Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

Sambridinews by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

नेपालगन्ज .३ जेठ, वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड‘ प्रदान गर्ने निर्णय गरेको छ । संसारभरका रेस आयोजकमध्येबाट छनौट हुने यो एम्सको निकै प्रतिष्ठित अवार्ड हो ।नर्वेको ट्रम्सोमा यही जुन १८–२० मा हुने एम्सको २५औं वल्र्ड कंग्रेसमा उक्त अवार्ड प्रदान गरिने छ । छनोट समिति संयोजक एवं एम्स उपाध्यक्ष मार्था मोरालेसबाट अवार्डबारे जानकारी र बधाई प्राप्त भएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।
यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्वीटजरल्याण्ड)ले यो अवार्ड प्राप्त गरेका थिए । विविध कारणले बीचमा केही बर्ष रोकिएको यो अवार्ड यसबर्षदेखि निरन्तर प्रदान गर्न लागिएको उपाध्यक्ष मार्थाले बताइन् ।
उपाध्यक्ष मार्थाले नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीलाई पत्र लेख्दै भनेकी छिन्, ‘हामी तपाईंलाई यो जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौं कि नेपालगन्ज म्याराथन यस बर्षको प्रतिष्ठित एम्स सोसल अवार्ड प्राप्तकर्ताका रुपमा चयन भएको छ ।’ दौडको दुनियाँमा यो अत्यन्तै सम्मानित पुरस्कार भएको मार्थाले उल्लेख गरेकी छन् ।
‘प्रत्येक बर्ष त्यस्ता उत्कृष्ट म्याराथनलाई प्रदान गरिन्छ, जसले म्याराथन आयोजनामा उत्कृष्ट अभ्यास प्रस्तुत गर्दै खेलकुदको दिगो विकासका पक्षमा आफ्नो सशक्त प्रतिबद्धता जनाएको हुन्छ’ उनले भनेकी छन्, ‘यो बिशेष पुरस्कारमार्फत तपाईं र तपाईंको संस्थाले समाजमा सन्चालन गरेका सामाजिक पहलहरु र सकारात्मक कार्यहरुको सम्मान गरिएको हो । एम्सले अन्य सदस्य संस्थाहरुलाई पनि आफ्ना कार्यक्रमहरुमा यस्ता उत्कृष्ट अभ्यासहरु अपनाउन प्रेरित गर्ने उद्देश्य राखेको छ । हामी आशा गर्दछौं कि यो उपलब्धिले तपाईंलाई अझ उच्च सफलता हासिल गर्न प्रेरणा दिनेछ । यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ।‘
नेपालगन्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सन्चालन हुँदै आएको दौड हो । कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो । एघार बर्षे सशत्र द्धन्द्ध विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्जले म्याराथन यात्रा सुरु गरेको हो । बहुल जाति, धर्म र सम्प्रदायको बसोबास रहेको नेपालगन्जलाई शान्ति, सदभाव र एकताको मालामा गाँस्ने प्रभावशाली माध्यमका रुपमा म्याराथन विधालाई लिएर सुरु गरिएको नेपालगन्ज म्याराथनसँग अहिले करिब एक दर्जन भगिनी इभेन्ट सन्चालनमा छन् । स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएको समस्याबारे सचेतना र अनुकूलनतर्फ प्रेरित गर्नेगरी गौघाट ग्रीन र राप्तीसोनारी नेचर रन दुई बर्षदेखि निरन्तर सन्चालन गर्दै आएको छ । रात्रीकालीन समयमा समेत सुरक्षित अनुभुति दिलाउन नेपालगन्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन् । त्यसैगरी विश्वसामु नेपाली सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्यले गत बर्षदेखि काठमाडौं२५किमी हेरिटेज रेस सुरु गरेको छ । साथै कर्णाली प्रदेशमा समेत कर्णाली हाफ म्याराथन सुरु गरेको छ । त्यस्तै, लोकतन्त्रमा संवाद बहसलाई अपरिहार्य महसुस गरेर नेपालगन्ज डिस्कोर्सको शृंखला नेपालगन्ज कनक्लेवका ६ संस्करण संचालन भइसकेका छन् । गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्ससमेत आयोजना गरिएको थियो । जहाँ १८ देशका प्रतिनिधि सहभागी थिए । यसबर्षदेखि वन ग्लोबल माइल अन्तर्गत नेपालमा कोहलपुर माइल समेत सुरु गरिँदै छ ।
यसका साथै नेपाल रनिङ म्यागजिनसमेत निरन्तर प्रकाशन हुँदै आएको छ । नेपालगन्ज म्याराथनले विभिन्न अवधारणामा निरन्तर काम गरिरहेको बिषयलाई मुल्यांकन गदैं यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको आफुलाई लागेको संस्थापक टीएस ठकुरीले बताए । ‘हामी दौडलाई सामाजिकीकरण गर्न र संस्कृति बनाउन चाहन्छौं’उनले भने, ‘यो अन्तर्राष्ट्रिय अवार्डले हामीलाई उर्जा दिने छ । नेपाललाई विश्वभर चिनाउने छ ।’ नेपालको रनिङमा निरन्तर लागिरहेको मुल्यांकन गर्दै गत बर्ष एम्सले ठकुरीलाई नेपालका लागि आधिकारिक दुतसमेत नियुक्त गरेको थियो ।

Related

Previous Post

कौशलटारस्थित हनुमन्ते खाेला किनारमा एक व्यक्ति मृत फेला

Next Post

भिलेज हाइल्याण्ड रिसोर्ट ‘दक्षिण एशिया ट्राभल अवार्ड्स 2026’ मा मनोनयन

Sambridinews

Sambridinews

Related Posts

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

by Sambridinews
आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

by Sambridinews
आइतवार, साउन ३१, २०८३
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
FEATURED

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

by Sambridinews
आइतवार, साउन ३१, २०८३
किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न
TOP STORIES

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Next Post
भिलेज हाइल्याण्ड रिसोर्ट ‘दक्षिण एशिया ट्राभल अवार्ड्स 2026’ मा मनोनयन

भिलेज हाइल्याण्ड रिसोर्ट 'दक्षिण एशिया ट्राभल अवार्ड्स 2026' मा मनोनयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’

फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर ‘फेक’

शनिबार, मंसिर १०, २०७९
नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

बिहिबार, मंसिर २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

आइतवार, साउन ३१, २०८३
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
FEATURED

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

आइतवार, साउन ३१, २०८३
किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न
TOP STORIES

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

आइतवार, साउन ३१, २०८३
आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी
TOP STORIES

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

आइतवार, साउन ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In