Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

Sambridinews by Sambridinews
सोमवार, अशोज १९, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपाल अति कम विकसित मुलुक (LDC) बाट स्तरोन्नति भएपछि उत्पन्न हुन सक्ने सम्भावित चुनौती न्यूनीकरण गर्दै उपलब्ध अवसरको सदुपयोग गर्न अहिल्यैदेखि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि आयोजना’ ले सोमबार काठमाडौँमा आयोजना गरेको ‘अति कम विकसित मुलुकबाट स्तरोन्नति सचेतना कार्यशाला’ मा उद्यमी, व्यवसायी, साना तथा मझौला उद्यम (SME) र अन्य सरोकारवालाहरूले सङ्क्रमणकालका लागि तत्काल तयारी गर्नुपर्ने बताएका हुन्।

You might also like

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

सो अवसरमा बोल्दै महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारको आग्रहपछि तत्कालका लागि LDC बाट स्तरोन्नति पर सर्न सक्ने भए तापनि त्यसपछिको व्यापारिक तथा अन्य सुविधामा हुने सम्भावित परिवर्तनका कारण नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता कायम राख्नसमेत अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक रहेको बताउनुभयो। यसअघि प्राप्त तयारी अवधिको अपेक्षित उपयोग हुन नसकेको उल्लेख गर्दै उहाँले अब उपलब्ध हुने थप समयलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

“पर सरेको समय तत्काल आइहाल्छ। स्तरोन्नतिपछि सुविधाहरू क्रमशः हट्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने आधार उत्पादन लागत, गुणस्तर र दक्षता नै हुन्। त्यसैले सरकारले यस्ता क्षेत्रमा तत्काल सुधार गर्दै अघि बढाउनुपर्छ। निजी क्षेत्रले पनि सुविधामा आधारित प्रतिस्पर्धाबाट क्षमतामा आधारित प्रतिस्पर्धातर्फ अघि बढ्दै उत्पादनको गुणस्तर, प्रविधि, मूल्य शृङ्खला र बजार विविधीकरणमा लगानी बढाउनुपर्छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो।

कार्यक्रममा महासङ्घ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठले LDC स्तरोन्नतिको प्रभाव प्रदेश तथा स्थानीय तहमा रहेका उद्योग-व्यवसायसम्म पुग्ने भएकाले यसबारे निजी क्षेत्रलाई समयमै सचेत र तयार बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउँदै स्तरोन्नतिलाई चुनौतीका रूपमा मात्र नहेरी नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यशालामा आयोजनाका परामर्शदाता भोजराज पोखरेलले नेपालले स्तरोन्नति हासिल गर्दा प्राप्त हुने अवसर र सामना गर्नुपर्ने चुनौतीबारे प्रस्तुति दिँदै नेपालले सङ्क्रमणकालको तयारी योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले स्तरोन्नतिपछि उपलब्ध हुने अवसर उपयोग गर्न उत्पादन क्षमता, गुणस्तर, बजार विविधीकरण तथा निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने बताउनुभयो।

त्यसैगरी आयोजना प्रमुख रोशन नेपालले आयोजनाको उद्देश्यबारे जानकारी गराउँदै नेपालमा समावेशी तथा प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माण, साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धि र उनीहरूको बजार पहुँच विस्तारमा आयोजनाले काम गरिरहेको बताउनुभयो। उहाँले LDC स्तरोन्नतिपछिको सम्भावित प्रभावबारे क्षेत्रगत तथा बजारगत अध्ययनसमेत भइरहेको जानकारी दिनुभयो।

महासङ्घले LDC स्तरोन्नतिको विषयमा प्रदेश स्तरबाटै सचेतना तथा छलफल अघि बढाउँदै आएको छ। विराटनगर, वीरेन्द्रनगर र धनगढीपछि काठमाडौँमा आयोजित यो शृङ्खलाको चौथो कार्यशाला हो। आगामी दिनमा भक्तपुर र ललितपुरमा समेत यस्ता कार्यक्रम आयोजना गरिने महासङ्घले जनाएको छ। कार्यशालामा उद्यमी, व्यवसायी, SME, विकास साझेदार तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

Related

Previous Post

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

Next Post

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

Sambridinews

Sambridinews

Related Posts

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

by Sambridinews
सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

by Sambridinews
सोमवार, अशोज १९, २०८३
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
FEATURED

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

by Sambridinews
सोमवार, अशोज १९, २०८३
ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका
TOP STORIES

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

by Sambridinews
सोमवार, अशोज १९, २०८३
सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी

आइतवार, साउन १४, २०८०
भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

भारतमा कोभिडकाे नयाँ भेरियन्ट : सावधानी अपनाउ विश्व स्वास्थ्य संगठनकाे आग्रह

बुधबार, जेष्ठ १४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

सोमवार, अशोज १९, २०८३
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
FEATURED

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

सोमवार, अशोज १९, २०८३
ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका
TOP STORIES

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

सोमवार, अशोज १९, २०८३
सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित
FEATURED

सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित

सोमवार, अशोज १९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In