Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाली कम्युनिस्ट मन्डलीका चाउसेस्कुहरु

Sambridinews by Sambridinews
शनिबार, चैत्र ३, २०८०
in विचार
0
नेपाली कम्युनिस्ट मन्डलीका चाउसेस्कुहरु
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

नेपालका कथित कम्युनिस्ट नेताहरूले युद्धले ध्वस्त पारेको भियतनाम र भियतनामी कम्युनिस्ट पार्टीले राष्ट्रियताको लागि नेता होचीमिन्हले खेलेको भुमिका बाट पाठ सिक्दै बसाैंदेखि नेपालमा एकाधिकार लादै आएको भारतीय विस्तारवादको विरुद्धमा अन्तर्राष्ट्रिय जगतलाई सूचीत गराउने या कुटनैतिक लडाइँ लड्ने बेला भएन ?
भियतनाममा अमेरिकी साम्राज्यवादले लादेको युद्धको खरानीबाट माथि उठ्न तीन लाख साठी हजार सेना र जनताले ज्यान गुमाएका थिए । आठलाख जनता सधैंका लागि अपाङ्ग भए । तरपनि भियतनामी कम्युनिस्ट पार्टीको नेतृत्वले संयम गुमाएन ।

मानव स्वतन्त्रताको इतिहासमा भियतनाम युद्ध दोस्रो बिश्वयुद्ध पछिको ठुलो खतरनाक युद्ध थियोे। अमेरिकाले प्राणघातक रासायनिक र जैबिक हातहतियार प्रयोग गर्दा पनि भियतनामीहरु कयौं दिनसम्म नुनको सट्टामा खरको खरानी खाएर आङ ढाक्न रुखको बोक्रा लगाएर बसे तर कहिल्यै विदेशीको शरणमा परेनन । उनीहरूले स्वतन्त्रताको महायुद्धमा आफ्नो बिजयको नाम लेखाउन सफल भए । उनीहरुको त्यही वीरताका कारण वर्तमान भियतनाम एक सार्वभौम, स्वतन्त्र र विकासोन्मुख राष्ट्रको रुपमा उदाएको छ ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

सन् २००८ मै भियतनामको प्रतिव्याक्ति आय एकहजार अमेरिकी डलर पुगेपछि उसलाई अति कम विकसित देशको सुचीबाट हटाएको थियोे । आज भियतनाम संसारमा एक आर्थिकरुपमा उदाउँदो देशको रुपमा परिचित हुदै छ । भियतनामी कम्युनिस्ट पार्टीको जस्तै हसियाँ हतौडा अंकित माक्र्सवादी, लेनिनवादी र माओविचार र सिद्धान्त अंगालेका दलहरूको नेपालमा कुनै कमि छैन । नेपाल आजसम्म किन अतिकम विकसित मुलुकको सुचीबाट माथि उठ्न सकेन ? दुईतिहाइ नेपाली जनताको आस्थाको केन्द्र हामी कम्युनिट पार्टी नै हौँ भन्नेहरुले यस विषयका बहस कहिले चलाउने ?

सन् १९३७ को जोसेफ स्टालिनको महासफाय अभियानमा निकोलाई बुखारिन पनि छुटेनन् । मृत्युदण्ड अघि बुखारिनले स्टालिनलाई पत्रलेखेका थिए । उनेल पत्रकामा लेखेका थिए, कमरेड मलाई कुन उदेश्यले मार्न चाहानुहुन्छ ? म मर्दा तपाईंलाई के फाईदा हुन्छ ? निर्वासनमा ६ बर्षसम्म भ्लादिमियर इच लेनिन र लियोन ट्रास्कीसँगै घनिष्ट सम्बन्ध बिताएका निकोलाई बुखारिन बोल्सेभिक क्रान्ति सफलपछि उनी मस्को आएका थिए ।

मस्को फर्केर समाचारपत्र प्रभादको सम्पादक पनि भए । बोल्सेभिकहरुका मित्र बुखारिन विचारमा कम्युनिस्ट माक्र्सवादी थिए ।

सन् १९२१ देखि बुखारिन रसियन कम्युनिस्ट पार्टी भित्र बिपक्षी भुमिकामा देखिन्थे र नयाँ आर्थिक नीतिको समर्थन गरेका थिए । सन् १९२४ मा भ्लादिमियर इच लेनिनको निधन पछि जोसेफ स्टालिनको प्रमुख सहयात्रीको रुपमा उभिएर बुखारिनले स्टालिनले प्रतिपादन गरेको नयाँ सिद्धान्त र समाजवादको प्रचारप्रसार गर्नेकाम समेत गरेका थिए ।

कम्युनिस्ट पार्टीको सम्मेलनमा स्टालिनले ट्रोटष्की गिग्रोरी र लेभ काभिनलाई पार्टीबाट हटाउने काम गरे । त्यसैगरी पोलिट ब्युरो सदस्यबाट बुखारिनलाई पनि हटाइदिए । स्टालिनले पहिलेका सहयात्री र पार्टी भित्रका आफ्ना विरोधीहरुलाई बाहाना खोजेर पत्र काट्ने काम सुरु गरे । चिठी र टेलिफोन डिटेल कल चेक गर्दा सोभियत संघको पतनको षड्यन्त्र गरेको झुटो आरोपलगाई सन् १९३७ मा बुखारिनलाई फाँसी दिए ।

आफू कम्युनिस्ट पार्टीको शक्तिमा रहदा आफ्ना विरोधीहरुलाई सफाय गर्ने अभियान सोभियत संघमा स्टालिनको समयदेखि मौलाएको हो ।

बैज्ञानिक समाजवादी विचारधाराका प्रणेता कार्ल माक्र्स र फ्रेडरिक एङगेल्सद्धारा प्रतिपादित सिद्धान्त माक्र्सवाद प्रतियोगितात्मक युगको सर्वहारा क्रान्तिको एउटा सशक्त सर्वहारावादी र बैज्ञानिक हतियारको रुपमा स्थापित विचार हो । तर, दक्षिणपन्थी वामपन्थ संशोधनवादीहरुले माक्र्सवादलाई भ्रष्टिकरण गरे ।

जुन वर्गको विरुद्धमा १० बर्षसम्म हतियार उठाएको थियोे त्यही वर्ग भन्दा आफुलाई केही विषयमा कम हुन दिएनन् । सामाजिक परिवर्तनका लागि समाजमा अस्तित्व कायम गरेका परस्पर बिपरित बर्गहरुको सङघर्ष निर्णायक हुन्थ्यो । नेपाली क्रान्तिको रणनीति, कार्यनीति, कार्यक्रम, मित्र शक्तिको पहिचान, प्रमुख शत्रुको किटान जस्ता विषयमा व्यापक वहस छलफल गर्नुपर्नेमा नेताहरू उल्टै व्यक्तीवादी तथा दलमुखी हुन पुगे । कम्युनिजममा सर्वहारा वर्गको अधिनायकत्व वर्गविहीन सामाजिक व्यवस्था, शारीरिक तथा बौद्धिक श्रमको बीच समानता र राष्ट्र राष्ट्रकाबीच बन्धुत्वको भावना हुनुपर्दथ्यो । त्यसो हुनसकेन ।

समाजमा कायम रहेको शोषण, दमन र अन्याय अत्यचार एवं निजी सम्पत्तिको विरोध गर्ने, सामुहिक उत्पादन पद्धतिको विकास गर्ने, सामुहिक जीवन समानतामा विस्वास गर्नेहरु नै बुर्जुवा पुँजीपति बनेर समाजमा रवाफ देखाउन थालेपछि जनताले कसरी नेपाली कम्युनिस्ट माक्र्सवादी आन्दोलनले निर्णायक भुमिका निभाउन सक्छ भनेर विश्वास गर्ने ?
निकोलाई चाउसेस्कु पनि आफुलाई कम्युनिस्ट माक्र्सवादी हुँ भन्थे । सन् १९७४ मा रोमानियाको राष्ट्रपति बन्न सफल चाउसेस्कु दक्षिणी रोमानियाको एक सामान्य गाउँको कृषक परिवारमा जन्मेका थिए । रोमानियाली कम्युनिस्ट पार्टीको विभिन्न पदमा रहेर काम गरेका चाउसेस्कुले त्यहाँको राजतन्त्र विरोधी फाँसीवादी सिद्धान्तलाई अनुशरण गरेर आन्दोलनमा होमिएका थिए ।

सत्तास्वार्थले यिनलाई आफ्नो राजनीति सञ्चालनमा बदनाम बनायो । चाउसेस्कुले सन् १९८१ को रोमानियाको जनविद्रोहलाई दमन गरी आफ्नो सत्ता टिकाउनको लागि राज्यशक्तिको चरम दुरुपयोग गरे । उनले श्रीमती भाइ र बहिनीलाई राज्यको खास खास स्थानमा राखेर व्यापक भ्रष्टाचार गरे ।

शासनकालको बिरोध गर्ने ५ हजार रोमानियाली जनताको कत्लेयाम गरे । क्रूर पाशविक दमनको विरुद्धमा उत्रिएको जनबिद्रोहले चाउसेस्कुलगायत उनकी पत्नीसमेतलाई पार्टी मुख्यालयमा घेरा हालेर पक्राउ गरे । भ्रष्टाचारी जनहत्यारा भन्दै चाउसेस्कु र उनकी पत्नीसहित दुबै जनालाई फाँसीको सजाय दिएर अज्ञात ठाउँमा शव पुर्न लगाएका थिए ।

चाउसेस्कुको दम्पतीलाई फाँसी दिदा रोमानियामा उनको बचाउमा एकजनापनि भएनन । यीयस्ता घटनाबाट नेपालका वामपन्थि नेताहरूले पाठ सिकेर माक्र्सवादलाई भ्रष्टिकरण होइन नवीन सिर्जनात्मक काममा लगाउने वाताबरण निर्माण गरौ । पुँजीवादलाई चुनौती दिने माक्र्सवाद नै हो त्यसमा कुनै दुविधा छैन । तसर्थ, मानव समाज विकासको क्रममा सबभन्दा उन्नत आधुनिक मानवतावादी सिद्धान्त नै माक्र्सवाद हो ।

Related

Previous Post

शुक्रबार रातीदेखि पेट्रोलियम पदार्थको भाउ घट्याे

Next Post

राष्ट्रिय बाल नाटक मेलाको उत्कृष्ट नाटक ‘भागु’ घोषित

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
राष्ट्रिय बाल नाटक मेलाको उत्कृष्ट नाटक ‘भागु’ घोषित

राष्ट्रिय बाल नाटक मेलाको उत्कृष्ट नाटक ‘भागु’ घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कमलामाई नगरपालिकाले तीज मनाउन प्रति वडा २५ हजार रुपैयाँ दिने

कमलामाई नगरपालिकाले तीज मनाउन प्रति वडा २५ हजार रुपैयाँ दिने

बुधबार, भदौ १३, २०८०
काठमाडौँ र ललितपुरका यी ठाउँहरुमा आज बत्ती जाने

आज एकदिन ४० मेगावाट विजुली बंगलादेश निर्यात गरिदै

शुक्रबार, कार्तिक ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम
FEATURED

सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम

शुक्रबार, चैत्र २७, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
TOP STORIES

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

बिहिबार, चैत्र २६, २०८२
टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा
FEATURED

टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा

बिहिबार, चैत्र २६, २०८२
सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या
TOP STORIES

सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या

बिहिबार, चैत्र २६, २०८२
देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल
FEATURED

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

बिहिबार, चैत्र २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In