Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर ९, २०८२
in TOP STORIES, मल्टिमिडिया, समाचार
0
गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

पोखरा । नेपालको पर्यटन राजधानीका रुपमा चिनिने पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कास्कीसँगको सहकार्यमा तीनदिने प्रशिक्षण सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले क्यामेराको लेन्सबाट गण्डकीका गन्तव्यहरुको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उल्लेख गर्दै तालिम सहभागी पत्रकारालाई नेपालको पर्यटकीय राजधानी पोखरामा स्वागत गरेका छन् । उनले थपे,“एक उत्कृष्ट तस्बिरले हजार शब्द बयान गर्नसक्छ । पर्यटन प्रवर्द्धनमा तस्बिरको भूमिका अविश्वसनीय छ । हामीले अहिले पोखरा जति सुन्दर भनेर मानिसहरु घुम्न आइरहनुभएको छ, यहाँसम्म पर्यटक ल्याउन पत्रकार र पत्रकारहरुले खिचेका तस्बिरहरुको महत्वपूर्ण योगदान छ । त्यसैले क्यामेराको लेन्समार्फत यहाँको कथा संसारलाई सुनाउनु आजको आवश्यकता हो ।”
बोर्डको गण्डकी प्रदेश कार्यालय प्रमुख लामिछानले यूएनडीपीले विगतदेखि नै नेपालको दिगो पर्यटन विकासका लागि सहकार्य गरिरहेको समेत उल्लेख गरेका छन् । उनले पर्यटन बोर्डले पत्रकारको क्षमता अभिवृद्धि, मल्टिमिडिया प्रमोशन र गन्तव्य–केन्द्रित डिजिटल अभिलेखनलाई आगामी कार्यक्रमको प्राथमिकतामा राखेको समेत बताएका छन् ।
त्यसैगरी यूएनडीपी गण्डकी तथा लुम्बिनी प्रदेश कार्यालय प्रमुख सुदिप अर्यालले पर्यटनका सम्भावनाहरू पहाडदेखि हिमालसम्म फैलिएको भन्दै पत्रकारको भूमिका अझ निर्णायक बन्दै गएको बताए । उनले भने, “पर्यटनको अथाह सम्भावना उजागर गर्ने सबैभन्दा प्रभावकारी माध्यम मिडिया नै हो । क्यामेराको लेन्समा कैद गरिएका पर्यटन कथाहरु ग्लोकलदेखि ग्लोबल बजारसम्म पुर्‍याउने काम मिडियाले गर्दै आएको छ । तीनदिने यो तालिम पत्रकारका लागि अत्यन्तै फलदायी हुने हाम्रो विश्‍वास छ ।”
अर्यालले बोर्ड र यूएनडिपीको दिगो पर्यटन परियोजनाले पीपुल, प्लानेछ, पिस, पोरेसपेरिटी र पार्टनसिप मोडलमा समुदाय, प्रकृति र बजारलाई जोडेर दीगो पर्यटन विकासका गतिविधि अघि बढाइरहेको उल्लेख गरेका छन् । उनले थपे, “समाजमा पर्यटनसम्बन्धी सकारात्मक सन्देशलाई अझ मजबुत बनाउने जिम्मा आजका पत्रकारको कलम र क्यामेरामा छ ।”
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रूपमा व्याख्या गरेका छन् । उनले भने, “सिकाइ कहिल्यै अन्त्य हुँदैन । तपाईंले आज पोखरा, अन्नपूर्ण र गण्डकीका कथा जसरी क्यामेरामा उतार्नुहुन्छ, तीनै तस्बिरहरूले नेपाललाई विश्व पर्यटन मानचित्रमा अझ बलियो रुपमा पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्नेछ ।”
दीगो पर्यटन परियोजना प्रबन्धक धर्मराज दवाडीले यो प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेशका ओझेलमा पर्यटकीय गन्तव्य, भाषा, संस्कृती र प्रकृतीका कथालाई थप प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोगी हुने हामीले विश्वास लिएका छौं । उनले भने, “दीगो पर्यटन परियोजनाले कञ्‍चनजंघा, मनास्लु र अपि पदमार्गहरुको प्रबर्द्धनका लागि काम गरिरहेको छ । यस क्षेत्रका पर्यटकीय सम्भावना उजागर गर्न मिडियाको महत्वपूर्ण भूमिका हुने भएकोले पत्रकारहरुलाई पर्यटन र फोटो सम्बन्धी तालिम दिन लागिएको हो । यो तालिमले आगामी दिनमा पर्यटनसम्बन्धी समाचारहरुले प्राथमिकता पाउने हाम्रो विश्‍वास छ ।”
नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले बोर्डको उद्देश्य, पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र प्रभावकारिताबारे प्रशिक्षण दिएका हुन् । तालिमका क्रममा प्रशिक्षक वन्तले फोटो पत्रकारिताको इतिहास, फोटो खिच्दा आवश्यक प्राविधिक ज्ञान र सिपलगायतका विषयमा जानकारी गराएका छन् । त्यसैगरी अर्का प्रशिक्षक प्रकाशचन्द्र तिमिल्सेनाले फोटो फिचर कसरी तयार गर्ने, तस्बिर कथाको महत्वलगायतका विषयमा प्रशिक्षण दिएका हुन् ।
प्रशिक्षणका क्रममा दोस्रो दिन तस्बिर कथाको व्यवहारिक पक्षबारे ज्ञान दिनुका साथै फिल्ड भिजिट गराइने भएको छ । प्रशिक्षणमा गण्डकी प्रदेशका कास्की, बागलुङ, पर्वत, स्याङ्जा, गोरखा, तनहुँ, लमजुङलगायतका विभिन्न जिल्लाबाट आएका करीब ३० जना पत्रकार सहभागी छन् । यस प्रशिक्षणले गण्डकी प्रदेशका नयाँ गन्तव्यहरुको पर्यटन प्रवर्द्धन, दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटनमा टेवा पुग्‍ने विश्वास गरिएको छ ।

Related

Previous Post

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक : अध्यक्ष ढकाल

Next Post

इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक
FEATURED

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

by Sambridinews
शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

by Sambridinews
शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, अशोज २४, २०८३
Next Post
इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण

इनड्राइभद्वारा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सागर ग्रुपले आईटी एक्स्पो गर्ने 

सागर ग्रुपले आईटी एक्स्पो गर्ने 

मङ्लबार, माघ २२, २०८१
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

शुक्रबार, कार्तिक १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक
FEATURED

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक

आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In