माघ १८, काठमाडौं । माघ १६ गतेदेखि कार्यालयम समय एकघण्टा बढेको छ । सरकारी नियम अनुसार कात्तिक १६ गते माघ १५ गतेसम्म कार्यालय समय दशबजेदेखि चारबजेसम्म हुने नियम रहेको छ ।
माघ १६ गते सहिद दिवस रहेका कारण सार्वजनिक बिदा र १७ गते शनिबार परेका कारण आज १८ गते आइतबारदेखि कात्तिक १५ गतेसम्म कार्यालय समय दशबजेदेखि पाँच बजेसम्म हुने गर्दछ ।
शुक्रबार भने दशबजेदेखि तीनबजेसम्म मात्र हुने गर्दछ ।














