Latest Post

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल  हस्तान्तरण

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल  हस्तान्तरण

असोज ७, काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ।   मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले २० थान मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ।   बजाज मोटरसाइकल हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो, “अहिलेको समय हाम्रो व्यवसायमा के भएको छ, हाम्रो घरमा के भएको छ त्यो हेर्ने होइन, राज्य बाँच्ने हो भने मात्र हामी बाँच्छौं। राज्यविहीनताको अवस्थामा कोही पनि सुरक्षित हुन सक्दैन। ” राज्यलाई थप बलियो बनाउन सबै एकजुट हुनैपर्ने उहाँको भनाइ छ।  “अहिलेको समय प्रसव पीडाजस्तै हो, यो परिवर्तनले नयाँ पुस्ताले देखेको सपना साँच्चिकै पूरा हुने विश्वास लिएको छु”-उहाँले भन्नुभयो।  सबैका लागि कठिन समय भएको बताउँदै अध्यक्ष गोल्छाले अहिले निराश हुनुपर्ने छुट कसैलाई नभएको धारणा राख्नु भयो। देशको विषम परिस्थितिमा आ-आफ्नो ठाउँबाट सहयोग गर्दा मात्र समस्या समाधान हुनसक्ने विश्वास व्यक्त गर्नुभएको थियो।   “हाम्रो सडक सुरक्षा, हाम्रै दायित्व : सहकार्य गोल्छा ग्रुपको ट्राफिक प्रहरीसँग” भन्ने मूल मर्मलाई आत्मसात गर्दै विपद्का बेला गोल्छा ग्रुपले आवश्यक सहयोग प्रदान गर्दै आइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालय मातहतका भवन र मोटरसाइकलहरुमा समेत क्षति पुगेको थियो।

यसपालीको दसैँमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

यसपालीको दसैँमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

काठमाडौं, ८ असोज – सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’’ उपहार योजना सार्वजनिक गरेको छ।  यो योजना २०८२ असोज  ५ गते देखि कात्तिक ४ गतेसम्म अर्थात् २१ सेप्टेम्बरदेखि २१ अक्टोबर २०२५ सम्म देशभर लागू हुनेछउक्त अवधिभित्र कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्कि ड्र मार्फत आकर्षक उपहार जित्न सक्नेछन्ग्राहकहरुले आफूले खरिद गरेको स्मार्टफोनको QR कोड स्क्यान गरी IMEI नम्बर सहित अन्य आवश्यक विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमा आफ्नो नतिजा हेर्न सक्नेछन्। यो प्रक्रिया सहज र पारदर्शी बनाइएको छ।  यस योजना अन्तर्गत २ जना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर प्राप्त गर्नेछन्त्यसैगरी ४ जनाले रियलमी 14T स्मार्टफोन प्राप्त गर्नेछन् भने १० जना विजेताले रियलमी C75 स्मार्टफोन जित्नेछन्। यस्तै गरी ६०० जनाले विशेष उपहार बक्स, ५००० जनाले क्रस ब्याग र १०,००० जनाले आकर्षक पानीको बोतल प्राप्त गर्नेछन्।  उपहार प्राप्त गर्नका लागि ग्राहकले आफ्नो रियलमी स्मार्टफोन एक्टिभ भएको प्रमाण प्रस्तुत गर्नुका साथै खरिद गर्दा प्राप्त भएको वारन्टी कार्ड र बिल खुद्रा विक्रेतासमक्ष देखाउनुपर्नेछ। साथै, योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न कम्पनीले उपभोक्ताहरूलाई आग्रह गरेको छ।  यस पर्वको अवसरमा रियलमीले नेपाली परिवारहरूलाई प्रविधि र रमाइलोपनको संगम प्रस्तुत गर्दै उत्सवलाई अझ स्मरणीय बनाउने अभिप्रायले यस्तो रोमाञ्चक योजना ल्याएको हो। उपहारको साथसाथै अविस्मरणीय अनुभव पनि जित्न सकिने भएकाले रियलमीसँग दशैं २०८२ को खुसी अझ दोब्बर हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। 

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत

काठमाडौं । अशोज ८, हालै जेन–जेड आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूको पीर, मर्का...

बीमा कम्पनीले भूकम्पको बेलाभन्दा दोब्बर बीमा दाबी तिर्नुपर्ने

बीमा कम्पनीले भूकम्पको बेलाभन्दा दोब्बर बीमा दाबी तिर्नुपर्ने

काठमाडौँ । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका दौरान पुगेको क्षति व्यहोर्न भूकम्पभन्दा दोब्बर बढी बीमा दाबी तिर्नुपर्ने अवस्था...

पाँच हजार अमेरिकी डलर पुरस्कार राशीको २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले शुरू

पाँच हजार अमेरिकी डलर पुरस्कार राशीको २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले शुरू

काठमाडौँ, आश्विन ७ – नेपालमा अत्याधिक रुचाइएको ईस्पोर्ट्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले आधिकारिक रूपमा शुरु भएको छ। प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो।    कुल पाँच हजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यसपटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ मा हुने पब्जी मोबाईल स्टार च्यालेन्ज मा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन्।  ​प्रतियोगिताको संरचना र अवधारणास्थानीय समुदायलाई ध्यानमा राखेर आयोजना गरिएको यस ई–स्पोर्ट्स प्रतियोगिताले नयाँ पुस्ताका गेमरहरूलाई आफ्नो प्रतिभा देखाउन र प्रतिस्पर्धात्मक अनुभव लिन एक वास्तविक  प्लेटफर्म उपलब्ध गराएको छ। साथै यस वर्ष पहिलो पटक फ्रान्चाइज स्टाइलको फर्म्याट अपनाइएको छ,  जसअन्तर्गत शीर्ष १६ टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नुको साथै प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट  पर्सनालिटीहरूसँग सहकार्य गर्ने विशेष अवसर समेत पाउनेछन्। यसले प्रतिस्पर्धात्मक अनुशासनलाई  इन्फ्लुएन्सर–केन्द्रित सहभागितासँग मिसाउनेछ।  प्रतियोगीहरूको क्षमता, रणनीति र टोलीगत समन्वयलाई परिक्षण गर्न प्रतियोगिता विभिन्न चरणमा विभाजित गरिएको  छ:  ●ओपन क्वालिफायर​ : अगष्ट २६–३१  ●राउण्ड अफ १२८​ : सेप्टेम्बर ३–४  ●राउण्ड अफ ६४​ : सेप्टेम्बर ५–६  ●प्ले अफ​ : सेप्टेम्बर १९–२१  ●ग्राण्ड फिनाले​ : सेप्टेम्बर २२–२४  ​...

निजी क्षेत्रलाई देर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल

निजी क्षेत्रलाई देर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल

असोज ७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको...

एनआईसी एशियाका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

एनआईसी एशियाका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

आश्विन ७,एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।    यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय

१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय

काठमाडौं । ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएकाे छ । नवनियुक्त...

जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा : दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध

जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा : दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध

काठमाडौं, आश्विन ५ ,ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिक रुपमा सार्वजनिक गरेको छ। ठूलो स्क्रिन र शक्तिशाली ब्याट्री सहित आएका यी दुवै स्मार्टफोनहरु अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन्।  शक्तिशाली स्मार्टफोन चाहने तर आफ्नो बजेट भन्दा बाहिर जान नचाहने प्रयोगकर्ताहरूको लागि जेडटीई नुबिया ए५६ उपयुक्त छनोट हो । यसमा ६.७५ इन्चको एचडी+ स्क्रिन छ, जसले दश्य अनुभवलाई पूर्ण बनाउँछ, साथै ५००० मिलि अम्पियर प्रति घण्टा क्षमताको ब्याट्री भएकोले ढुक्क भएर लामो समयसम्म निरन्तर प्रयोग गर्न सकिन्छ। यसमा भएको अक्टा-कोर टी७२०० चिपसेटले मल्टिटास्किङ गर्न अत्यन्त सहज हुन्छ। १२ जीबीको र्यामलाई ८ जीबी सम्म भर्चुअल एक्सपाण्ड गर्न सकिन्छ भने १२८जीबीको स्टोरेज भएकोले नुबिया ए५६मा दैनिक आवश्यकताका कामहरू उच्च कार्यसम्पादनको साथ गर्न सकिन्छ। यस स्मार्टफोनको मूल्य मात्र रु. ११,९९९ रहेको छ, र यसमा १८ महिनाको वारेन्टी उपलब्ध छ। जेडटीई नुबिया ए५६ शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ।  साथै जेडटीई नुबिया ए३६ ले शक्ति र शैलीको सन्तुलन प्रस्तुत गर्दछ। यसमा १२ जीबीको र्याम (८ जीबी भर्चुअल एक्सपाण्ड सहित), ६४ जीबीको स्टोरेज , ६.७५ इन्चको ठूलो एचडी+ स्क्रिन र अक्टा-कोर टी७२०० चिपसेट रहेको छ, जसले सहज कार्यसम्पादन सुनिश्चित गर्छ। ५००० मिलिअम्पियर प्रति घण्टा क्षमताको शक्तिशाली ब्याट्रीले अविरल शक्ति प्रदान गर्दछ । यो फोन ५० महिनासम्म ढुक्क भएर चलाउन सकिने कम्पनि ले जानकारी दिएको छ । जेडटीई नुबिया ए३६ को मूल्य रु. १०,९९९ राखिएको छ, र यसमा पनि १८ महिने वारेन्टी उपलब्ध छ तथा  शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ।  जेडटीई नुबिया ए५६ र जेडटीई ए३६ को आगमनसँगै ब्रान्डले नेपाली बजारमा आफ्ना प्रस्तावहरू विस्तार गरेको छ, जसले प्रयोगकर्ताहरूलाई प्रमुख सुविधासहित, भरपर्दो कार्यसम्पादन र लामो समयसम्म टिक्ने शक्ति भएका स्मार्टफोनहरू अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएको छ । 

ब्लु डायमण्ड सोसाइटीको हस्तक्षेपले समुदाय लक्षित व्यापार धराशायी

ब्लु डायमण्ड सोसाइटीको हस्तक्षेपले समुदाय लक्षित व्यापार धराशायी

काठमाडौं — लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लक्षित बिजनेस व्यापारमा समुदायका अभियन्ता भनिनेहरूले थ्रेट दिन थालेका छन्। संस्थापक सुनिल बाबु पन्तलाई...

Page 51 of 667 1 50 51 52 667

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.