चैत १३, भक्तपुर । आधारभूत शिक्षाका लागि खोलिएको किड्स एडुकेयरले स्थापनाको चौथो वार्षिक तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेको छ ।
भक्तपुरस्थित बालकोटमा शुक्रबार आयोजित समारोहमा विभिन्न तहमा अध्ययनरत बालबालिकाले कला तथा नृत्य प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा स्कुलको अध्ययन पुरा भएका विद्यार्थीलाई दीक्षान्त तथा विदाइ समेत गरिएको थियो ।
कार्यक्रममा अभिभावक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
















