काठमाडौं । केहीदिन देखि सक्रियर रहेकाे माैसम पूश्चिमतर्फ गर्दै गएकाे छ । कर्णाली र सुदुरपश्चिमका केही भागमा अाज र भाेलि मध्यमदेखि भारी बर्षाकाे सम्भावना रहेकाे माैसमविद उप्राडा विनाेद पाेख्रेलले जनाएकाे छन् ।
उनका अउनुका देशकाे मध्यभागमा केही समय वर्षा रोकिए पनि वर्षा प्रणाली पूर्णरूपमा कमजोर नभएको र फेरि सक्रिय हुने सम्भावना रहेको छ। विशेषगरी काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा केही समय मौसम खुले पनि दिउँसोदेखि वर्षा पुनः बढ्न सक्ने देखिएको छ।
गण्डकी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न क्षेत्रमा अझै ठूलो पानी पर्ने सम्भावना रहेको छ। दिउँसोदेखि रातभर देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान गरिएको छ।
काठमाडौं उपत्यकामा पनि अपराह्नदेखि भोलि बिहानसम्म मेघगर्जनसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ। केही समय भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानालाको जलस्तर बढ्न सक्ने र कमजोर भिरालो क्षेत्रमा पहिरोको जोखिम रहन सक्ने देखिएको छ।
निरन्तरको वर्षाका कारण यसअघि नै देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भइरहेका बेला पुनः वर्षा सक्रिय हुने सम्भावनाले थप सतर्कता आवश्यक देखिएको छ। विशेषगरी यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आवश्यक छ।














