असार ११, काठमाडौं । भेनेजुयलाको राजधानी कारकासबाट पश्चिमतर्फ केन्द्रविन्दु बनाएर गएका दुईवटा शक्तिशाली भूकम्पका कारण व्यापक विनाश भएको छ।
गएराति ३९ सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा भूकम्प गएका हुन् । यस ठूलो प्राकृतिक विपत्तिपछि देशका कार्यवाहक (अन्तरिम) राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर संकटकाल घोषणा गर्नुभएको छ।
भुकम्पमा परि हजारौं व्यक्तिको ज्यान गएको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।














