काठमाडौ । अधिवत्ता बिष्णु गिरीले अहिले राजनीतिक दलका नेताहरुको अभिब्यत्तिले द्धन्द्ध बढाएको बताएका छन् । पछिल्लो समय नेकपा एमालेका नेताहरु नेपाली काँग्रेसका संस्थापन र इतर पक्षको नेताहरुको बिबाद लगायत राजनीतिक दलहरुको नेताहरु अभिब्यतिले द्धन्द बढाएको भन्दै राष्ट्रिय एकता आवश्यकता बढदै गएको बताएका छन् । अधिवत्ता गिरीले जेनजीले उठाएका मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव हुनुपर्नेमा जोड दिदै अन्यथा मुलुक फेरी द्धन्द्धमा जाने बताए । नेपालीहरुको महानपर्व बडा दशैं २०८२ अवसरमा सामाजिक सञ्जालको शुभकामना दिदै युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित भएर काम गर्नु पर्नेमा जोड दिए । अधिवत्ता गिरी बडा दसैं मिलन, मेलमिलाप र एकताको चाड पनि हो । ‘पुस्ता–पुस्ताबीच द्वन्द्व होइन, सहकार्य अहिलेको आवश्यकता रहेको गिरीको भनाई छ ।
जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुने अहिलेको शुसीला कार्की सरकारले काम गर्नु पर्ने बताउँदै कही सकारात्मक कामको शुरुवात भएको छ उनले भने । अधिवत्ता गिरीले राष्ट्रको संकट सबै नागरिकको सरोकारको र जिम्मेवारीको विषय भएको भन्दै आन्दोलनले स्थापित गरेका नारा र एजेन्डालाई सफल पार्न सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: