Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने

Sambridinews by Sambridinews
बिहिबार, अशोज १, २०८३
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
विपद् व्यवस्थापनमा सबै दल एकजुट, ७ दिनभित्र सर्वदलीय संयन्त्र गठन गरिने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका विषयमा समन्वय गर्न सर्वदलीय संयन्त्र गठन गरिने भएको छ। बुधबार भएको सर्वदलीय छलफलले आगामी सात दिनभित्र उक्त संयन्त्र निर्माण गर्ने विषयमा सहमति जुटाएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीका अनुसार बैठकमा सर्वदलीय संयन्त्र गठनसँगै घटनाबारे संसदीय समितिमार्फत छानबिन गर्ने विषयमा समेत छलफल भएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले सात दिनभित्र संयन्त्र गठन गर्ने कुरा भएको जानकारी दिए। उनका अनुसार बैठकमा ‘सनसेट ल’ कार्यान्वयन गर्ने विषय पनि छलफलमा आएको थियो।

You might also like

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबारसम्म बर्षा जारी रहने

रसुवामा भदौ १० गते ठूलो बाढी आएपछि त्यसको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक रहेको प्रस्ताव गरेका थिए।

त्यस क्रममा लामिछानेको पहलमा सर्वदलीय बैठक बसेको थियो। बैठकमा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी थिए।

बैठकमा सरकारलाई उद्धारदेखि पुनर्स्थापनासम्म आवश्यक सहयोग तथा समन्वय गर्न सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारिएको थियो। उक्त प्रस्तावमा सहभागी दलहरूले सहमति जनाएका थिए।

त्यसपछि जारी गरिएको १० बुँदे संकल्पमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा आवश्यक सुधार तथा सरकारी कामको निरन्तर अनुगमन र सल्लाहका लागि संसदीय समिति गठन गर्ने विषय समेटिएको थियो।

यसैबीच प्रस्तावित संयन्त्रलाई आपत्कालीन अवस्थामा मात्र सीमित नराखी विपद् न्यूनीकरण तथा पूर्वतयारी, दिगो विकास र दीर्घकालीन नीतिगत सुधारमा समेत प्रयोग गर्ने अवधारणा अघि सारिएको छ।

यसअघि भदौ १६ गते बसेको सर्वदलीय बैठकले पनि संयन्त्र गठन गर्ने विषयमा सहमति जनाएको थियो। तर त्यसबेला संयन्त्र गठन हुन सकेको थिएन। बुधबारको बैठकले भने संयन्त्र गठनका लागि सात दिनको समयसीमा नै तोकेको हो।

Related

Previous Post

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

Next Post

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

Sambridinews

Sambridinews

Related Posts

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

by Sambridinews
शनिबार, कार्तिक १५, २०८३
चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
Next Post
सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

सुपर मादी हाइड्रोपावर लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई १५% बोनस र ५०% हकप्रद शेयर जारी गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट शुरू

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट शुरू

शुक्रबार, अशोज २८, २०७९
चितवन २ बाट सांसद घाेषणा गर्न उमेश श्रष्ठकाे माग

चितवन २ बाट सांसद घाेषणा गर्न उमेश श्रष्ठकाे माग

आइतवार, माघ २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबार, कार्तिक १५, २०८३
चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In