काठमाडौं, जेठ १, ओपो ले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’सार्वजनिक गरेको छ । आकर्षक
प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच् ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ
डिजाइनका साथ यो फोन नेपाली बजारमा सार्वजनिक भएको कम्पनीले जनाएको छ ।
उक्त ओपो ए ६ सी मोबाईल फोनको नेपाली बजारमा मूल्य रु.२०,९९९/–रहेको छ ।















