Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

Sambridinews by Sambridinews
सोमवार, भदौ २९, २०८३
in Uncategorized
0
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

Children

585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

“बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ देशभर विविध कार्यक्रम गरी मनाउन लागिएको ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, बाल अधिकारकर्मी तथा बाल अधिकारको क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

बालबालिकाको सुरक्षित बालापन, सम्मानपूर्वक बाँच्न पाउने अधिकार, शिक्षा, स्वास्थ्य, सहभागिता र संरक्षणको सुनिश्चितता नै समुन्नत समाज तथा राष्ट्र निर्माणको आधार हो। नेपालमा बाल अधिकार संरक्षणका लागि विभिन्न कानुनी तथा नीतिगत व्यवस्था भए पनि बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, बालश्रम, बालविवाह, अनलाइन जोखिम तथा विपद्का समयमा बालबालिकामाथि थपिने जोखिमहरू अझै चुनौतीका रूपमा रहेका छन्। त्यसैले बाल अधिकारका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्दै भएका कानुनी तथा नीतिगत प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयनमा लैजान आवश्यक छ।

You might also like

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

यसै सन्दर्भमा बालविवाह अन्त्यका लागि राज्यले गरेको प्रतिबद्धता र हालै बालविवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णयलाई सिजप स्वागत गर्दछ। बालविवाह अन्त्यका लागि नीति तथा रणनीतिसँगै पर्याप्त बजेट, स्थानीय तहसम्म प्रभावकारी कार्यक्रम, समुदायमा सचेतना तथा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार तथा सम्बन्धित सबै पक्षसँग सिजप आग्रह गर्दछ।

हालैको भोटेकोशी बाढी तथा अन्य विपद्का घटनाबाट प्रभावित, सम्पर्कविहीन तथा परिवारबाट छुट्टिएका बालबालिकाको खोजी, पहिचान र परिवारसँग पुनर्मिलनको कार्यलाई तीव्रता दिन सिजप सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ। विपद्को समयमा बालबालिका हिंसा, दुर्व्यवहार, शोषण, बेचबिखन तथा अन्य जोखिममा पर्न सक्ने भएकाले उनीहरूको तत्काल उद्धार, सुरक्षित आश्रय, मनोसामाजिक सहयोग, शिक्षा तथा बाल संरक्षण सेवाको सुनिश्चितता गर्न तीनै तहका सरकारलाई आग्रह गर्दछ।

साथै, बाल अधिकारको प्रभावकारी अनुगमन तथा प्रवर्द्धनका लागि विद्यमान संस्थागत संयन्त्रलाई सुदृढ र प्रभावकारी बनाउन, आवश्यक जनशक्ति, स्रोत तथा बजेटको व्यवस्था गर्न तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सूचना आदान–प्रदानको संयन्त्र विकास गर्न सिजप जोडदार अपील गर्दछ। बालबालिकासम्बन्धी ऐन तथा नियमावलीले परिकल्पना गरेका बाल अधिकार संरक्षणका संरचनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।

यसका साथै, राजनीतिक तथा अन्य प्रयोजनका लागि बालबालिका र विद्यालयको प्रयोग नगर्न, विद्यालयलाई सुरक्षित तथा शान्त वातावरणका रूपमा कायम राख्न र बालबालिकालाई कुनै पनि प्रकारको हिंसा, दबाब, शोषण तथा दुर्व्यवहारबाट मुक्त राख्न राजनीतिक दल, राज्यका निकाय, विद्यालय, अभिभावक, नागरिक समाज तथा सञ्चारमाध्यमलाई सिजप हार्दिक आग्रह गर्दछ।

अन्ततः, “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने यस वर्षको राष्ट्रिय बाल दिवसको नारालाई व्यवहारमा रूपान्तरण गर्न बालबालिकाको अधिकार र संरक्षणलाई राज्यको प्राथमिकतामा राख्दै नीति, योजना र बजेटमा पर्याप्त लगानी गर्न तथा बालबालिकाको आवाज र सहभागितालाई निर्णय प्रक्रियामा सुनिश्चित गर्न सिजप सबै तहका सरकार र सरोकारवालाहरूलाई अपील गर्दछ।

Related

Previous Post

आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता

Next Post

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

Sambridinews

Sambridinews

Related Posts

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

by Sambridinews
सोमवार, असार १, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
Next Post
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बौद्धनाथ स्तुपामा दीप प्रज्वलन

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बौद्धनाथ स्तुपामा दीप प्रज्वलन

सोमवार, माघ २, २०७९
बुधबार काठमाडौंमा दिनभरी वर्षा ; बिहीबार र शुक्रबार पनि पानी पर्ने सम्भावना

देशका केही स्थानमा भारी वर्षकाे सम्भावना

मङ्लबार, अशोज १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३
आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता
TOP STORIES

आशुतोष इनर्जीको नवौँ वार्षिक साधारणसभा सम्पन्न: शेयरधनीलाई १८.९४ प्रतिशत नगद लाभांश स्वीकृत, वित्तीय अवस्था सुदृढ बनाउने प्रतिबद्धता

सोमवार, भदौ २९, २०८३
हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि
TOP STORIES

हिलटन हाइड्रो इनर्जीको पाँचौँ साधारण सभा सम्पन्न: २० प्रतिशत नगद लाभांश पारित, जगेडा कोषमा ठूलो वृद्धि

सोमवार, भदौ २९, २०८३
सिन्धुली जिल्लाको पछिल्लो मत परिणाम
TOP STORIES

सिन्धुली जिल्ला प्रशासन कार्यालयले दुध तथा दुग्धजन्य पदार्थको मनपरी मूल्य वृद्धि नगर्न चेतावनी

सोमवार, भदौ २९, २०८३
आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
FEATURED

आज हरितालिका तीज : शिव पार्वतीको आराधनासँगै चेलीबेटीको भेटघाट र सांस्कृतिक उत्सव

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In