Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निजी क्षेत्रलाई सरकारले धरपकड गर्ने र निरुत्साहित बनाउनु हुँदैन: अध्यक्ष ढकाल

Sambridinews by Sambridinews
शनिबार, फाल्गुन २६, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
निजी क्षेत्रलाई सरकारले धरपकड गर्ने र निरुत्साहित बनाउनु हुँदैन: अध्यक्ष ढकाल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा विहीबार अध्यक्ष ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउदै साना शहर र गाउसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुर्नकर्जा सुविधा विस्तार गर्नुपर्ने बताए ।

You might also like

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

‘सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन’, उनले भने,‘त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ ।’

उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुन समक्ष आग्रह गरे । ढकालले अर्थमन्त्रीलाई कोभिड समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भैसकेको उदाहरण दिदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए ।

अध्यक्ष ढकालले मन्त्री पुनलाइ निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने बताए । ‘निजी क्षेत्र भन्नाले ठूलो उद्योगदेखि गाउँको किराना पसलसम्म हो’ अध्यक्ष ढकालले भने,‘सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनु हुँदैन र निजी क्षेत्रको मनोबल बढाउनुपर्छ ।’

यसैगरि राजश्व कम उठिरहेको समयमा धरपकड गरि राजस्व उठाउने गरिएको बारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । चार बर्ष अगाडि राजश्वले टुंग्याएको बिषयलाई महालेखा परिक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि अध्यक्ष ढकालले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने जानकारी दिए । ‘सरकारले खर्च नगरि विश्वास बढने यस्ता बिषयमा कन्जुस्याइ गर्नु हुँदैन’ उनले भने,‘यी साना बिषय जस्ता देखिएपनि यसले देशभरका सबै उद्यमी व्यवसायको हौसला बढाउछ ।’

अध्यक्ष ढकालले जुनसुकै पार्टि भएपनि आर्थिक एजेन्डामा एकरुपता हुनुपर्ने माग गर्दै आइरहे को कुरा पनि अर्थमन्त्री लाइ अवगत गराए । उनले अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टि र पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताए ।

अध्यक्ष ढकालले बैंक वित्तिय संस्थामा पनि समस्या देखिएमा अर्थतन्त्रमा थप जटिलता बढने तर्पm सजग गराउँदै यसको संवेदनशीलता बुझ्न आग्रह गरे । ‘बैंक वित्तिय संस्थाको ऋण तिर्नु नपर्ने भनि गलत प्रचार प्रसार भैरहेको छ, अध्यक्ष ढकालले भने, ‘यसमा सरकार सचेत हुनुपर्छ ।’

भेटवार्ताको क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रलाइ विस्वासमा लिएर अगाडी बढ्ने बताए । उनले निजी क्षेत्रसंग सहकार्य गरेर सरकार अगाडी बढ्ने कुरामा आफ्नो प्रतिवद्धता रहेको जानकारी पनि गराए । मन्त्री पुनले कुनै समुदाय प्रति अपराधीजस्तो व्यवहार नगरिने बताए ।

निजी क्षेत्रमाथि धरपकड भैरहेको अध्यक्ष ढकालको प्रश्नमा मन्त्री पुनले पहिले अनुसन्धान पुरा नगरि थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायहरुसंग पनि समन्वय गरिने बताए । गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पुरै समुदायलाई नराम्रो भन्न नहुने उनको जिकिर थियो ।

राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो भन्दै मन्त्री पुनले उद्यमी व्यवसायीलाई निरुत्साहित हुन नदिने बताए । ‘यो मेरो जिम्मेवारी हो, मन्त्री पुनले भने, ‘म यहाँहरुलाई हतोत्साही हुन दिन्न ।’

Related

Previous Post

काठमाडौँ म्युजिक फेस्टिभल २०२४ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

Next Post

थप २ हजार ६७४ जनालाई सहिद घोषणा : सिन्धुलीबाट २८ जना

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

by Sambridinews
सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

by Sambridinews
सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

by Sambridinews
सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

by Sambridinews
आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

by Sambridinews
आइतवार, साउन ३, २०८३
Next Post
थप २ हजार ६७४ जनालाई सहिद घोषणा : सिन्धुलीबाट २८ जना

थप २ हजार ६७४ जनालाई सहिद घोषणा : सिन्धुलीबाट २८ जना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया

‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया

आइतवार, चैत्र १२, २०७९
झापा एफ.सी. र हमालयन बकबीच नेपाल सुपर लग २०२५ को लाग औपचारक बकङ साझेदारी

झापा एफ.सी. र हमालयन बकबीच नेपाल सुपर लग २०२५ को लाग औपचारक बकङ साझेदारी

आइतवार, चैत्र २, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In