
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले आफ्नो स्थापना भएको १२ वर्ष पूरा गरेको छ। सन् २०१४ मा स्थापना भएको कम्पनीले प्रोडक्ट-आधारित तथा कस्टमाइज्ड सफ्टवेयर समाधानमार्फत विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको छ। कम्पनीका अनुसार, विधिको एचआर तथा पेरोल सफ्टवेयर हाल नेपालभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन्। त्यसैगरी, कम्पनीको ईआरपी (Enterprise Resource Planning) समाधान निर्माण तथा जलविद्युत् क्षेत्रमा विशेष रूपमा लोकप्रिय बन्दै गएको छ, जहाँ १०० भन्दा बढी कम्पनीहरूले यसको प्रयोग गरिरहेका छन्। निर्माण क्षेत्रमा शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्सजस्ता ठूला कम्पनीहरू विधिको ईआरपी प्रणालीका प्रमुख प्रयोगकर्तामा पर्छन्। यस्तै, जलविद्युत् क्षेत्रमा अपर त्रिशूली, भुगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावरजस्ता परियोजनाहरूले पनि विधिका समाधान अपनाएका छन्। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले १२ वर्ष पूरा गर्नु गौरवको विषय भएको बताए। ‘प्रविधिको विकाससँगै व्यवसायहरूलाई प्रविधिमार्फत सहजता प्रदान गर्ने हाम्रो यात्रा १२ वर्ष पूरा भएको छ,’ उनले भने, ‘यस अवधिमा योगदान पुर्याउने सम्पूर्ण टिम, ग्राहक तथा साझेदारप्रति आभार व्यक्त गर्दछु।’ उनले आगामी दिनमा एचआर तथा पेरोल र ईआरपी प्लेटफर्ममा एआई-आधारित सुविधा थप्ने तयारी भइरहेको जानकारी दिए। यसअन्तर्गत पेरोल प्रोसेसिङमा स्वचालन, एआई-आधारित उपस्थिति व्यवस्थापन, कार्यबल विश्लेषण तथा व्यवसायलाई छिटो र प्रभावकारी निर्णय लिन सहयोग गर्ने प्रिडिक्टिभ इनसाइट्स समावेश गरिनेछ। कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य पनि राखेको छ। विधिले आफूलाई नेपालबाट उदाएको प्रविधि नवप्रवर्तनकर्ताका रूपमा स्थापित गर्दै विश्व ...
Read moreकाठमाडौँ । आज बिहान ८ बजेदेखि देशभर एकैसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण...
Read moreचैत १३, भक्तपुर । आधारभूत शिक्षाका लागि खोलिएको किड्स एडुकेयरले स्थापनाको चौथो वार्षिक तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेको...
Read moreकाठमाडौं, चैत ५ गते नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यसबाट...
Read moreकाठमाडौं, चैत ३ — ललितपुरको प्रयागपोखरीस्थित नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा “संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य: मानव–पर्यावरण अन्तरसम्बन्ध” विषयक सातौँ वार्षिक फिल्ड कोर्स सोमबारबाट सुरु भएको छ। उक्त कार्यक्रममा नेपालभरका विद्यार्थी, अनुसन्धानकर्ता तथा संरक्षण क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदप्रसाद ढकालले गरेका हुन्। उद्घाटन सत्रको अध्यक्षता नेपाल इन्जिनियरिङ कलेजको सेन्टर फर प्रोफेशनल स्टडिजका निर्देशक रोबर्ट डंगोलले गरेका थिए। कार्यक्रममा अमेरिकास्थित युनिभर्सिटी अफ वासिङ्टनका प्राध्यापक डा. र्यान्डल सी. काइज तथा प्राध्यापक म्याथ्यू नोभाक विशेष अतिथिका रूपमा सहभागी थिए। उद्घाटन समारोहमा परम्परागत पानसमा बत्ती बालेर पाँच दिने कोर्सको औपचारिक सुरुवात गरिएको थियोकार्यक्रमको संयोजन तथा सञ्चालन नेपाल इन्जिनियरिङ कलेजका एमएस्सी नेचुरल रिसोर्स म्यानेजमेन्ट कार्यक्रमका संयोजक डा. नारायणप्रसाद कोजुले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न प्रोत्साहन दिँदै आएको उल्लेख गरे। वैज्ञानिक अनुसन्धानमार्फत युवा अनुसन्धानकर्ताहरूले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा उनले व्यक्त गरे। विशेष अतिथि डा. र्यान्डल काइजले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले संरक्षणसम्बन्धी अनुसन्धानमा नेपाली नयाँ पुस्ताले देखाएको उत्साह र प्रतिबद्धताको प्रशंसा गर्दै भविष्यमा अन्तर्राष्ट्रिय सहकार्य अझ मजबुत बनाउने आवश्यकता औंल्याए। त्यसैगरी प्रा. म्याथ्यू नोभाकले नेपाली विद्यार्थी तथा संस्थासँग दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने आफ्नो रुचि रहेको बताए। नेपालमा उपस्थित भएर संरक्षण जीवविज्ञान र विश्व स्वास्थ्यका क्षेत्रमा उदाउँदै गरेका अनुसन्धानकर्तासँग नजिकबाट काम गर्न पाउँदा आफू उत्साहित रहेको उनले बताए। कार्यक्रमका अध्यक्ष रोबर्ट डंगोलले नेपाल इन्जिनियरिङ कलेजले विगत सात वर्षदेखि वन्यजन्तु, प्राकृतिक स्रोत व्यवस्थापन तथा जैविक विविधता अध्ययनका विद्यार्थीहरूका लागि यस प्रकारको फिल्ड कोर्समार्फत व्यावहारिक अध्ययनको अवसर उपलब्ध गराउँदै आएको बताए। सहभागीहरूले यस अवसरलाई ज्ञान अभिवृद्धि गर्न उपयोग गर्दै दिगो विकास तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याउनुपर्ने उनले आग्रह गरे। आयोजकका अनुसार नेपालका सात विभिन्न संस्थाबाट कुल २० जना सहभागीहरूले उक्त कोर्समा भाग लिइरहेका छन्। नेपाल इन्जिनियरिङ कलेज र युनिभर्सिटी अफ वासिङ्टनले संयुक्त रूपमा सेन्टर फर ग्लोबल फिल्ड स्टडी (CGFS) तथा वासिङ्टन नेशनल बायोमेडिकल रिसर्च सेन्टरमार्फत कार्यक्रम सञ्चालन गरेका हुन्। चैत 2 देखि वैशाख 6 सम्म सञ्चालन हुने उक्त कोर्समा संरक्षण जीवविज्ञान, वन्यजन्तु अनुसन्धान विधि, विश्व स्वास्थ्यसम्बन्धी मुद्दा तथा मानव–पर्यावरण अन्तरसम्बन्धका विषयमा केन्द्रित कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएका छन्तालिममार्फत सहभागीहरूलाई व्यवहारिक फिल्ड अनुसन्धान अनुभव प्रदान गर्दै जैविक विविधता संरक्षण तथा वातावरण र मानव स्वास्थ्यबीचको सम्बन्धबारे गहिरो समझ विकसित गराउने लक्ष्य राखिएको छ।
Read moreकाठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड...
Read moreकाठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड...
Read moreकाठमाडौं, फागुन ९, विद्यावाणी र एकलब्य अर्किड कप जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।काँडाघारीस्थित आयोजक अर्किड...
Read moreकाठमाडौं, फागुन ४, बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरू गरेका छन् । उच्च शिक्षा अध्ययन...
Read moreकाठमाडौँ / नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL) ले झापा र चितवनपछि लुम्बिनी...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.