Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इतिहासमा मजदुर आन्दोलन

Sambridinews by Sambridinews
बुधबार, बैशाख १९, २०८१
in FEATURED, विचार
0
इतिहासमा मजदुर आन्दोलन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे


बेलायतमा भएको औद्योगिक क्रान्ति र पुँजीवादी क्रान्तिले मान्छेको जीवन धेरै ठुलो परिवर्तन ल्यायो । देशको धेरैजसो सम्पत्ति कारखानाका मालिक र पुँजीपति वर्गको कब्जामा जम्मा हुदै गयो ।

सोझा मजदुरहरुलाई मेसिनको पार्टपुर्जालाई जस्तै ब्यवहार गरेर १८ देखि २० घण्टा काममा लगाउन थाले । बेलायतको सरकारले कृषिमा आधुनिकीकरण गर्न चक्लाबन्धी प्रणाली लागू गरेपछि हजारौं संख्यामा ग्रामीण कृषक मजदुरहरु आफ्नो जग्गा जमिन बिक्री गरी सहरका कल कारखानाहरुमा काम गर्न थालेका थिए ।
कारखानाका मालिकले मजदुर बस्ने घरमा स्वच्छ हावापानी, खाना लगायतको राम्रो व्यवस्था गरेका थिएनन् । महिला तथा बालबालिकाहरुलाई थोरै ज्यालामा १३ देखि १४ घण्टा काम गर्न लगाइन्थ्यो ।

You might also like

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

पुँजीपतिहरुलाई कारखानाबाट केवल नाफा कमाउनु बाहेक मजदुरको दयनीय अवस्थाप्रति कुनै चासो थिएन । नयाँ मेसिनको आविष्कार हुदैजाँदा सयजना मजदुरले गर्ने काम एउटै मेसिनले गर्न थालेपछि मजदुर वर्गमा व्यापक बेरोजगारी समस्या देखिन थाल्यो ।
बेरोजगार मजदुरहरुको संख्या दिनानुदिन बढ्दै गयो । एउटा सानो काम खुल्यो भने हजारौं मजदुरहरु कामका लागि झुम्मिन थाले । यो देखेर पुँजीपतिहरुले ज्याला घटाएर काममा लगाउन थाले । औद्योगिक क्रान्ति र पुँजीवादी क्रान्तिले मान्छेको जीवन धेरै ठुलो परिवर्तन ल्यायो । देशमा भएको क्रान्तिको परिणामस्वरुप मध्यकालीन व्यापारी वर्ग पुँजीपति बने र कालीगढ एवं किसानहरु मजदुर बन्दै गए ।

मुक्त व्यापारको सिद्धान्त अनुरुप सरकारको काम केवल देशमा शान्ति कायम गर्नु र व्याक्तिगत सम्पत्तिको रक्षा गर्नुमा सीमित रहयो । कारखानाका मालिकहरुको शोषणलाई नियन्त्रण गर्ने कुनै निकाय थिएन । मजदुरहरुमा आफ्नो हक अधिकारका लागि एकताबद्ध भएर सङघर्ष गर्ने चेतना पनि थिएन । त्यसकारण मजदुरहरुले आफ्नो दयनीय अवस्थाको कारक यही मेसिन ठानी मेसिन तोड्फोडमा उत्रिए ।

कारखानाको मेसिन फोर्ने अभियोग लागेका १४ जना मजदुरलाई अमेरिकी अदालतले फाँसीको सजाय दियो । बाँकी १७ जनालाई आजिवन कारावासको सजाय सुनाएको थियो ।
मध्ययुगीन तीन वर्गमा विभाजित सामन्त, पादरी र सर्वसाधारण समाज (ब्यापारी, कालीगढ र किसान) औद्योगिक क्रान्ति पश्चात् नयाँ वर्गहरु पुँजीपति र मजदुर वर्गका रुपमा देखा परे ।
त्यसैबेला नयाँ मध्य वर्गको उदय भएको थियोे । पुँजीपति वर्ग प्रभावशाली थियोे तर शिक्षित मध्य वर्गलाई सरकारको समर्थन प्राप्त नभएकोले उनीहरू प्रभावहीन भएका थिए । कारखानाका मालिक र मजदुरहरुका बीचमा पारस्परिक विरोधको जन्म औद्योगिक क्रान्तिको परिणाम थियोे । समाजमा पुँजीपति र सर्वहारा वर्गमा विभाजित शोषक र शोषित वर्गको सङघर्ष यही क्रान्तिको देन हो ।
मेसिन र कारखानाको कारण दुबै वर्गको बीचमा अन्तर बढ्दै गयो । फलस्वरूप दुबै वर्गले अलग अलग आदर्श र कार्यक्रमहरु अपनाउन पुगे । मजदुर संगठनलाई सफल कार्यदिशातर्फ लैजान मध्यमवर्ग र उदारवादी पुँजीपतिहरुले सहयोग प्रदान गरे ।

स्कटल्याण्डका एकजना कारखानाका मालिक रोवर्ट ओवेनले पहिलोपटक काल्पनिक समाजवाद शब्दको प्रयोग गरे । यिनै व्यक्तिको प्रोस्तावबाट नयाँ विचारधाराको जन्म हुन गयो । सन् १८४८ मा बेलायतमा आन्दोलन चलिरहेको समयमा कार्ल माक्र्स र फेडरिक एङगेल्सले कम्युनिस्ट मेनिफेस्टो प्रकाशि गरेर पहिलोपटक विश्वका मजदुर एक हौ भन्ने नारा लगाएका थिए । यही नारामार्फत विश्वका मजदुरहरुलाई संगठित हुन पनि आव्हान गरे ।

बेलायतको लाइब्रेरीमा २० वर्ष गहिरो अध्ययन गरेका कार्ल माक्र्सले आदिम साम्यवाद, दास प्रथा, सामन्ती समाज र पुँजीवादी समाज गरि ४ युगमा विभाजित इतिहासको भौतिक व्याख्या विश्लेषण गरेका छन । कार्ल माक्र्सको भनाइ अनुसार जबसम्म पुँजीवादको अन्त्य र सर्वहारावर्गको प्रभुत्व कायम हुदैन तबसम्म वर्गसङघर्ष भइरहन्छ । पाँचसय वर्ष पुरानो पुँजीवादमा मानव जीवन झन झन कष्टकर बन्दै छ ।
सन् १८३१ मा फ्रान्सको लियोन सहरका मजदुरहरुले काम गरेर जिऔं वा लड्दा लड्दै मरौं लेखिएको झण्डा बोकी सहर कब्जा गरे । सन् १८४८ मा बेलायतमा ५० लाख मजदुरहरुले हस्ताक्षरसहितको मागपत्र संसदमा पेश गरे । संसदले मागपत्र स्वीकार गर्ने हो या राज्यशक्तिको कब्जा गर्ने कामदारवर्गलाई विद्रोह गराउने भन्ने प्रश्न त्यसमा उल्लेख थियोे ।

विश्वमा अशान्ति र युद्धको कारक पुँजीवाद एवम् साम्राज्यवाद हो । कार्ल माक्र्स र फेडरिक एङगेल्सले सर्वहाराबर्ग र मजदुरवर्ग हार्नका लागि बाँधिएको सिक्रीबाहेक केही नभएको तर जित्नको लागि सारा संसार भएको स्पस्ट पारेका थिए ।
पुँजीवादको उत्थान बिकास र पतनको नियम माक्र्सले प्रतिपादन गरेका हुन । सन् १८७१ मा मजदुरवर्गको पहिलो राज्य पेरिस कम्युन स्थापना भयो । तर ७२ दिनमै विघट्न भएपछि १९१७ को अक्टोबरमा रुसी समाजवादी क्रान्तिले सोभियत सङ्घको स्थापना गरेको थियो । मजदुरहरुले आफ्नो हक अधिकारका लागि अमेरिकामा आन्दोलन सुरु गरे। मे १ सन् १८८६ का दिन देशव्यापी हडतालको आव्हान भयो ।

अमेरिकाको सिकागो सहरमा मजदुरहरुको सङघर्षको केन्द थियोे । मे १ र २ को हडताल शान्तिपूर्ण थियोे । तर मे ३ को दिन सरकारले हडतालमा सहभागी निशस्त्र मजदुरहरुमाथि गोली चलायो । सरकारको गोलीबाट ५ जना मजदुर नेताहरू मारिए र ५० जना गम्भीर घाइते भए । त्यसैगरी मे ४ को गोलीकाण्डको विरोधमा मजदुरहरुले बिशाल प्रदर्शन र सभा आयोजना गरे । सरकारकै गुप्तचर प्रहरीले मजदुरहरुलाई उत्तेजित पार्न प्रहरीमाथि नै ढुङ्गा मुढा र बम हान्यो ।

यसरी सरकारले मजदुर आन्दोलन दबाउने जालसाजी रच्ने र मजदुर सभामाथि गोली चलाउने काम गर्याे । यसबाट पनि धेरै मजदुर मारिए र अनगिन्ती घाइते भए । न्यायलयले बम काण्डको झुटो आरोपमा मजदुर नेताहरूलाई फाँसी दिएको थियोे । फाँसी दिएको समाचारसँगै अमेरिकाका सारा मजदुरहरु सरकारको विरुद्धमा झन उग्र भएर अगाडि बढे ।
मजदुरहरुको रगत पसिनाबाट मोटाएका पुँजीपतिवर्ग मजदुर आन्दोलनको अगाडि घुँडा टेक्न बाध्य भयो । मजदुरहरुले उठाएको माग ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन र ज्याला बढाउने माग पुरा भयो । सन् १८८९ मे १ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका मजदुरहरुले अन्तर्राष्ट्रिय भेला भयो । उक्त भेलाले मजदुरहरूको विजय भएको दिन मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निधो गरेको थियो । सन् १८९० देखि मे १ लाई श्रमिक दिवसका रुपमा मनाउन थालिएको हो ।

मजदुर दिवसका अवसरमा मे १ का दिन विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । तर, आधुनिक युगमा मजदुरमाथि हुने शोषणका घटना अन्त्य भएको छैन । सभा तथा गोष्ठिहरुमा समान श्रमको समाना पारिश्रमिका लागि ठुला ठुला वहस हुन्छन् कार्यान्वयनको पाटो कमजोर छ । वैदेशिक रोजगारीमा रहेका श्रमीकको स्वास्थ्य तथा मानवअधिकारका विषय अझ पेचिलो बन्दैगएको छ ।

Related

Previous Post

भारतको चर्चित फर्च्यून होटेल्स् अब भक्तपुरको साँगामा

Next Post

श्रमिकका अधिकार सुनिश्चित गर

Sambridinews

Sambridinews

Related Posts

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर
FEATURED

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन-चालकहरूलाई सुनौलो अवसर

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
FEATURED

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
काठमाडौँ महानगर प्रहरीबाट व्यवसायीमाथि भएको भनिएको कुटपीटको अनुगमन

श्रमिकका अधिकार सुनिश्चित गर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त

राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त

मङ्लबार, असार ३१, २०८२
सिन्धुलीमा भएको कार दुर्घटनामा २ जनाको मृत्यु

सिन्धुलीमा भएको कार दुर्घटनामा २ जनाको मृत्यु

आइतवार, बैशाख १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In