Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

Sambridinews by Sambridinews
आइतवार, मंसिर १५, २०८२
in TOP STORIES, शिक्षा, समाचार
0
आइक्यानका चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले स्नातकोत्तर उपाधि हासिल गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

काठमाडौं, मंसिर १४, नेपालको लेखा व्यवसाय क्षेत्रको नियमनकारी निकाय तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षा प्रदायक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र भारतको प्रतिष्ठित मणिपाल विश्वविद्यालय जयपुर (एमयूजे) बीच द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । लेखा, लेखापरीक्षण, वित्त कर तथा यससँग सम्बद्ध विषयहरूको शिक्षण, सिकाइ, अध्ययन तथा अनुसन्धान, पेसागत विकास, स्रोतसाधनको आदानप्रदान तथा संस्थागत सञ्जाल विस्तारमार्फत शैक्षिक तथा व्यावसायिक उत्कृष्टता अभिवृद्धि गर्ने दुवै संस्थाको साझा उद्देश्य हासिल गर्न आपसी सहकार्य तथा सहयोग आदानप्रदान गर्नको लागि यो समझदारी गरिएको हो ।
ललितपुर, सातदोबाटोस्थित आइक्यानको प्रधान कार्यालयमा आयोजित समारोहमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका तर्फबाट संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगर र मणिपाल विश्वविद्यालय जयपुरका तर्फबाट अध्यक्ष डा. नीति निपुण शर्माले हस्ताक्षर गर्नुभयो ।
यो ऐतिहासिक सम्झौताले दुई संस्थाबीच सहकार्यका लागि शैक्षिक पहुँच तथा योग्यताको पारस्परिक मान्यता, संयुक्त अनुसन्धान र शैक्षिक विकास, विशिष्टीकृत शैक्षिक मोड्युलहरू, स्रोत–साधनको पहुँच, प्राध्यापक, विशेषज्ञ तथा विद्यार्थी आदान–प्रदान लगायत प्रयोजनको लागि संयुक्त समन्वय संयन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले यसलाई एउटा उत्कृष्ट पहलको संज्ञा दिँदै अगाडि थप्नुभयो, ‘आइक्यानले यसलाई उच्च प्राथमिकतामा राखेको छ । यो समझदारी हाम्रा सदस्यहरूले एमयूजेमा एमकम डिग्री हासिल गर्ने र आफ्नो शैक्षिक तथा अनुसन्धान–उन्मुख करिअरलाई थप विकास गर्ने अवसर पाउनेछन् । साथै, हामीले यो सहकार्यलाई कृत्रिम बुद्धिमत्ता, माइक्रो लर्निङ र अन्य उन्नत शैक्षिक नवप्रवर्तन जस्ता भविष्य–केन्द्रित क्षेत्रहरूमा पनि विस्तार गर्ने अपेक्षा राखेका छौं ।’
उहाँले मणिपाल विश्वविद्यालय जयपुरसँगको यो सहकार्यले संस्थाका सदस्य र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक तथा प्राविधिक ज्ञान हासिल गर्न र विश्वव्यापी रूपमा प्रतिस्पर्धी बन्न ठूलो मद्दत पुग्ने विश्वास लिएको पनि बताउनुभयो ।
एमयूजेका अध्यक्ष डा. नीति निपुण शर्माले आइक्यानसँग यो साझेदारीलाई औपचारिकता दिन पाउँदा साँच्चिकै खुसी लागेको बताउनुभयो । ‘आइक्यानले स्थापित गरेको उच्च शैक्षिक र व्यावसायिक मानकले एमयूजेलाई आइक्यानका पेशाकर्मीहरुको क्षमतालाई मान्यता दिँदै आफ्ना कार्यक्रमहरूमा एक वर्षको छुट दिन सक्षम बनाएको छ । हामी एमयूजेमा आइक्यानका प्रतिनिधिलाई एमयूजेमा गेस्ट लेक्चरको रुपमा सहभागी गराउन र अर्थपूर्ण शैक्षिक आदानप्रदानलाई सहज बनाउन तत्पर छौं । यो त सुरुआत मात्र हो, हामीले यो कार्यक्रमलाई विस्तार गर्ने र प्रभावकारी तरिकाले अगाडि बढाउने परिकल्पना गरेका छौं,’ उहाँले भन्नुभयो ।
यो साझेदारीले आइक्यानका सदस्यहरू र एमयूजेका विद्यार्थी तथा संकाय दुवैलाई प्रत्यक्ष लाभ तथा ज्ञान आदानप्रदान, शैक्षिक सुदृढीकरण र पारस्परिक मान्यताका अवसरहरूले महत्वपूर्ण योगदान पु¥याउनेछ ।

Related

Previous Post

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

Next Post

आयोजक एलए विजयी

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
आयोजक एलए विजयी

आयोजक एलए विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार ठहर

पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार ठहर

सोमवार, साउन १४, २०८१
क्यालिफोर्नियामा बन्दुकधारीले चलाएको गोली लागेर ६ जनाको मृत्यु

अमेरिकामा एक सन्काहाले गाली चलाउदा ४ जनाकाे मृत्यु

मङ्लबार, असार १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In