Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

Sambridinews by Sambridinews
बुधबार, भदौ ३१, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपालको निजी क्षेत्रको छाता संस्था, नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक पदमा नियुक्त गरेको छ।

महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सचिवालयमा आयोजित एक कार्यक्रमका बीच असोज १ गतेदेखि लागू हुने गरी डा. तिवारीलाई नियुक्ति पत्र प्रदान गर्नुभएको हो।

You might also like

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

कार्यक्रममा डा. तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले उहाँको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालतसम्बन्धी व्यावहारिक अनुभव महासंघका लागि महत्वपूर्ण साबित हुने बताउनुभयो। “नेपालको आर्थिक संरचनामा डा. तिवारीको गहिरो पकड, बृहत् अन्तर्राष्ट्रिय अनुभव र सरोकारवालाहरूको विश्वासले महासंघको संस्थागत छविलाई थप उचाइमा पुर्‍याउनेछ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “हाम्रो नीतिगत पैरवीलाई अझ प्रभावकारी बनाउन र नेपाली उद्यमहरूका लागि गतिशीलता सिर्जना गर्न उहाँको नेतृत्व महत्त्वपूर्ण हुनेछ।”

यसअघि पनि सन् २०१८ देखि २०१९ सम्म महासंघको कार्यवाहक महानिर्देशकको रूपमा काम गरिसक्नुभएका डा. तिवारीको यो महासंघमा पुनरागमन हो। उहाँसँग बृहत् आर्थिक नीति, लगानी सुधार तथा सार्वजनिक-निजी साझेदारी (PPP) को क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ।

डा. तिवारीले यसअघि अन्तर्राष्ट्रिय वित्त निगम (IFC)/विश्व बैंक समूह, एसियाली विकास बैंक (ADB), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP), अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र USAID को ‘तयार नेपाल’ आयोजनामा सल्लाहकार तथा निर्देशकको रूपमा काम गरिसक्नुभएको छ।

साथै, उहाँले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) को महानिर्देशक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वरिष्ठ प्राविधिक विज्ञ र नेपाल-जर्मन उद्योग वाणिज्य संघमा रणनीतिक सल्लाहकारको रूपमा समेत सेवा दिइसक्नुभएको छ।

संस्थागत जिम्मेवारीका अलावा डा. तिवारी नेपाल आर्थिक संघका मानार्थ महासचिव, नेपाल आर्थिक पत्रकार समाज (SEJON) का पूर्व अध्यक्ष र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत हुनुहुन्छ। आफ्नो करियरको सुरुवाती चरणमा उहाँले कान्तिपुर मिडिया ग्रुप, द हिमालयन टाइम्स र स्पेस टाइम टुडे जस्ता प्रमुख पत्रिकाहरूमा वरिष्ठ आर्थिक पत्रकारका रूपमा काम गर्नुभएको थियो।

अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका डा. तिवारीका व्यापार कूटनीति र औद्योगिक विकाससम्बन्धी विभिन्न अनुसन्धानमूलक पुस्तकहरू प्रकाशित छन्।

Related

Previous Post

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

Sambridinews

Sambridinews

Related Posts

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

by Sambridinews
बुधबार, भदौ ३१, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?

द्वन्द्वकालका घटनामा भेदभावपूर्ण व्यवहार किन ?

बुधबार, फाल्गुन २४, २०७९
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
FEATURED

डा. गोपालप्रसाद तिवारी नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त

बुधबार, भदौ ३१, २०८३
कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी
FEATURED

कृषि क्षेत्रमा ठूलो फड्को मार्दै ‘सौर्य कृषि कम्पनी’: पूँजी रु. १०० करोड पुर्याएर सर्वसाधारणका लागि आईपीओ (IPO) ल्याउने तयारी

बुधबार, भदौ ३१, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक
TOP STORIES

रोयल इन्फिल्ड हन्टर ३५० अब नयाँ भेरियन्ट र आकर्षक रंगमा नेपालमा सार्वजनिक

बुधबार, भदौ ३१, २०८३
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित
FEATURED

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न: १५ प्रतिशत नगद लाभांश घोषणा, एनपीए ३.७८% मा सीमित

बुधबार, भदौ ३१, २०८३
बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण
TOP STORIES

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
FEATURED

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

बुधबार, भदौ ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In