Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यवहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिनुभएको छ । स्विट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ११४औं सत्रलाई नेपालको रोजगारदाता परिषदको तर्फबाट मंगलवार सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पाण्डेले उक्त विचार राख्नुभएको हो ।

विश्वभरका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्वहरू तथा सामाजिक साझेदारहरू माझ आफ्नो मन्तव्य राख्नुहुँदै उपाध्यक्ष पाण्डेले नेपाल हाल महत्वपूर्ण आर्थिक संक्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गर्नुभयो । सरकारले सुशासन, लगानी प्रवद्र्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए तापनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागत जस्ता चुनौतीहरू कायमै रहेको तर्फ उहाँले विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो । “नेपालको युवा जनशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको छ । यो चिन्ताको विषय हो । उहाँले भन्नुभयो, लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको वास्तविक मागसँग जोडेर स्वदेशमै मर्यादित एवं उत्पादकमूलक रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्दछ । ” परिवर्तित विश्व परिवेश र डिजिटल अर्थतन्त्रको चर्चा गर्नुहुँदै उपाध्यक्ष पाण्डेले नेपालमा पनि अनलाइन व्यवसाय, राइड–शेयरिङ र डेलिभरी प्लेटफर्म जस्ता डिजिटल सेवाहरूमा युवाहरूको संलग्नता तीव्र रूपमा बढिरहेको बताउनुभयो । यसले उद्यमशीलताका नयाँ अवसरहरू ल्याए तापनि श्रम मापदण्ड र सामाजिक सुरक्षाका विषयहरूमा नयाँ बहस सिर्जना गरेको उहाँको भनाइ थियो ।

You might also like

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

नेपाल जस्ता विकासशील देशहरूलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुको सट्टा आफ्नो राष्ट्रिय यथार्थ, संस्थागत क्षमता र आर्थिक अवस्था अनुरूप श्रम सुधार एवं कानुनी व्यवस्थाहरू लागू गर्न आवश्यक लचकता दिनु पर्नेमा उहाँको जोड थियो । उहाँले नेपाली रोजगारदाताहरूका तर्फबाट अघि सारिएका प्रमुख प्राथमिकताहरू र कार्यान्वयन भइरहेका प्रयासहरूको विवरण समेत प्रस्तुत गर्नुभयो । राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना लागू भएपश्चात् रोजगारदाताहरूमा सुरक्षित र स्वस्थ कार्यस्थल सामाजिक जिम्मेवारी मात्र नभई उत्पादकत्व, दिगोपन र व्यावसायिक प्रतिस्पर्धात्मकताका लागि अपरिहार्य तत्व रहेको चेतना बढेको बताउनुभयो । यस अन्तर्गत चिया र अलैंची जस्ता क्षेत्रहरूमा विशेष निर्देशिकाहरू निर्माण गरी प्रारम्भिक कार्यहरू सुरु भइसकेको जानकारी पाण्डले दिनुभयो । यसका साथै, महासंघले छनोट गरिएका उद्योगहरूमा “केयर मोडल” को पाइलट प्रोजेक्ट सफलतापूर्वक सुरु गरिसकेको भन्दै यसले विशेषगरी महिलाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्न र कार्यस्थलमा सामाजिक समावेशीकरण तथा सामुदायिक कल्याण बढाउन ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । बाढी, पहिरो र मौसम परिवर्तनका कारण उद्योग, कृषि र जीविकोपार्जनमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै उपाध्यक्ष पाण्डेले कार्यस्थलको भविष्य सम्बन्धी विश्वव्यापी छलफलहरूमा हरित रोजगारी र जलवायु जोखिममा रहेका नेपाल जस्ता मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने विषय समेटिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, मध्यपूर्वमा जारी भू–राजनीतिक तनावले नेपाल जस्तो विप्रेषण (रेमिट्यान्स), आयात र पर्यटनमा निर्भर अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा रोजगारीको रक्षा गर्न, व्यवसायको निरन्तरता सुनिश्चित गर्न र आपसी संवाद सुदृढ बनाउन रोजगारदाताहरूको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो । उपाध्यक्ष पाण्डेले उद्यमहरूको उत्पादकत्व वृद्धि, कार्यस्थल सहकार्य, सीप विकास र नवप्रवर्तन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग दीर्घकालीन प्राविधिक सहयोगको माग गर्नुभयो । महासंघ सामाजिक संवाद, सहकार्य र मर्यादित श्रमप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उहाँले आपसी विश्वास, साझेदारी र सन्तुलित नीतिमार्फत आर्थिक वृद्धि र श्रम अधिकारलाई सँगसँगै अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

Related

Previous Post

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

Next Post

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

Sambridinews

Sambridinews

Related Posts

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

by Sambridinews
बुधबार, जेष्ठ २७, २०८३
एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

by Sambridinews
मङ्लबार, जेष्ठ २६, २०८३
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

by Sambridinews
सोमवार, जेष्ठ २५, २०८३
Next Post
मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमालेमा नेताहरूको जिम्मेवारी हेरफेर, ६ केन्द्रीय सदस्यको बिदाइ

एमालेमा नेताहरूको जिम्मेवारी हेरफेर, ६ केन्द्रीय सदस्यको बिदाइ

शनिबार, भदौ २, २०८०
एनसेल प्रकरण छानबिनका लागि गठित समितिप्रति एमालेको आशंका, न्यायाधीशको नेतृत्वमा समिति बनाउन रघुजीको माग

एनसेल प्रकरण छानबिनका लागि गठित समितिप्रति एमालेको आशंका, न्यायाधीशको नेतृत्वमा समिति बनाउन रघुजीको माग

मङ्लबार, पुस ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

बुधबार, जेष्ठ २७, २०८३
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड
TOP STORIES

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघका उपाध्यक्ष पाण्डेको सम्बोधनः श्रम बजारका चुनौती सामना गर्न नीतिगत लचकता र त्रिपक्षीय सहकार्यमा जोड

बुधबार, जेष्ठ २७, २०८३
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

अमेरिकाद्वारा इरानमा तेस्रो चरणको हमला जारी

बुधबार, जेष्ठ २७, २०८३
एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
TOP STORIES

एभरेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता

मङ्लबार, जेष्ठ २६, २०८३
नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
FEATURED

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

मङ्लबार, जेष्ठ २६, २०८३
नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान
TOP STORIES

नेपालकै पहिलो ‘स्टेप्सटुवाक फुट एण्ड एंकल डिर्फमिटी करेक्शन कोर्ष’ सफलतापूर्वक सम्पन्न, नेपाल मेडिसिटीद्धारा ८ जना विरामीलाई निशुल्क सेवा प्रदान

सोमवार, जेष्ठ २५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In