असोज १९, काठमाडौं । आगामी तीन दिन देशका विभिन्न स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् उपप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो।
उहाँका अनुसार कमजोर पश्चिमी वायुका कारण देशका मध्यपहाडी भागका विभिन्न स्थानमा छोटो समयका लागि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको मध्य तथा पश्चिमी क्षेत्रमा मनसुन हटे पनि पूर्वी भागमा मनसुनी वायु कायम रहेका कारण बुधबार पूर्वी क्षेत्रमा छोटो समय हल्का वर्षाको सम्भावना रहेको छ।













