Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

Sambridinews by Sambridinews
सोमवार, असार २२, २०८३
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भक्तपुरकी ५२ वर्षीया जयन्ती थापाले १२ वर्षसम्म कलेजोको जटिल रोगसँग संघर्ष गरेपछि अन्ततः आफ्नै २१ वर्षीया छोरीको कलेजो दानमार्फत नयाँ जीवन पाएकी छन्। नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न सफल कलेजो प्रत्यारोपणपछि उनी अहिले स्वस्थ भएर घर फर्किएकी छन्।

जयन्ती अस्पताल पुग्दा उनको अवस्था अत्यन्तै गम्भीर थियो। कलेजोले लगभग काम गर्न छोडिसकेको थियो भने पेटमा अत्यधिक पानी जमेकाले सास फेर्नसमेत कठिन भएको थियो। प्रत्येक दुई–तीन दिनमा पेटबाट पानी निकाल्नुपर्ने अवस्था थियो। थप जटिलता के थियो भने पेटमा जमेको पानीमा संक्रमणसमेत भइसकेको थियो, जसले उनको ज्यानै जोखिममा पारेको थियो।

You might also like

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

जयन्तीका अनुसार करिब १२ वर्षअघि उनलाई सामान्य जन्डिस भएको थियो। उपचारपछि निको भए पनि केही वर्षपछि कलेजोमा दीर्घकालीन समस्या देखिन थाल्यो। समयसँगै कलेजोको कार्यक्षमता कमजोर हुँदै गयो र पछि मुख तथा दिसाबाट रगत बग्न थाल्यो। परीक्षणका क्रममा कलेजोको रोगका कारण खानानलीका नसाहरू सुन्निएर फुटेको पत्ता लागेको थियो। त्यसपछि एन्डोस्कोपीमार्फत विशेष रबर ब्यान्ड प्रयोग गरेर रक्तस्राव रोक्ने उपचार गरिएको थियो।

परिवारले विभिन्न अस्पतालमा उपचार गराए पनि अपेक्षित सुधार नआएपछि चिकित्सकहरूले विदेशमा उपचार गराउन सुझाव दिएका थिए। तर भाषा, अपरिचित वातावरण र आर्थिक भारका कारण परिवार विदेश जान इच्छुक भएन।

जयन्तीले भनिन्, “मेरो छोरीले इन्टरनेटमा खोज्दा नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण हुने जानकारी पाइन्। त्यसपछि नेपालमै उपचार सम्भव रहेछ भन्ने विश्वासका साथ यहाँ आएका हौं।”

नेपाल मेडिसिटीका हेपाटो–प्यान्क्रियाटो–बिलियरी तथा लिभर ट्रान्सप्लान्ट विभाग प्रमुख प्रा. डा. उमिद कुमार श्रेष्ठका अनुसार जयन्ती अस्पताल आउँदा अवस्था निकै जटिल भइसकेको थियो।

“पेटमा जमेको पानीमा संक्रमण भइसकेको थियो। यस्तो अवस्थामा प्रत्यारोपणभन्दा पहिले संक्रमण नियन्त्रण गर्नु अत्यन्त आवश्यक हुन्छ। संक्रमण सफलतापूर्वक नियन्त्रण गरेपछि मात्रै तुरुन्तै कलेजो प्रत्यारोपणको प्रक्रिया अघि बढायौं,” उनले बताए।

प्रत्यारोपणका लागि जयन्तीका श्रीमान् दाता बन्न इच्छुक भए पनि यसै वर्ष ५५ वर्ष उमेर पुगेकाले चिकित्सकीय मापदण्डअनुसार उनी योग्य ठहरिएनन्। त्यसपछि २१ वर्षीया छोरी ज्यासमिन थापा मगरले आमालाई आफ्नो कलेजो दान गर्ने निर्णय गरिन्।

आमाछोरी दुवैको असार २ गते सफल शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि ज्यासमिन सात दिनमै र जयन्ती १७ दिनमै स्वास्थ्य लाभ गरेर घर फर्किएका छन्।

स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि जयन्तीले भनिन्, “नेपालमै यस्तो उत्कृष्ट सेवा हुँदाहुँदै दुःख गरेर विदेश किन जानु? यहाँ पनि सहज रूपमा उच्चस्तरीय उपचार हुने रहेछ। अहिले म नयाँ जीवन पाएजस्तै महसुस गरिरहेकी छु।”

यो जटिल कलेजो प्रत्यारोपण प्रा. डा. उमिद कुमार श्रेष्ठको समग्र नेतृत्व तथा प्रमुख लिभर ट्रान्सप्लान्ट सर्जन डा. प्रदेज सापकोटाको शल्यक्रियात्मक नेतृत्वमा सम्पन्न भएको हो। शल्यक्रियामा डा. सञ्जय कुमार यादव, डा. रामबाबु शाह र डा. अनिशा तिवारीको सहभागिता रहेको थियो।

एनेस्थेसिया तथा शल्यक्रियापछिको सघन उपचार विभागीय प्रमुख डा. अपूर्व शर्मा, डा. निराजन महासेठ र डा. साक्षी बिम्सराले सम्हालेका थिए। प्रत्यारोपणपूर्वको मूल्याङ्कनमा ग्यास्ट्रोइन्टेरोलोजिस्ट, रेडियोलोजिस्ट, ल्याब विशेषज्ञसहित नर्सिङ, अपरेशन थिएटर, ब्लड बैंक, फार्मेसी र अन्य प्राविधिक टोलीको समन्वित प्रयासले शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ।

प्रा. डा. श्रेष्ठका अनुसार जन्डिस निको हुँदैमा कलेजोसम्बन्धी समस्या पूर्ण रूपमा समाप्त भएको मान्न मिल्दैन। दीर्घकालीन कलेजो रोग बढ्दै जाँदा पेटमा पानी जम्ने, मुख वा दिसाबाट रगत बग्ने, शरीर सुन्निने, अत्यधिक थकान हुनेजस्ता लक्षण देखिन सक्छन्। यस्ता संकेत देखिएमा समयमै विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्ने उनले सुझाव दिए।

उनका अनुसार कलेजो पूर्ण रूपमा बिग्रिएको अवस्थामा लिभर ट्रान्सप्लान्ट नै जीवन बचाउने सबैभन्दा प्रभावकारी उपचार हो। नेपाल मेडिसिटीमा अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ र बहुविषयगत टोलीको समन्वयमा नेपालमै विश्वस्तरीय कलेजो प्रत्यारोपण सेवा उपलब्ध भइरहेको अस्पतालले जनाएको छ।

Related

Previous Post

सरिनालाई युकेमा स्वर्ण

Next Post

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

by Sambridinews
सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

by Sambridinews
सोमवार, असार २९, २०८३
Next Post
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नाडाको सहयोगमा पोखरामा नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आयोजना हुने

नाडाको सहयोगमा पोखरामा नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आयोजना हुने

शुक्रबार, फाल्गुन ९, २०८१
भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्कियाे

भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्कियाे

बिहिबार, पुस १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

सोमवार, असार २९, २०८३
नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर
FEATURED

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

सोमवार, असार २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In