Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 3, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रकाश स्मृति भलिबलमा हेटौंडा र माडीको विजयी सुरुआत

Sambridinews by Sambridinews
शनिबार, बैशाख २२, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
प्रकाश स्मृति भलिबलमा हेटौंडा र माडीको विजयी सुरुआत
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त


हेटौडा उपमहानगर पालिका माडी नगरपालिकाले प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको प्रतियोगितामा हेटौडाले आयोजक महांकाल गाउँपालिकालाई २५–२०,१९–२५,१५–७ ले हराएको हो । अर्को खेलमा माडीले बेथानचोक गाउँपालिकालाई २५–२१,२२–२५,१६–१४ ले हरायो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर चापाँगाउ देखि लेले टिका भैरव हुँदै महांकाल गाउँपालिका जाने सडकको स्तर उन्नतिको लागि आगामी नीति तथा कार्यक्रममा नै सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले महाकांल गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणाका लागि प्रदेश सरकारसँग समन्वय गरेर पहल सुरु गरिने पनि बताए ।
उद्घाटन समारोहमा बोल्दै आयोजक कमिटीकी संयोजक डोल्मामाया गोलले प्रतियोगिताले नेपाली भलिबलको विकासमा टेवा पुग्नुको साथै महांकांल क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । संयोजक गोलले राज्यले चासो दिए सो क्षेत्रमा कृषि क्षेत्रमा समेत महत्त्वपूर्ण फड्को मार्न सक्ने विश्वास व्यक्त गरिन् ।
प्रधानमन्त्री दाहालका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिता २५ वैशाखसम्म हुने छ । प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।
प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाँल माविको प्राङ्गणमा जारी छ । प्रतियोगिता लिग कम नकआउटको आधारमा भइरहेको छ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई स्थान पाउने टोली क्वाटरफाइनलमा प्रवेश गर्ने राष्ट्रिय रेफ्री श्रीराम बोगटीले जानकारी दिए ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल सङ्घको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको छ ।

Related

Previous Post

पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

Next Post

सम्झनामा कार्ल मार्क्स : दुईसय वर्षपछि पनि उत्तिकै सान्दर्भिक

Sambridinews

Sambridinews

Related Posts

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु
TOP STORIES

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका
TOP STORIES

बजाजको बहुप्रतिक्षित डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका

by Sambridinews
सोमवार, मंसिर १६, २०८२
Next Post
सम्झनामा कार्ल मार्क्स : दुईसय वर्षपछि पनि उत्तिकै सान्दर्भिक

सम्झनामा कार्ल मार्क्स : दुईसय वर्षपछि पनि उत्तिकै सान्दर्भिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

बिहिबार, जेष्ठ १८, २०८०
बागमती प्रदेशकाे प्रदेश सभा अधिवेशन पुस १८ गतेका लागि आह्वान

पूरक बजेट ल्याउने प्रतिपक्षकाे माग बागमती सरकारले अस्वीकार

सोमवार, फाल्गुन १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

बुधबार, मंसिर १८, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
FEATURED

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

बुधबार, मंसिर १८, २०८२
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
FEATURED

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

मङ्लबार, मंसिर १७, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

मङ्लबार, मंसिर १७, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

मङ्लबार, मंसिर १७, २०८२
प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त
TOP STORIES

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

सोमवार, मंसिर १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In