Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, June 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, वैशाख १७ ,पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीवार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल चार्टर्डएकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको दुईदिने सम्मेलन बुधबार सुरु भएको थियो ।आइक्यानले लेखा व्यवसाय क्षेत्रका महत्वपूर्ण विषयवस्तु तथा आर्थिक एवं अन्य समसामयिक विषयमाछलफल गरी नीतिनिर्माण प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले बर्सेनि यस्तो सम्मेलन आयोजना गर्दैआएको छ ।
यसपालिको सम्मेलनको थिम Strengthening Trust and Economic Governance: Catalyzing Nepal’s Economic Transformation  थियो । सम्मेलनमा यही थिममा केन्द्रित ६ वटा प्राविधिक सत्रहरूसञ्चालन गरिएको थियो ।
सम्मेलन उद्घाटन सत्रमा महालेखापरीक्षक माननीय तोयम राय प्रमुख अतिथि हुनुहुन्थ्यो । राष्ट्रियसहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्मा, एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफनेपालका अध्यक्ष सिए अनुप नेपाल तथा नेपाल अडिटर्स एसोसिएसनका अध्यक्ष आरए बद्रीप्रसाद भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय महालेखापरीक्षक रायले जोखिममा आधारितलेखापरीक्षणको महत्वमाथि प्रकाश पार्दै निजी क्षेत्रको पारदर्शिता र सुशासन सुदृढ गर्न लेखापरीक्षणकोभूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लेखा व्यवसायीहरूले रणनीतिक सल्लाहकार
तथा जोखिम व्यवस्थापकको रूपमा भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । वर्तमानडिजिटल अर्थतन्त्र र दिगोपनको युगमा तथ्यांकमा आधारित निर्णय प्रणालीलाई सुदृढ बनाउनुपर्नेआवश्यकता औंल्याउँदै यहाँले सम्मेलनमा युवा लेखा व्यवसायीको सक्रिय सहभागिता देखेर खुसी व्यक्त
गर्नुभयो । नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा महत्वपूर्ण सुझाव दिनसम्मेलनले योगदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सम्मेलनअन्तर्गत पहिलो प्राविधिक सत्र  Current Economic Outlook and Potential Current Paradigm Shift शीर्षकमा सञ्चालन गरिएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगरले संयोजन गर्नुभएको उक्त सत्रमा डा प्रकाशकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सत्रका प्यानेलिस्ट पूर्व अर्थमन्त्रीहरू रामेश्वर खनाल, सुरेन्द्र पाण्डे, डा. प्रकाशचन्द्र लोहनी र शंकरप्रसाद कोइरालाले नेपालको वर्तमान आर्थिक अवस्था, पूँजीगत खर्च व्यवस्थापन, नीतिगत सुधार, बजेट प्रणालीको प्रभावकारिता तथा करको दायरा विस्तार लगायतका विषयहरूमा आ–आफ्ना धारणा संक्षिप्त रूपमा प्रस्तुत गर्नुभएको थियो ।
दोस्रो प्राविधिक सत्र Strengthening Institutional Trust for Sustainable Economic Transformation  शीर्षकमा सञ्चालन गरिएको थियो । उक्त सत्रको संयोजन आइक्यानका निवर्तमान अध्यक्ष सिए प्रबिनकुमार झाले गर्नुभएको थियो । सत्रका वक्ताहरू सुशील ज्ञवाली, सिए महाप्रसाद अधिकारी, प्राडा फत्तबहादुर केसी तथा सिए मनोजकुमार ज्ञवालीले संस्थागत विश्वास अभिवृद्धिका लागि विद्यमान नीतिहरूको प्रभावकारी कार्यान्वयन, सरकारी सेवामा पारदर्शिता अभिवृद्धिका लागि डिजिटाइजेसन, सार्वजनिक विश्वास सुदृढ गर्न स्वेच्छिक प्रकटीकरणको महत्व, बलियो राजनीतिक प्रतिबद्धता तथा बैंकिङ संस्थाहरूको सबलीकरणमा नेतृत्वदायी भूमिकाको आवश्यकताका विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।
तेस्रो प्राविधिक सत्रको शीर्षकFrom Innovation to Impact: Digital Pathways to Economic Transformation थियो । यो सत्रको छलफल नेपालमा आर्थिक रूपान्तरणमा डिजिटल नवप्रवर्तनको भूमिकामाथि केन्द्रित थियो । सिए हरिकुमार सिलवालको संयोजनमा सम्पन्न उक्त सत्रमा सिए बिनय
खड्काले डिजिटल कर प्रणाली, फिनटेक इकोसिस्टम तथा लेखा र लेखापरीक्षण क्षेत्रमा कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्यानेलिस्टहरू गौरवराज पाण्डे, बिभूषण बिष्ट र मुन्नी राजभण्डारीले डिजिटलाइजेसनको विस्तार, मागमा आधारित डिजिटल समाधानको विकास, डिजिटल भुक्तानी प्रणालीको सुदृढीकरण तथा नियामकीय संरचनाको सबलीकरणमार्फत नवप्रवर्तनलाई प्रभावकारी आर्थिक परिणाममा रूपान्तरण गर्नुपर्ने आवश्यकतामा
जोड दिनुभएको थियो ।
सम्मेलनको पहिलो दिनका सम्पूर्ण प्राविधिक सत्रहरूमा आर्थिक नीति, सुशासन, संस्थागत विश्वास तथा डिजिटल रूपान्तरणसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा गहन छलफल भएको थियो । दोस्रो दिन विभिन्न समसामयिक विषयहरूमा केन्द्रित प्राविधिक सत्रहरू सम्पन्न भए । नेपालको आर्थिक, प्राविधिक तथा व्यावसायिक क्षेत्रसँग सम्बन्धित विज्ञ तथा पेसागत व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको सम्मेलनका सत्रहरू अर्थतन्त्रको रुपान्तरण, संस्थागत विश्वास अभिवृद्धि, डिजिटल नवप्रवर्तन, ESG  अभ्यास तथा व्यावसायिक अभ्यास विकासलगायतका महत्वपूर्ण विषयहरूमा केन्द्रित थिए ।
दोस्रोदिनकासत्रहरूमाFrom Innovation to Impact : Digital Pathways to Economic Transformation, ESG in Nepal: Risks, Readiness, and the Role of Professionals, Professional Practice Development Issues and Way Forward / Nepal as a Global Accounting Outsourcing Hubशीर्षकमा गहन छलफल भयो ।

ती सत्रहरूमा डिजिटल प्रविधिको प्रयोगबाट आर्थिक रूपान्तरणको सम्भावना, ESG  अभ्यासहरूको कार्यान्वयनमा देखिएका चुनौती र अवसरहरू, लेखा व्यवसायको संरचनागत विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि तथा नेपाललाई विश्वव्यापी लेखा आउटसोर्सिङ केन्द्रको रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार र दक्ष जनशक्ति विकासका विषयमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएका थिए ।
सम्मेलनका वक्ता तथा सहभागीहरूले नीति कार्यान्वयनको प्रभावकारिता, पारदर्शिता अभिवृद्धि, प्रविधिमैत्री वातावरण निर्माण तथा व्यावसायिक क्षमता विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न सकिनेमा जोड दिएका थिए । यो सम्मेलनले लेखा व्यवसायीहरूबीच ज्ञान आदानप्रदान, नीति संवाद तथा पेशागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।
सम्मेलनमा चार्टर्ड एकाउन्टेन्ट्स, लेखा व्यवसायीहरू, नीति निर्माताहरू, नियामक निकायका प्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्मेलनको प्रत्यक्ष प्रसारण संस्थाको आधिकारिक फेसबुक तथा युट्युब पेजमार्फत गरिएको थियो ।
सम्मेलनमा नाडाका पूर्वअध्यक्ष तथा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद ढकालको विशेष प्रेरणादायी सत्र पनि राखिएको थियो ।
सम्मेलनको समापन सत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको थियो । सोही सत्रमा आइक्यानका कार्यकारी निर्देशक सिए बिमल डंगोलले समापन मन्तव्य राख्नुभएको थियो ।

You might also like

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

Related

Previous Post

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

Next Post

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

Sambridinews

Sambridinews

Related Posts

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

by Sambridinews
शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
Next Post
सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

सरकारले आजपनि जाेखिमपुर्ण सुकुम्वासी बस्ती हटाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ति पुष्पलाल, यी ओली प्रचण्ड

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
रवि लामिछानेले लिए अग्रता

पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइदै

आइतवार, कार्तिक ४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आइतवार, जेष्ठ ३१, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

बिहिबार, जेष्ठ २८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In