Tuesday, July 8, 2025
Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home Uncategorized

पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, जेष्ठ ६, २०८१
in Uncategorized
0
पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन वर्ष २०२४÷२५ का लागि विभिन्न पदमा मनोनित लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको थियो । तालिममा पदीय जिम्मेवारी, भूमिका र त्यसलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

लायन्स क्लबले नेपालमा समूहगत रुपमा निकै राम्रो काम गरेको भन्दै कार्यक्रममा उपस्थित संघिय संसदकी उपसभामुख इन्दिरा रानामगरले आफ्नो जीवन कहानी सबैलाई सुनाउँदै व्यवहारिक जीवनमा कस्ता उद्देश्यहरु लिनुपर्ने भन्ने बारेमा बताइन् । उनले डिष्ट्रिक्ट ३२५ जे ले महिला गभर्नर पाएकोमा खुशी व्यक्त गर्दै विश्वभरमा नम्बर एक भएर देखाउन इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई शुभकामना दिइन् ।

You might also like

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आज र भोली गर्मी बढ्ने

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

प्रशिक्षण कार्यक्रममा प्रमुख बक्ताका रुपमा उपस्थित पास्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले गभर्नरको कार्यक्रम सफल बनाउन के गर्न सकिन्छ भन्ने जानकारी दिँदै मेम्बरसीप बृद्धि, नयाँ क्लब खोल्न तथा लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसनमा कोषवृद्धि गर्न उपस्थितलाई उत्प्रेरणा प्रदान गरे ।

इन्टरनेसन डाइरेक्टर लायन बाल कृष्ण बुर्लाकोटीले विश्वका लायन्सहरुको जानकारी दिँदै आगामी वर्षका लागि के कस्ता कामहरुमा प्रतिबद्ध हुने भन्ने बताए । एलसीआईएफका एरिया लिडर लायन राजन लम्सालले लायन्स इन्टरनेसनलबाट कुन कुन शिर्षकमा कसरी प्रोजेक्ट ल्याउन सकिन्छ भन्ने जानकारी दिए । जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले लक्ष्य प्राप्तीका लागि ग्लोबल एक्स टिमले गर्ने कार्यको बारेमा जानकारी दिए ।

लायन वर्ष २०२४÷२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापा र पास्ट डिष्ट्रिक्ट गभर्नर तथा जिईटी मल्टिपल कोअर्डिनेटर लायन ध्रुब थापाले आगामी वर्षका लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेस सार्वजनिक गर्दै आफूले ल्याएको विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिए ।

इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आगामी लायन वर्षका लागि लायन विथ लोकल वुमेन, माई क्लब पर्मानेन्ट क्लब, न्यु क्लब एक्स्टेन्सन तथा मेम्बरसीप एक्स्टेन्सन जस्ता महत्वपूर्ण कार्यक्रम अघि ल्याएकी छन् । यसका साथमा जहाँ आवश्यकता त्यहाँ लायन्स भनेझैं स्वास्थ्य, वातावरण, महिला, बालबालिका, युवाहरुसँग सम्बन्धित विभिन्न प्रकारका सेवा कार्यहरुलाई तिव्रता दिन उनले आग्रह गरिन् । सेवाका हातहरु बढाउन नयाँ क्लब र पुराना क्लबमा पनि सदस्यता बृद्धि गर्न उनले जोड दिइन् ।

कार्यक्रममा जोन चेयरपर्सनहरुलाई लायन आईपिडीजी लायन ध्रुब श्रेष्ठले, रिजन चेयरपर्सनहरुलाई पिडिजी लायन योगेन्द्र प्रधानले, डिष्ट्रिक्ट चिफ, को चिफ, डिष्ट्रिक्ट अफिसर्स र डिष्ट्रिक्ट चेयरपर्सनहरुलाई पिडिजी लायन रुद्रहरी ज्ञवालीले, क्याबिनेट सेक्रेटरी, क्याबिनेट ट्रेजरर, एरिया चिफहरु, एरिया सेक्रेटरीहरु, एरिया ट्रेजररहरु, एरिया कमिटी मेम्बरहरुलाई पिडिजी लायन डिके ढुंगानाले, डिष्ट्रिक्टका एफडब्लुसी, जिएलटी, जिएसटी, जिएमटी, जिएटी, जिइटी, एलसिआईएफ तथा मिसन १.५ का कोअर्डिनेटरहरुलाई पिडिजी लायन विश्वेश्वर आचार्यले र चिफ एडभाईजर, डेपुटी चिफ एडभाईजर, चिफ एडमिनिस्ट्रेटर, को चिफ एडभाईजरहरु, कम्युनिकेसन, मार्केटिङ चिफहरु, सिनियर एडभाईजरहरुलाई डिष्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद मरहट्टा, पिडिजी लायन ध्रुब थापा र पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन प्रेम बहादुर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

लायन्स लिडरहरुलाई डा. रबिन कटुवालले सामाजिक रुपान्तरणका लागि कसरी समर्पण गर्न सकिन्छ भन्ने बारेमा उत्प्रेरणा दिए । उनले आगामी वर्षको लागि डिष्ट्रिक्ट गभर्नरको थिम सेयरिङ ह्याप्पिनेसमा आधारित भई गर्न सकिने कार्यक्रमहरुको बारेमा सरल ढंगले जानकारी दिए ।

फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन मिलन बाबु मल्ल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन प्रजापती बाँस्तोला र मनोनित चिफ एडभाईजर लायन कुश प्रसाद मल्लीले सबैलाई कार्यकाल सफलताका लागि शुभकामना दिए । क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले विभिन्न प्रशासनिक कार्य र क्याबिनेट ट्रेजरर लायन कल्पना थापाले डिष्ट्रिक्ट मल्टिपल र इन्टरनेसनलमा बुझाउनुपर्ने शुल्क र छिटो शुल्क बुझाउनेलाई डिष्ट्रिक्टले प्रदान गर्ने अवार्डको बारेमा जानकारी दिइन् ।

काठमाडौं, गोर्खा, नुवाकोट, पोखरा, बागलुङ लगायतका क्षेत्रबाट १७० भन्दा बढी लायन्स लिडरहरुको कार्यक्रममा सहभागिता थियो । नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट छ ।

Related

Previous Post

वान रन अन्तर्रांष्ट्रिय हाफ म्याराथनमा राजन र सुमित्रा पहिलो

Next Post

आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

Sambridinews

Sambridinews

Related Posts

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

by Sambridinews
आइतवार, असार २२, २०८२
आज र भोली गर्मी बढ्ने
Uncategorized

आज र भोली गर्मी बढ्ने

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते
Uncategorized

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला
Uncategorized

फेरी भारतकाे केआई आईटीमा अध्ययनरत नेपाली विद्यार्थी मृत फेला

by Sambridinews
शुक्रबार, बैशाख १९, २०८२
ग्राण्ड कार्निभलमा ‘पर्फमेन्सको नयाँ परिभाषा’  : बजाज पल्सर एन१६० र एन१२५ सार्वजनिक
Uncategorized

ग्राण्ड कार्निभलमा ‘पर्फमेन्सको नयाँ परिभाषा’ : बजाज पल्सर एन१६० र एन१२५ सार्वजनिक

by Sambridinews
बुधबार, बैशाख १७, २०८२
Next Post
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमानयाँ पहल

नेपालको कृषि क्षेत्र सुधार गर्न द कोका–कोला फाउण्डेशनको सहयोगमानयाँ पहल

आइतवार, माघ २७, २०८१
हामी देशलाई प्रतिगमनतर्फ जान दिँदैनौँ : एमाले अध्यक्ष ओली

हामी देशलाई प्रतिगमनतर्फ जान दिँदैनौँ : एमाले अध्यक्ष ओली

बिहिबार, मंसिर ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
TOP STORIES

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

मङ्लबार, असार २४, २०८२
एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स
FEATURED

एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

मङ्लबार, असार २४, २०८२
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित
TOP STORIES

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा राष्ट्रिय गीत लेखन प्रतियोगितामा विजयी सातै प्रदेशका श्रष्टा सम्मानित

मङ्लबार, असार २४, २०८२
बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति
TOP STORIES

बाढीले रसुवागढीस्थित नेपाल चीन क्षेत्रमा व्यापक क्षति

मङ्लबार, असार २४, २०८२
गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडद्वारा हरिशयनी एकादशीको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

सोमवार, असार २३, २०८२
टिभिएसको जुपिटर–११० अब नेपालमा
FEATURED

टिभिएसको जुपिटर–११० अब नेपालमा

सोमवार, असार २३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.