Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

 चैत्र १६ देखि पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा : प्रवेश निःशुल्क

Sambridinews by Sambridinews
बिहिबार, चैत्र ८, २०८०
in TOP VIDEOS, मनोरञ्जन, समाचार
0
 चैत्र १६ देखि पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा : प्रवेश निःशुल्क
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ ।

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहेका छन् । त्यस्तै अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

तीन दिने चलचित्र महोत्सवमा फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास पनि राखिएको छ । चलचित्र विकास बोर्डमा मार्च ३० अर्थात् चैत्र १७ गते सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिनेछिन् भने मार्च ३१ मा भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास दिने भएका छन् ।

महोत्सवको आयोजक रहेको नेपाल संस्कृति तथा चलचित्र केन्द्रले महोत्सवको तालिकासमेत सार्वजनिक गरेको छ । महोत्सवमा नेपाली चलचित्र चिसो मान्छे, महापुरुष, छक्का पञ्जा ४ लगायत अन्य विभिन्न विधाका चलचित्रहरुका साथै विदेशी ३ दर्जनजति चलचित्रहरु समावेश भएका छन् । कुनै पनि चलचित्रहरु हेर्न पैसा नलाग्ने र कार्यक्रममा प्रवेश निःशुल्क रहेको जनाइएको छ । अन्य चलचित्र महोत्सवले प्रवेश शुल्क लिने गरेको तर यो महोत्सवमा कसैलाई पनि प्रवेश र चलचित्र हेर्न कुनै पैसा नलाग्ने भएको कारण सर्वसाधारण, विद्यार्थी, चलचित्रकर्मी लगायत सबैलाई समान रुपमा समेट्न सकिने आयोजक टीमले बताएको छ ।

मानव अधिकार, सामाजिक न्याय र दिगो विकासका विषयलाई केन्द्रमा राखेर चलचित्र महोत्सवको आयोजना गर्न लागिएको नेपाल संस्कृति तथा चलचित्र केन्द्र (एनसीएफसी) ले जनाएको छ । चलचित्र महोत्सवको अन्तीम दिन सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत समेत गरिनेछ ।

यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट वातावरणीय चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको महोत्सव निर्देशक सन्तोष सुवेदी बताउँछन् । नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ । अझ महोत्सवको पछिल्लो संस्करणमा अन्य विधाहरु पनि थप्दै जाने सुवेदी बताउँछन् । चलचित्र महोत्सव गर्नु आफैमा पनि च्यालेन्जीङ कार्य हो र यसमा सरकारी तथा सम्बन्धित निकायहरु आफै अग्रसर भएर कार्य गर्नुपर्नेमा मौन बस्नु र सहयोग नगर्नु दुःखद कुरा भएको उनको भनाई छ । मुटुको शल्यक्रिया भएको केहि महिनापछि पनि सक्रिय भएर महोत्सवको आयोजना गरेर देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउन पाउँदा आफैलाई गौरव लाग्ने गरेको सुवेदीले बताए । उनले तीनदिने चलचित्र महोत्सवमा चलचित्रकर्मी, कलाकार, रंगकर्मी, विद्यार्थी, पत्रकार, राजनितिज्ञ लगायत सबैलाई उपस्थित हुनको लागि अनुरोधसमेत गरेका छन् ।

Related

Previous Post

निःशुल्क शिक्षाको प्रबन्ध र निजी विद्यालयमा शुल्क निर्धारण गर्न सर्कुलर

Next Post

गृहमन्त्रीको निर्देशनमा ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
गृहमन्त्रीको निर्देशनमा ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

गृहमन्त्रीको निर्देशनमा ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इभिको अन्तर्राष्ट्रिय प्रर्दशनी भदौ १५ देखि १७ सम्म भृकुटीमण्डपमा हुँदै

इभिको अन्तर्राष्ट्रिय प्रर्दशनी भदौ १५ देखि १७ सम्म भृकुटीमण्डपमा हुँदै

बुधबार, साउन २४, २०८०
सागर ग्रुपले गर्यो ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक

सागर ग्रुपले गर्यो ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक

बुधबार, माघ २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In