Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘हटलाइन सेवा’ लाई थप प्रभावकारी बनाउँदै ऊर्जा मन्त्रालय

Sambridinews by Sambridinews
शनिबार, माघ ६, २०८०
in FEATURED, TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
‘हटलाइन सेवा’ लाई थप प्रभावकारी बनाउँदै ऊर्जा मन्त्रालय
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सेवाका बारेमा तपाईसँग केही गुनासो छ ? तपाईको आफ्नो क्षेत्रमा बिना सूचना बिजुली काटियो वा पोलमा कुनै समस्या आयो रु प्राधिकरणका कर्मचारीले अनावश्यक दुस्ख दिए वा बिजुलीको मिटर लिन कुनै समस्या छ भने तपाईले पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर आफ्नो गुनासो टिपाउन सक्नुहुन्छ ।

सेवाग्राहीका यस्तै वा अन्य कुनै पनि प्रकारका समस्या, गुनासो भएमा सो हटलाइनमा फोन गरेर टिपाउन सक्नेछन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यसअघि नै स्थापित सो हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हटलाइन सेवामा संलग्न मन्त्रालय र प्राधिकरणका कर्मचारीसँग छलफल गरी सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

नागरिकले प्रत्यक्ष रुपमा गुनासो गर्न सक्ने सो सेवालाई प्रभावकारी बनाउन के कस्ता उपाय अवलम्बन गर्नुपर्छ त्यसका लागि मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने मन्त्री बस्नेतको भनाइ थियो । सरकारी निकायले सकेसम्म सेवाग्राहीको गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले गसमस्या आए गुनासो गर्ने निकायका रुपमा रहेको प्रणालीलाई झनै व्यवस्थि बनाउनुपर्ने बताए ।

नागरिकले प्रत्यक्ष भोगेका र अनुभव गरेका गुनासो सुन्ने मात्रै नभई त्यसको समाधानका लागि समेत हटलाइन सेवामा कार्यरत कर्मचारीले विशेष ध्यान दिनुपर्ने मन्त्री बस्नेतको भनाइ छ । “गुनासो आउने बित्तिकै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुस् । समस्या समाधानका लागि जनशक्ति परिचालनको प्रबन्ध गराउन पहल गर्नुस् । नागरिकले प्रत्यक्ष रुपमा सेवा सहज तवरले पाउनुपर्छ । कुनै पनि बाहाना गर्न पाइदैन र मिल्दैन” ऊर्जामन्त्री बस्नेतले भने ।

उनले गुनासो टिपाउनका लागि सहज रुपमा प्राधिकरणका सबै कार्यालय, वितरण केन्द्रमा सूचना पार्टी राख्न, यसअघि राखिएको भए त्यसलाई व्यवस्थित गर्न समेत निर्देशन दिए । “ कतिपयले त गुनासो गर्ने माध्यम थाहा नपाएर पनि बसेका हुन्छन्, त्यस्तालाई सहज तवरले गुनासो गर्ने वातावरण बनाउनुपर्छ” मन्त्री बस्नेतले भने । उनले जिल्लामा रहेका एफएम रेडियो वा अन्य सञ्चार माध्यमबाट पनि प्रचार प्रसार गरी सो सेवाका बारेमा जानकारी गराउन आवश्यक व्यवस्था मिलाइने बताए ।

सरकारले पैसा नलाग्ने नम्बर यसअघि नै सञ्चालनमा ल्याएको थियो । सो हटलाइनमा दैनिक औसतमा चार दर्जनको हाराहारीमका गुनासो आउने गरेको छ । गुनासो आउने बित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई फोन गरेर समस्या समाधानका लागि आग्रह गर्ने गरिएको हटलाइन सेवाका प्रमुख रामकृष्ण पौडेलले जानकारी दिए ।

समस्या समाधान भएको सम्बन्धित व्यक्तिलाई समेत फोन गरेर जानकारी दिने गरिएको उनले बताए । विशेष गरी लाइन काटिएको, भोल्टेज कम आएको जस्ता गुनासो बढी आउने गरेको उनको भनाइ छ । हटलाइन सेवा हाल तीन वटै सत्रमा सञ्चालनमा छ । त्यसलाई थप व्यवस्थित बनाउन मन्त्रालयकातर्फबाट प्राधिकरणलाई आवश्यक निर्देशन दिइने मन्त्री बस्नेतको भनाइ छ ।

हरेक जसो वितरण केन्द्रमा ठूला ठूला अक्षरमा ‘फ्लेक्स बोर्ड’ राखिने भएको छ । मन्त्रालय र प्राधिकरणसँग जोडिएका कुुनै पनि समस्या वा गुनासो सुन्ने र समाधानका लागि आवश्यक व्यवस्था मिलाइने मन्त्री बस्नेतको भनाई छ । हटलाइन सेवामा कार्यरत कर्मचारीले हरेक दिन आएको गुनासो लिपीबद्ध गरी मन्त्रालय र प्राधिकरणलाई समेत उपलब्ध गराउने गरेको छ ।

सेवालाई थप चुस्त दुरुस्त बनाउने अन्य उपाय के हुन सक्छ रु सामाजिक सञ्जाल वा अन्य माध्यममा समेत सहज रुपमा गुनासो राख्ने उपाय के हुन सक्छ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सञ्चालनमा रहेको हेलो सरकारसँग के कसरी मिलेर काम गर्न सकिन्छ भन्नेलगायतका विषयमा समेत मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भएको छ ।

मन्त्री बस्नेतले आएका गुनासोलाई आफ्नै समस्या सम्झेर समाधान गर्न, सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउनु समेत जरुरी रहेको बताए । तत्कालीन ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालमा सो सेवा प्रारम्भ गरिएको थियो ।

Related

Previous Post

लक्ष्मी सनराईज बैंकले संचालनमा ल्यायो ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा

Next Post

आज काठमाडाैंका यि स्थानका केही घण्टा विजुली अवरूद्ध हुने

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
नेपाल विद्युत प्राधिकरणमा ठुलो संख्यामा कर्मचारी माग ( सूचनासहित )

आज काठमाडाैंका यि स्थानका केही घण्टा विजुली अवरूद्ध हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माैसम आज वेलुकीपख खुलेपनि शनिबारसम्मै पानी पर्ने सम्भावना

मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

सोमवार, साउन २८, २०८१
उपत्यकामा मेलम्चीको पानी वितरण अनिश्चित

उपत्यकामा मेलम्चीको पानी वितरण अनिश्चित

बिहिबार, भदौ ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In