काठमाडौँ — सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सिटिजन्स क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा शेयरधनीहरुको उपस्थितिमा भब्यरुपमा सम्पन्न भयो । वार्षिक साधारण सभाले सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाको २०औँ वार्षिक साधारण सभाका लागि सञ्चालक समितिले चुक्ता पूँजीको १३ प्रतिशत (कर सहित) रु. २ करोड ६० लाख नगद लाभांश घोषणा गरेको छ।

वित्तीय स्थितिको मुख्य विवरण
- चुक्ता पूँजी: रु. २० करोड (अघिल्लो वर्ष पनि रु. २० करोड नै रहेको)
- खुद मुनाफा: आ.व. २०८२/८३ मा रु. २ करोड ७९ लाख ९० हजार ८९५ (अघिल्लो वर्ष रु. ३ करोड ६६ लाख ३२ हजार ३४२ को तुलनामा २३.५९% ले कमी)
- सञ्चित मुनाफा: रु. २ करोड ६० लाख ८३ हजार ८
- खुद स्थिर सम्पत्ति: रु. ७८ लाख ३४ हजार ३३२ (गत वर्ष रु. ७६ लाख ७७ हजार १८६)
- मुद्दती निक्षेपमा लगानी: रु. ७ करोड ४० लाख (अघिल्लो वर्ष रु. ९ करोड ४० लाख)
- धितोपत्रमा लगानी: रु. १० करोड १७ लाख ९६ हजार ७११ (अघिल्लो वर्ष रु. १५ करोड ५४ लाख ८४ हजार १४६)
- खुद चालू पूँजी: रु. २३ करोड ९६ लाख ९९ हजार ३४९
कारोबार र आम्दानीका स्रोतहरू
- मर्चेन्ट बैंकिङ्ग कारोबार आय: रु. ६८ लाख २२ हजार ५८५ (१०२.१३% वृद्धि)
- शेयर लगानीबाट आय: रु. १ करोड ४३ लाख ८३ हजार ९०४
- सामूहिक लगानी कोष (Mutual Fund) व्यवस्थापनबाट आय: रु. ४ करोड ४४ लाख ८ हजार ७८२
- नाफा (कर अगाडि): रु. ३ करोड ९५ लाख ७४ हजार ८८९
बजार परिस्थिति र आगामी योजना
धितोपत्र बजारमा देखिएको उतारचढाव, उच्च ब्याजदर तथा तरलताको प्रभावका बाबजुद क्यापिटलले लगानीकर्ताहरूलाई उचित प्रतिफल प्रदान गर्न सफल भएको जनाएको छ। आगामी दिनमा कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, प्राथमिक शेयर निष्काशन (IPO) तथा संस्थागत परामर्श सेवालाई थप विस्तार गर्ने योजना बनाएको छ।












