Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल ओलम्पिक कमिटीसँग आवद्ध खेल संघ र पदाधिकारीहरुले जिवन राम श्रेष्ठ लगायत अवैध कार्यसमितिलाई कारवाहीको माग गर्दै खेलकुद मन्त्रीलाई हस्ताक्षर सहित बुझाइयो ज्ञापन पत्र

Sambridinews by Sambridinews
बिहिबार, असार १२, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाल ओलम्पिक कमिटीसँग आवद्ध खेल संघ र पदाधिकारीहरुले जिवन राम श्रेष्ठ लगायत अवैध कार्यसमितिलाई कारवाहीको माग गर्दै खेलकुद मन्त्रीलाई हस्ताक्षर सहित बुझाइयो ज्ञापन पत्र
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

नेपाल ओलम्पिक कमिटीसँग आवद्ध खेल संघ र पदाधिकारीहरुले जिवन राम श्रेष्ठ लगायत अवैध कार्यसमितिलाई कारवाही गर्न आज सिंहदरबार स्थित मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रीलाई हस्ताक्षर सहित ज्ञापन पत्र बुझाइयो ।
नेपाल फेन्सिङ संघका अध्यक्ष, नेपाल ट्रायथलन संघका अध्यक्ष, नेपाल हक्की संघका अध्यक्ष अल नेपाल फुटबल संघका अध्यक्ष, नेपाल भलिबल संघका अध्यक्ष, नेपाल तेक्वान्दो संघका अध्यक्ष, नेपाल बक्सिङ संघका अध्यक्ष, नेपाल एथ्लेटिक्स संघका संयोजक, नेपाल जिम्नास्टिक संघका संयोजक,  नेपाल सुटिङ संघका अध्यक्ष,  नेपाल रेसलिङ संघका अध्यक्ष,  नेपाल कब्बडी संघका महासचिव,  नेपाल घोडचढी संघका अध्यक्ष,  नेपाल बास्केटबल संघका महासचिव,  नेपाल ह्याण्डबल संघका संयोजक,  नेपाल टेबल टेनिस संघका अध्यक्ष, नेपाल स्विमिङ संघका अध्यक्ष, नेपाल उसु संघका अध्यक्ष, नेपाल ब्याडमिनटन संघका संयोजक, नेपाल साईक्लिङ संघका संयोजक,  नेपाल भारतोलन संघका संयोजक, नेपाल टेनिस संघका संयोजक संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्रमा खेलकुदको विकास र विस्तार गर्न राष्ट्रिय खेलकुद ऐन २०७७ र राष्ट्रिय खेलकुद नियमावली २०७९ ले परिकल्पना गरे अनुसार राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटि र खेल संघहरुको भूमिका र जिम्मेवारी तोकेको छ, यी निकाय र संस्थाहरुले देशको कानून र अन्तर्राष्ट्रिय मुल्य मान्यताका आधारमा आ–आप्mनो कत्र्तव्य प्रति पूर्ण रुपमा उत्तरदायी र जवाफदेही भई खेलको विकास र खेलाडीहरुको खेल्न पाउने अधिकारलाई सुनिश्चित गर्नु  पर्दछ ।
यद्यपि, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम स्थापित ओलम्पिक कमिटिसंग आबद्ध हामी तपसिलमा उल्लेखित दुई तिहाई संघहरुको विमति र विरोधको बाबजुद विधानले गरेको व्यवस्था र राज्यको कानूनले तोके विपरित नेपाल ओलम्पिक कमिटिका वर्तमान कार्य समितिका अवैध अध्यक्ष जीवनराम श्रेष्ठले आफुखुशी मनपरि ढंगबाट कमिटिको विधान संशोधन गर्नुका साथै कुनै खेल संघ संग आबद्ध नभएका नाजायज व्यक्तिहरुलाई विभिन्न संघहरुको तर्फबाट किर्ते प्रतिनिधिको रुपमा गैर कानूनी सहभागिता गराई कथित निर्वाचन गरेकोले उक्त निर्वाचन तथा विधान संशोधन लगायतका कार्यहरु कानून सम्मत नभएकोले उक्त गैर कानूनी कार्य रोक्न भनि राज्यको नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद्बाट दिएको निर्देशनलाई समेत अटेर गरेकोले रा.खे.प.को कार्यकारी समितिकोे बैठकबाट जीवनराम श्रेष्ठको नेतृत्वमा गठित नेपाल ओलम्पिक कमिटिको अवैध कार्य समितिलाई अबैध घोषणा गरी राष्ट्रिय खेलकुद परिषद् समक्ष सिफारिस गरेकोमा परिषद्को ११९ औं बोर्ड बैठकले सोको अनुमोदन गरेको कुरा अवगत गराउन चाहन्छौ ।
परिषद्बाट अवैध भनि घोषणा गरिए तापनि उक्त कार्य समितिले आप्mनो गतिविधिहरुलाई यथावत रुपमा अघि बढाई रहेको कुरा निवेदन गर्दै नेपाल ओलम्पिक कमिटिको नाममा विदेश भ्रमण गरी नेपालको खेलकुदको आधिकारिक संस्थाको रुपमा आफुलाई प्रस्तुत गर्ने र अन्य मुलुक तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग गैर कानूनी सन्धी सम्झौता र सहमती गरेर अन्तर्राष्ट्रिय जगतमा मुलुकको प्रचलित ऐन कानूनको गलत व्याख्या गर्ने कार्य गरिरहेकोले यसबाट देशको खेलक्षेत्रमा अन्यौलपूर्ण स्थिति उत्पन्न गरिदिएको छ ।
नेपाल ओलम्पिक कमिटिको अबैध कार्यसमितिले देशको खेलको हितमा काम गर्नुपर्नेमा खेल संस्थाको स्वायत्तताको नाममा आफ्नो नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषद् र नेपाल सरकार विरुद्ध विभिन्न सञ्चार र सामाजिक सञ्जाल मार्फत अन्तर्राष्ट्रिय स्तरमा नै आरोप प्रत्यारोप लगाउने र हामी राज्यको कानूनको परिधिभित्र रहेका खेल संघहरुको विरुद्ध विभिन्न लान्छाना लगाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि र ओलम्पिक काउन्सिल अफ एशियामा कारवाहीका लागि परिपत्र गर्ने गरी आएकोले हामी खेल संघहरुलाई बदनाम गराउने र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडीहरुको सहभागितालाई नै बन्देज गराउने कार्य गरिरहेको कुरा माननीय मन्त्रीज्युमा निवेदन गर्दछौं ।
यसरी नै निजहरुले नेपाल ओलम्पिक कमिटिको पदाधिकारीको हैसियतले खेलकुद सम्बन्धी अन्तर्राष्ट्रिय बैठक, सभा समारोह र कार्यक्रममा नेपालको प्रतिनिधित्वको रुपमा विभिन्न सहमति र सम्झौता गरिरहेको र भविष्यमा निजहरुले गरेका कार्यको उत्तरदायित्व राज्यले लिनुपर्ने बाध्यताआई पर्न सक्ने कुरालाई मध्यनजर राखि परिषद्को सिफारिसमा जीवनराम श्रेष्ठ लगायत संलग्न पदाधिकारीहरुको वैदेशिक यात्रामा रोक लगाईएको छ, तथापि, निजहरु लुकिछिपि बैधानिक नाकालाई छलेर अन्यत्र बाटो हुँदै त्यस्ता अन्तर्राष्ट्रिय भेला, बैठक र कार्यक्रमहरुमा गैरकानूनी ढंगले नेपालको प्रतिनिधित्व गर्ने कार्यलाई निरन्तरता दिई रहेको कुराको जानकारी गराउँदछौ । नेपाल ओलम्पिक कमिटीको नाममा विभिन्न बैंकहरुमा विदेशी मुद्रा सहित खाता सञ्चालनमा रहेको र उक्त समितिको आर्थिक कारोबार पारदर्शी नभएको भन्ने बुझ्नमा आएकाले नेपाल ओलम्पिक कमिटिको नाममा रहेका बैंक खाताहरु रोक्का गर्ने सवालमा परिषद्बाट सम्बन्धित बैंकहरुमा परिपत्र गरेको तर, केही बैंकहरुबाट आर्थिक कारोबार यथावत सञ्चालन भईरहेको कुरा निवेदन गर्दछौं ।
राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न निकायहरुमा गरिएका परिपत्रको कार्यान्वयन प्रभावकारी नभएकोले उक्त अबैध समितिले निरन्तर रुपमा नेपाल ओलम्पिक कमिटिको नाममा आफ्नो गैर कानूनी क्रियाकलापहरुलाई यथावत अघि बढाई रहेकाले उक्त गैर कानूनी नेपाल ओलम्पिक कमिटिको अबैध क्रियाकलापले हामी राष्ट्रिय खेल संघहरुको हक अधिकार हनन् भएको कुरा निवेदन गर्दर्छौ ।
तसर्थ, राष्ट्रिय खेलकुद परिषद्ले गरेको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न, मुलूकको खेल क्षेत्रमा सुशासन कायम गरी कानूनी राज्यको स्थापना गर्न जीवन राम श्रेष्ठको अध्यक्षतामा गठित नेपाल ओलम्पिक अवैध कार्य समितिलाई खारेज गर्दै निजहरुले नेपाल ओलम्पिक कमिटिको नाममा गर्ने गरेका अबैध गतिविधि लगायत आर्थिक कारोबार माथिपूर्ण रुपमा रोक लगाउन र तपसिलका विषय नेपाल सरकार मन्त्रीपरिषद्बाट निर्णय गरी निजहरुलाई कानूनी कारवाही गरिपाउँ भनि माननीय मन्त्रीज्यू समक्ष यो निवेदन पेश गरेका छौं ।
नेपाल ओलम्पिक कमिटिको तथाकथित अबैध कार्य समितिलाई खारेज गरी यसले गर्ने सबै खाले गतिविधि तथा आर्थिक कारोबारमा पूर्ण प्रतिबन्द लगाईयोस ।
वत्र्तमान अबैधानिक कार्य समितिले ओलम्पिक कमिटिका नाममा रहेका बैंक खाताहरुबाट अबैध आर्थिक कारोबार गरिरहेको र नेपाल ओलम्पिक कमिटिको नाममा विदेशबाट प्राप्त हुने रकम संस्थाको नाममा जम्मा नभई अवैध अध्यक्ष जीवनराम श्रेष्ठ तथा पदाधिकारीहरुको व्यक्तिगत खातामा जम्मा गरिरहेकोले सो बारे सम्पत्ति शुद्धिकरण विभाग लगायत अन्य निकाय मार्फत छानबिन गरी कारवाही गरियोस ।
नेपाल ओलम्पिक कमिटिको तथाकथित कार्य समितिको आर्थिक कारोबार, रा.खे.प.ले दिएका निर्देशनको पालना लगायत उक्त अबैध कार्य समिति संग संलग्न राष्ट्रिय खेल संघ तथा पदाधिकारिहरुको मान्यता, आधिकारिकता, संलग्नता र व्यवस्थापन सम्बन्धी छानबिन गरी कानूनी कारवाहीका लागि नेपाल सरकार मन्त्रीपरिषद्बाट एक उच्च स्तरीय छानबिन समिति गठन गरियोस ।

Related

Previous Post

बागमती प्रदेशको बजेट कुन जिल्लामा कति 

Next Post

SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै

SEE नतिजा २०८० २०८१ SMS मार्फत सहज बनाउन Sparrow SMS ले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चन्द्रागिरि नगरपालिकामा पहिरोमा परेर तीन जनाको मृत्यु

रामेछापमा पहिरोमा परी तीन जनाको मृत्यु

शुक्रबार, साउन ११, २०८१
झण्डै २० अर्ब तिरेपछि एनटीसीले पाउने भयो पुनः नयाँ लाइसेन्स

नेपाल टेलिकमको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,नाफामा गिरावट

आइतवार, भदौ १, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In