काठमाडौं, पुस २२, वडा ५ की ममतासिंह राजवंशीले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा स्वर्ण जितेकी छन् ।
ललितपुर महानगरपालिकाको कनिबहालस्थित आयोजक वडा ६ को हातामा भइरहेको प्रतियोगिताको फाइनलमा ममताले वडा ११ की सरिला शाक्यलाई ४–११, ११–७, १२–१०, १०–१२ र ११–९ को सेटमा पराजित गरिन् ।
भेट्रान पुरुष टिममा वडा १६ ले वडा २० लाई ३–२ ले हराउदै पहिलो भयो । पाँच सिंगल्सको खेलमा वडा १६ ले ३ सिंगल्सको नतिजा आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गरेको हो । वडा १६ का राजु शाक्यले २ तथा राजेन्द्र श्रेष्ठले १ सिंगल्स जिते । वडा २० का राजिप महर्जन र सञ्जय शाक्यले समान १–१ सिंगल्समा जित हात पारे ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













