काठमाडौँ / विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन “शाओमी१७टि” सार्वजनिक गरेको छ। उत्कृष्ट क्यामेरा प्रविधि, शक्तिशाली ब्याट्री र आधुनिक डिस्प्ले सुविधासहित यो फोन उच्चस्तरीय प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको छ।
नयाँ Xiaomi 17T मा Leica 5X टेलिफोटो क्यामेरासहित ट्रिपल क्यामेरा प्रणाली रहेको छ, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा समावेश छ। यसले अत्यन्त स्पष्ट तस्बिर, १० गुणासम्म अप्टिकल जुम र १२० गुणासम्म एआई आधारित जुम सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
फोनमा ४K ६०fps सिनेमाटिक भिडियो रेकर्डिङ, लाइभ मोमेन्ट फिचर र उन्नत पोर्ट्रेट मोड जस्ता सुविधाहरू समावेश छन्, जसले प्रयोगकर्तालाई अझ रचनात्मक फोटो तथा भिडियो अनुभव दिने बताइएको छ।
डिस्प्लेका हिसाबले यसमा ३५०० निट्स ब्राइटनेस र आँखा सुरक्षामा केन्द्रित “भिजन केयर” प्रविधिसहितको अमाेल्ड स्क्रिन प्रयोग गरिएको छ, जसले दिनभर आरामदायी दृश्य अनुभव प्रदान गर्छ।
शाओमी १७टी मा ६,५०० mAh क्षमताको ब्याट्री र ६७W फास्ट चार्जिङ सुविधा रहेको छ। यसका साथै फोनमा ४ न्यानोमिटर प्रविधिमा आधारित मिडिया टेक डिमेनसिटी ८५०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ, जसले गेमिङ र मल्टिटास्किङ अनुभवलाई अझ प्रभावकारी बनाउने कम्पनीको दाबी छ।
नेपालमा यो स्मार्टफोन बैजनी, निलो र कालो रंगमा उपलब्ध छ। १२ जिबी र्याम र ५१२जिबी स्टोरेज भेरियन्टको मूल्य रु. ८९,९९९ तोकिएको छ। साथै, खरिदकर्ताले रेड्मी बड्स ६ प्ले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।















