अर्थ

एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप...

Read more

पुस मसान्तसम्म नेपाल टेलिकमको खुद नाफा ४ अर्ब १६ करोड

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण...

Read more

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै,उम्मेदवारसँग डिजिटल प्रविधि र नीतिमा छलफल

काठमाडौं ,सातै प्रदेशलाई समेटेर ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुने भएको छआइसिटी फाउन्डेसन नेपालले उम्मेदवार मेला अन्तर्गत फागुनको पहिलो र दोस्रो साता उक्त भर्चुअल संवाद कार्यक्रम सञ्चालन गर्न लागेको हो।  भर्चुअल डिजिटल लिडरसीप डायलगमा डिजिटल प्रविधि, डिजिटल नेतृत्व (लिडरसीप) तथा नीतिगत विषयमा विस्तृत छलफल गरिने आयोजकले जनाएको छ। साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना घोषणापत्रमा समेटेका सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सम्बन्धी एजेन्डा, विद्यमान चुनौती तथा सम्भावित प्रभावमाथि समेत बहस हुनेछ। कार्यक्रमअन्तर्गत कम्तीमा सातवटा भर्चुअल सेसन सञ्चालन हुनेछन्। ती सेसनहरूमा सातै प्रदेशका निर्वाचन उम्मेदवार, राजनीतिक नेतृत्व, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ। प्रत्येक सेसनमा उम्मेदवार र राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवाद तथा प्रश्न–उत्तर सत्रसमेत आयोजना गरिनेछ।  भर्चुअल संवादमा सहभागी हुन इच्छुकले अनलाइन फाराम भर्नुपर्ने आयोजकले जनाएको छ फाराम भर्नका लागि https://lnk.ua/B4O9dKyVG लिंकमार्फत दर्ता गर्न सकिनेछ।  कार्यक्रममा सातै प्रदेशका राजनीतिक नेतृत्व, उम्मेदवार, युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ। भर्चुअल संवादमार्फत निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता, समावेशिता र पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।  यसअघि उम्मेदवार मेला अन्तर्गत ललितपुरको पुल्चोकस्थित द प्लाजामा भौतिक रूपमा डिजिटल लिडरसीप डायलग सम्पन्न भइसकेको छ। उक्त कार्यक्रममा फोकस ग्रुप डिस्कसन, किनोट प्रस्तुति तथा राजनीतिक नेतृत्व र उम्मेदवारसँग डिजिटल नेतृत्व र नीतिसम्बन्धी छलफल गरिएको थियो।  प्यानल संवादमा बोल्ने विभिन्न दलका प्रतिनिधिहरूले प्रविधिमैत्री नेतृत्व र व्यवहारिक नीति निर्माण गर्दै डिजिटल रूपान्तरणमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

Read more

खातामा प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ।...

Read more

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे साधारणसभा सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

काठमाडौँ : संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको होटल हेभन रिसोर्टमा आयोजित...

Read more

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो...

Read more

मजबुत टाइटनटफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा 

काठमाडौँ, २७ माघ : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा ल्याएको छ। आकर्षक  डिजाइन, उत्कृष्ट कार्यसम्पादन, जीवन्त डिस्प्ले, उन्नत एआई (AI) फिचर तथा अत्याधुनिक सुरक्षा प्रविधिसहित यो स्मार्टफोन नेपालभर  उपलब्ध छ।  Redmi Note 15 मा ६,०००mAh क्षमताको शक्तिशाली ब्याट्री दिइएको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ।  यसमा ३३W टर्बो चार्जिङ र १८W रिभर्स चार्जिङ सपोर्ट छ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको स्वास्थ्य र कार्यक्षमताको रियल–टाइम  व्यवस्थापन गर्छ। २,००० पटकसम्म चार्ज गर्दा पनि ब्याट्रीको क्षमता ८० प्रतिशतभन्दा बढी कायम रहने भएकाले ६ वर्षभन्दा बढी भरपर्दो  प्रयोग सुनिश्चित हुन्छ। एकपटक फुल चार्ज गर्दा फोनले दुई दिनसम्म प्रयोग, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्म कल सपोर्ट गर्न  सक्छ।  Glacier Blue, Purple, Forest Green र Black रङमा उपलब्ध यो फोनको आकार १६४.०३ × ७५.४२ × ७.९४ मिलिमिटर र तौल १८३.७  ग्राम रहेको छ। IP64 डस्ट तथा वाटर रेसिस्टेन्स र Wet Touch Technology 2.0 का कारण हल्का वर्षा, पानीका छिटा वा धुलोयुक्त  वातावरणमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ। पानी, पसिना वा तेल लागेको अवस्थामा पनि डिस्प्लेले सटीक रूपमा प्रतिक्रिया दिन्छ।  १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने अल्ट्रा–ड्युरेबल डिस्प्ले ग्लास तथा बलियो मदरबोर्ड र मजबुत मिड–फ्रेमसहितको आन्तरिक  संरचनाले फोनका महत्वपूर्ण पार्ट्स सुरक्षित राख्छ।  फोटोग्राफी र अडियो क्षमतामा पनि Redmi Note 15 प्रभावशाली छ। ३X अप्टिकल टेलिफोटो क्यामेराले टाढाका दृश्यहरू स्पष्ट रूपमा कैद  गर्छ। १०८MP मुख्य क्यामेरा, २MP डेप्थ क्यामेरा र २०MP फ्रन्ट क्यामेराले २४mm, २८mm, ३५mm र ७२mm फोकल लम्बाइ कभर गर्दै  वाइड सटदेखि पोर्ट्रेटसम्म उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ। डुअल स्पिकर, ३००% भोल्युम बुस्ट तथा Dolby Atmos र Hi-Res सपोर्टका  कारण यो फोन मनोरञ्जनका लागि पनि उत्कृष्ट छ।  यो स्मार्टफोनमा अधिकतम ८GB र्याम र ५१२GB स्टोरेज उपलब्ध छ, जसलाई हाइब्रिड सिम स्लटका माध्यमबाट थप विस्तार गर्न सकिन्छ।  Xiaomi HyperOS मा चल्ने यो फोन ६nm MediaTek Helio G100-Ultra चिपसेटबाट सञ्चालित छ। २.२GHz सम्मको अक्टा–कोर  CPU, Mali-G57 MC2 GPU, LPDDR4X र्याम र UFS 2.2 स्टोरेजले छरितो र स्मूथ कार्यसम्पादन सुनिश्चित गर्छ। Redmi Note 15 ...

Read more

नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमाद्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने

कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (QCCI) को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र कतार चेम्बर अफ कमर्स...

Read more

नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने

काठमाडौं । नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौं नेपाल राइडर्स मिट हुने भएको छ ।...

Read more
Page 16 of 151 1 15 16 17 151

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.