काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाउने छ ।
एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् । यसअघि दिउँसो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले पाउने मन्त्रालयको संख्या बारे टुंगो लगाएकाे बताइएकाे छ ।