्चा जर्मनीसम्म पुग्यो । जर्मनी सरकारले माकर्सलाई राजद्रोहको आरोप लगायो र जर्मनीको भुमिमा माक्र्सले पाइला राख्नासाथ पक्राउ गर्ने भनेर उर्दी जारीसमेत गर्याे ।

पत्रिकामा ऐङगेल्सको पनि एउटा लेख प्रकाशित भएको थियोे । माक्र्सले ऐङगेल्सको प्रतिभा र आफुसँगको दिमागी एकता देखेर सार्हे प्रभावित भए । माक्र्सले ऐङगेल्सलाई आजीवनको एउटा महान साथिका रुपमा राख्ने निश्चित गरे र सम्पर्क स्थापित गरे । कार्ल माक्र्सद्धारा प्रतिपादित साम्यवाद १९औं शताब्दीमा जन्मिएको एउटा राजनीतिक विचारधारा हो । जसको उदेश्य वर्गविहीन समाजको निर्माण गर्ने र समाजमा श्रमजीवी वर्गलाई महत्त र सम्मान दिने हो । जसमा उत्पादनका सबै साधनहरु र सबै उत्पादन समाजका सदस्यहरुको साझा स्वामित्वमा हुन्छन् भन्ने हो । यसमा निजी सम्पत्ति सार्वजनिक सम्पत्तिद्धारा प्रतिस्थापना गरिएको हुन्छ । साम्यवादी विचारले सम्पुर्ण समाजलाई कम्युनिस्ट पार्टीको एकल नेतृत्वको अधिनमा राख्छ ।

माक्र्सवाद कम्युनिस्टहरुको सामाजिक दर्शन पनि हो यसले क्रान्तिकारी क्रियाकलापहरुको मार्गनिर्देशक सिद्धान्त तथा बैज्ञानिक समाजवादी आर्थिक प्रणालीको मुल प्रस्तावना भएकाले माक्र्सले प्रतिपादन गरेको द्धन्द्धात्मक भौतिकवादी बैज्ञानिक विश्लेषण पद्धति तथा द्धन्द्धात्मक भौतिकवादी दार्शनिक प्रणाली र सामाजिक इतिहासको भौतिकवादी विश्लेषण प्रणालीका आधारभूत पक्षहरूलाई गहिराइसाथ बुझ्न आवश्यक हुन्छ ।
माक्र्सका विभिन्न कृतिहरुमध्ये फ्रेडरिक ऐङगेल्ससँग मिलेर पेरिसबाट देश निस्कासन गरिएर ब्रसेल्समा रहँदा रचना गरिएको, द होली फेमली सन १८४५ नामक कृतिमा अध्यात्मवादी ब्रुनो बौअरको हेगेलवादी आदर्शवादको आलोचना गरिएको छ ।

फेमुलसबाट उत्पत्ति भएको शब्दले दास र नोकरको अर्थ बुझाउदै परिवारका सबै सदस्यहरु समान हैसियतका हुदैनन् । परिवारमा पुरुष र महिला, बाबुआमा र छोराछोरी समेतका ३ पुस्तासम्मका सदस्यहरुमा वर्गसङघर्ष चल्छ । बाबुको स्थान उच्च र छोराछोरीको निम्न रहन्छ । महिला र पुरुषबीच द्वन्द्व चल्छ । गोत्र र वंश पुरुष रहने भएकाले पुरुषको तुलनामा महिलाको स्थिति न्यून रहन्छ । महिलाहरु पुरुषबाट शोषित र ठगिएका हुन्छन् । उत्पादनका साधनहरुमा महिला र पुरुषबीच आदिमकालमा भएको समतामूलक सामुहिक स्वामित्व वर्तमानमा छैन ।

समाजमा वर्गहरु नत पहिलेदेखि थिए, न पछिसम्म रहनेछन् । आदिम समाज व्यवस्था समाप्त भएपछि समाजमा जब वर्गहरुको उदय भयो त्यसबेलादेखि वर्तमान पुँजीवादी व्यवस्थासम्म कहिले व्यक्ती र कहिले अभक्त रुपमा विरोधी वर्गहरु बिचको सङघर्ष निरन्तर रुपमा चलिरहेको छ ।
माक्र्सद्धारा प्रतिपादित वर्गसङघर्षको सिद्धान्त ऐतिहासिक भौतिकवाद नै उपसिद्ध हो । साथै यो अतिरिक्त मुल्यका सिद्धान्त अनुकूल छ ।
माक्र्सको द क्लास स्ट्रगल इन फ्रान्स नामक कृतिले विश्वमा बर्गसङघर्ष र क्रान्ति ल्याएको छ । समाजको इतिहासको प्रत्येक चरणमा विभिन्न वर्गबीच सङघर्ष र आन्दोलन भएका छन । आर्थिक रुपमा जब पुँजीपतिबाट शोषिएका श्रमिक वर्गहरु मुक्तिका लागि आन्दोलनमा उत्रन बाध्य हुन्छन् त्यतिबेला समाजको विकास वर्गसङघर्षमा अडिएको हुन्छ ।

माक्र्सका अनुसार समाज विकासको मुल तत्व वर्गसङघर्ष भएकाले यसैको कारण समाजमा परिवर्तन आउछ र, पुन अर्को स्वरुप लिएर वर्गको उदय हुन जान्छ । माक्र्सले दास समाजका दास र मालिक, सामन्तवादी समाजका कृषक र भुमिपति, श्रमिक र पुँजीपतिबीच वर्गसङघर्ष भएको कुरालाई उदाहरणको रुपमा प्रस्तुत गरेका छन ।

विपरित स्वार्थ भएका वर्गबीच भएका अन्तरद्वन्द्वलाई नै माक्र्सले वर्गसङघर्षको नाम दिएका छन । उनले समाजमा प्रमुख र गौण गरि दुई विपरित वर्गहरु जस्तै पुँजीपति र मजदुर वर्ग शोषक र शोषित, उत्पीडित र सम्पन्न वर्ग हुन्छ भनेका छन् । दासप्रथात्मक समाजमा दास र मालिक वर्ग, सामन्तवादी समाजमा जमिन्दार र किसान वर्ग, पुँजीपति समाजमा पुँजीपति र मजदुर वर्ग तथा तिनीहरूको आर्थिक क्रियाकलापका सन्दर्भमा माक्र्सले वर्गसङघर्षको खरो विश्लेषण गरेका छन । माक्र्सद्धारा प्रतिपादित वर्गसङघर्षको सिद्धान्त ऐतिहासिक भौतिकवादको उपसिद्ध हो । साथै, यो अतिरिक्त मुल्यका सिद्धान्तका अनुकूल छ ।

माक्सले आर्थिक नियतिवादको सबैभन्दा महत्वपूर्ण अभिव्यक्ति यस कुरामा देखाएका छन कि समाजमा सदैब विरोधी आर्थिक वर्गको अस्तित्व रहेको छ । एउटा वर्ग त्यो हो जसका नजिक उत्पादनका साधनहरुको स्वामित्व छ । अर्को जो शारीरिक श्रम गर्दछ, समाजका शोषकतर्फ शोषित यी दुई वर्ग सधै एक आपसमा सङघर्षरत रहेका हुन र यिनमा सम्झौता कहिले हुन्न र कहिले सम्भव छैन ।

Related

Previous Post

प्रकाश स्मृति भलिबलमा हेटौंडा र माडीको विजयी सुरुआत

Next Post

दैलेख जिल्लाको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

Sambridinews

Sambridinews

Related Posts

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १८, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ३, २०८२
Next Post
दैलेख जिल्लाको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

दैलेख जिल्लाको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पून्यमानलाई भेट्रान चेस उपाधि

पून्यमानलाई भेट्रान चेस उपाधि

बिहिबार, अशोज १०, २०८१
राष्ट्रपतिको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज

राष्ट्रपतिको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज

शनिबार, माघ २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३
आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता
TOP STORIES

आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता

सोमवार, भदौ २९, २०८३
हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि
TOP STORIES

हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि

सोमवार, भदौ २९, २०८३
सिन्धुली जिल्लाको पछिल्लो मत परिणाम
TOP STORIES

सिन्धुली जिल्ला प्रशासन कार्यालयले दुध तथा दुग्धजन्य पदार्थको मनपरी मूल्य वृद्धि नगर्न चेतावनी

सोमवार, भदौ २९, २०८३
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
FEATURED

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In