Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ २३, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन: हरिबहादुर पाण्डेको नेतृत्वमा ‘स्वतन्त्र प्यानल’ मैदानमा
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा तथा निर्वाचनको मिति नजिकिएसँगै नयाँ नेतृत्व चयनको सरगर्मी तीव्र बनेको छ। यही जेठ २४ गते हुने निर्वाचनका लागि व्यवसायीहरूको स्वतन्त्र समूहले अध्यक्ष पदका उम्मेदवारसहित आफ्नो बलियो प्यानल घोषणा गर्ने भएको छ।

स्वतन्त्र व्यवसायीहरूको तर्फबाट एकता समाज सामाखुशीका अध्यक्ष तथा संघका पूर्व उपाध्यक्ष हरिबहादुर पाण्डेको नेतृत्वमा चुनावी प्यानल घोषणा हुन लागेको हो। प्यानलको औपचारिक घोषणा आज साँझ सुकेधारास्थित ल्याविस गार्डेनमा आयोजना हुने एक विशेष कार्यक्रममार्फत गरिने जनाइएको छ।

You might also like

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

राजनीतिक प्रभावमुक्त संघ हाम्रो मुख्य एजेण्डा: पाण्डे

अध्यक्षका उम्मेदवार हरिबहादुर पाण्डेले वैदेशिक रोजगार क्षेत्रका व्यवसायीहरूको साझा हित र पेशागत सुरक्षालाई केन्द्रमा राखेर आफूहरू निर्वाचन मैदानमा उत्रिएको बताएका छन्। रोजगार मञ्चसँग कुराकानी गर्दै उनले विगतमा संघ व्यवसायीको हकहितभन्दा राजनीतिक प्रभाव र दलीय भ्रातृ संगठनहरूको स्वार्थबाट बढी ग्रसित भएको आरोप लगाए।

“संघ व्यवसायीहरूको साझा संस्था हो। तर विगतमा नेतृत्वमा पुगेकाहरू व्यवसायीको पक्षमा भन्दा राजनीतिक संगठनहरूको प्रभावमा बढी देखिए। त्यसले व्यवसायीका वास्तविक समस्या ओझेलमा परे। अब हामी व्यवसायीको हकहित, व्यवसायको संरक्षण र संस्थागत सुधारलाई केन्द्रमा राखेर अगाडि बढ्न चाहन्छौं,” पाण्डेले स्पष्ट पारे।

उनले आफू हाल कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको उल्लेख गर्दै स्वतन्त्र सोच भएका व्यवसायीहरूलाई एकताबद्ध गरेर संघलाई नयाँ दिशातर्फ लैजाने दाबी गरे।

स्वतन्त्र समूहका मुख्य प्रतिबद्धताहरू:

  • संघलाई पूर्ण रूपमा राजनीतिक प्रभावबाट मुक्त गर्ने।
  • व्यवसायीहरूको पेशागत अधिकार र व्यवसायको सुरक्षा सुनिश्चित गर्ने।
  • श्रम गन्तव्य मुलुकहरूसँगको सम्बन्ध विस्तार र मागपत्र प्रमाणीकरण प्रक्रियालाई पारदर्शी एवं संस्थागत बनाउने।
  • व्यवसायीमैत्री नीति निर्माणका लागि राज्यका निकायहरूसँग सशक्त पैरवी गर्ने।
  • संघको गुमेको गरिमा र प्रतिष्ठालाई पुनःस्थापना गर्ने।

त्रिपक्षीय सहकार्यमा शक्तिशाली प्यानल

यो स्वतन्त्र प्यानल व्यवसायीहरूको समूह एकता समिति, गणतान्त्रिक व्यवसायी तथा एकीकृत व्यवसायी समूहबीचको बलियो सहकार्यबाट निर्माण भएको बताइएको छ। समूहले संघमा राजनीतिक ध्रुवीकरणको अन्त्य गर्दै व्यावसायिक एकता र संस्थागत सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखेको छ।

हालसम्म तय भएका मुख्य उम्मेदवारहरू:

  • अध्यक्ष: हरिबहादुर पाण्डे
  • प्रथम उपाध्यक्ष: सञ्जु गुरुङ
  • तृतीय उपाध्यक्ष: जब्बर अली मियाँ
  • महासचिव: नूर मोहम्मद मियाँ
  • कोषाध्यक्ष: बिनिता कटुवाल

(द्वितीय उपाध्यक्ष, सचिव तथा सदस्य पदका उम्मेदवारहरूको अन्तिम टुंगो लाग्न बाँकी रहेको र आजै साँझसम्म घोषणा गरिने समूहले जनाएको छ।)

त्रिपक्षीय भिडन्तको सम्भावना

स्वतन्त्र समूहको आगमनसँगै संघको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। नेतृत्वका लागि अन्य राजनीतिक निकट समूहहरू पनि सक्रिय छन्। चुनावी मैदानमा लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसन र प्रगतिशील वैदेशिक रोजगार मञ्चले पनि आफ्नो छुट्टै प्यानलसहित उत्रिने तयारी तीव्र पारेका छन्।

विशेष परिस्थितिमा हुन लागेको संघको यो निर्वाचनलाई व्यवसायीहरूले संस्थाको भविष्य र अस्तित्व निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन्। वैदेशिक रोजगार क्षेत्रमा विद्यमान वर्तमान चुनौतीहरूलाई चिर्दै सक्षम, सशक्त र व्यवसायीमैत्री नेतृत्व चयन गर्नुपर्ने दबाब चौतर्फी रूपमा बढेको छ।

Related

Previous Post

तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझायाे

Next Post

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

Sambridinews

Sambridinews

Related Posts

काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

by Sambridinews
सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

by Sambridinews
सोमवार, असार २९, २०८३
नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर
FEATURED

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

by Sambridinews
सोमवार, असार २९, २०८३
Next Post
बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

बजेट सन्तुलित र भविष्योन्मुखी छ, तर गाडीको मूल्य बढ्ने निश्चित: नाडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे

सिन्धुलीमा चार हजार हेक्टर वनमा डढेलाे

मङ्लबार, बैशाख १८, २०८१
आज महाशिवरात्री पर्व

पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेकाहरू जेल चलान

बिहिबार, असार ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

सोमवार, असार २९, २०८३
नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर
FEATURED

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

सोमवार, असार २९, २०८३
नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 
FEATURED

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै भविष्यको यात्रा तय गर्ने प्रतिबद्धता 

आइतवार, असार २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In