Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

Sambridinews by Sambridinews
बिहिबार, असार ५, २०८२
in राजनीति, विचार
0
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

उबेलाको माओवादी, अहिलेको माओवादी केन्द्रले सत्ताबाटै क्रान्तिकारी हस्तक्षेप बढाउने भन्दै र विशिष्ट परिस्थितिका नाममा पुर्वनिर्णय उल्टाउँदै पुष्पकमल प्रधानमन्त्री हुन पुगे । संसदबाट उँधमुन्टिंदै अहिले नामको माके मात्र हुनपुगेको सर्वविधितै छ । भिजिट भिसाको कान्डसम्म आईपुग्दा माकेको दयालाग्दो अवस्था देखिएको छ ।

धोविघाटको वाहानामा पुष्पकमलले बाबुराममार्फत जनसेनालाई निशस्त्रिकरण, संविधानसभा विघटन र क्रान्तिकारि शक्तिलाई पन्छाएर गैरराजनीतिक सरकार गठनदेखि संविधानसभा पुनर्गठन गर्न सहमतिसँगै संसदीय राजनीतिमा गिर्दै गएको माके गएको चुनावको सम्पत्ति छानविन गर्ने शक्तिशाली आयोग बनाउने विषय समेतबाट पछि हट्दै सेटिङमा दैनिक ५० लाखसम्म असुल्ने कुरा बाहिर आउँदा पनि प्रतिपक्षि भएर पनि बर्खास्तीको आवाज उठाउन नसक्ने अवस्थामा पुग्यो । यो भन्दा दयालाग्दो अवस्था अरू के होला ?

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

यो सबै किन भैराखेको छ ? प्रतिक्रियावादी सत्ताकै लागि हैन र ? सत्ता लिप्साको नाङ्गो उदाहरण अरू के हुनसक्छ ? फाईल खोल्छु , कुनै पनि भ्रष्ट अपराधिलाई छोडिने छैन भन्ने बाहेक राजनीतिक मुद्दा के बाँकि केही रह्यो र अब ?

सरकारकै विशेष निकायले सेटिङ मिलाएर भिजिट भिसामा मानिसलाई विदेश जान वाध्यता खडा गरेर लुटपाट गर्नेलाई छानविन गर्न दिने र पुरानै वेलादेखिको अध्ययन गर्न छानविन समिति बनाउने कुराले त पुरै तीन दलको मिलिभगत जस्तो लाग्दैन र ? बरू तीन दलकै छानविनका लागि आन्दोलनको खाँचो पो देखियो त !

यसरी लचक भएकामा अनेक अडकलबाजी नभएका हैनन् । यसलाई गृहमन्त्रि हटाउने नयाँ तरिकाको अर्थमा पनि लिईएको छ । पदमै रहेकालाई अख्तियारले छानविन गर्ने हैसियत नराख्ने अवस्थालाई मन्त्रिमण्डल पुनर्गठन र अझ सरकार नै नयाँ सन्तुलनमा अर्कै बन्ने स्थितिसँग पनि जोडेर तर्कबितर्क भैराखेका छन् । अस्थिर राजनीतिक स्थितिले जे पनि हुनसक्छ त भनिएला तर माकेको भूमिकाबाट माखो पनि नमर्ने प्रष्ट छ ।

हुन त संसदीय राजनीतिमा कसले कसलाई फसाउने, झुक्याउने, लडाउने र सिध्याउने विवेकहीन खेल हो । यसमा अरूले आफूलाई प्रयोग गरेर फाईदा लुट्दै त छैन भन्ने पाटोबाट पनि सोच्नुपर्ने हुन्छ । संसदीय व्यवस्थामा जनताका मुद्दाहरू भन्ने कुरा फगत झुठ हुन्छ, कोही जनताप्रति सम्वेदनशील हुँदैनन् । यो पाटोबाट सोचेर माके नेतृत्त्वले आफ्नो अवस्थालाई ध्यानमा राखी संसद बन्धक बनाएको अपजस नलिन खोजेको हुनसक्छ । रास्वपाले जस्तो प्रतिशोधका साथ उत्रिनु उचित ठानेन वा रास्वपाको हतियार नहुन खोजेको पनि हुनसक्छ, दुई बुँदेबाट पछि हट्यो ।

हुन पनि जनताका मुद्दाहरू थाँति राखेर सत्ता केन्द्रित राजनीति गर्दा अनेकन विषयहरू हुन्छन् । गृहमन्त्रिको राजिनामा माकेका लागि मुख्य विषय हुनसक्दैन । कांग्रेसको आन्तरिक समस्याका रुपमा केही मन्त्रिहरूको फेरबदल अनिवार्य नै भैसकेको अवस्था छ र फेरिंदैछन् ।

राजिनामापछि अनुसन्धान के हुनेछ भन्ने कुरा हेर्दा विषय कमजोर हुन्छ । छानविन प्रक्रियालाई प्रभावकारि बनाउन र फराकिलो ढङ्गले सोच्नुपर्ने माके नेतृत्वको तर्कमा पनि केही दम चाहिँ छ । भिजिट भिसामा विवेकहीन ढङ्गले ठगिएको रकम अरबौ छ र लाखौं श्रमजिवी जनता यसका पिडित भएका छन् । यो समाधानको जिम्मेवारी आफ्नो भएको माकेले ठानेको हुनसक्छ ।

हुन चाहिँ के पथ्र्यो भने सत्ता बाहिरका क्रान्तिकारि शक्तिले यसमा हस्तक्षेपकारि भूमिका खेल्नुपर्नेथ्यो । पुष्पकमल आफ्नो पाटोमा सोचेर कदम चालिरहेका छन् । सत्ताबाट हस्तक्षेप बढाउने उनको योजना बन्छ । क्रान्तिकारिले पनि त्यही अपेक्षा गर्न मिल्छ र ? यही मुद्दामार्फत राजनीतिक भण्डाफोर र सत्तामाथि हस्तक्षेप बढाउन पुगेको छैन भनेर किन नसोच्ने ?

Related

Previous Post

सुनकोशी तटीय क्षेत्रमा सतर्क अपनाउन सिन्धुली प्रशासनको आग्रह

Next Post

स्थगित एमसिसि परियाेजना चल्ने संकते

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
Next Post
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार

स्थगित एमसिसि परियाेजना चल्ने संकते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घाेटाला भएकाे भन्दै अख्तियारद्वारा मुद्दा दायर

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घाेटाला भएकाे भन्दै अख्तियारद्वारा मुद्दा दायर

आइतवार, बैशाख ३, २०८०
टेलिकमको रुकुम पूर्वमा समेत एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध

टेलिकमको रुकुम पूर्वमा समेत एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध

मङ्लबार, पुस १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In