Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home राजनीति

‘बालसैन्य प्रयोगको अपराधमा प्रचण्ड र बाबुराम दण्डित हुनुपर्छ’

Sambridinews by Sambridinews
शुक्रबार, साउन ५, २०८०
in राजनीति, समाचार
0
‘बालसैन्य प्रयोगको अपराधमा प्रचण्ड र बाबुराम दण्डित हुनुपर्छ’
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


बालबालिकालाई सशस्त्र द्वन्द्वमा सामेल गराउनु अन्तर्राष्ट्रिय कानून र मानवअधिकारविपरीत भएको भण्डारीको भनाइ

काठमाडौँ । श्रावन ५, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले १० वर्षे सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेको अपराधमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई सजाय हुनुपर्ने बताएका छन्।

You might also like

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

जुडो टोली बंगलादेश प्रस्थान

अन्तरविद्यालय फुटबल हुने

ललितपुरमा आयोजित ‘नेपालको बाल योद्धा मुद्दास् विश्वव्यापी मान्यता, शान्ति प्रक्रिया र अदालती प्रक्रिया’ विषयक अन्तर्क्रियामा अधिवक्ता भण्डारीले यस्तो बताएका हुन्।

“प्रचण्डजी र बाबुरामजी दण्डित हुनुपर्छ, त्यो जबसम्म हुँदैन यसको निकास आउँदैन,” उनले भने, “होइन हामीसँग अझै पनि बन्दुक छ। सत्तामा छौँ। माफी माग्दैनौँ भन्ने कुराले नियम कानूनलाई समाप्त पार्छ।”

बालसैन्यका रूपमा युद्धमा प्रयोग गरिएकालाई आर्थिक सहायताले मात्र नपुग्ने भण्डारीको भनाइ छ। “उनीहरूलाई सामाजिक, शैक्षिक, संस्कृतिक सबै किसिमको सम्मान हुनुपर्छ,” अधिवक्ता भण्डारीले भने, “त्यसपछि सबै माओवादी तप्काले ‘नेभर अगेन’ भन्ने सिद्धान्तलाई आत्मसात् गरेर माफी माग्नुपर्छ।”

बालसेना मुद्दामा अन्तर्राष्ट्रिय कानून, विधिशास्त्र र त्यसको दर्शनलाई हेरेर सर्वोच्च अदालत सही निष्कर्षमा पुग्ने उनले विश्वास व्यक्त गरे। बालबालिकालाई सशस्त्र द्वन्द्वमा सामेल गराउनु अन्तर्राष्ट्रिय कानून र मानवअधिकारविपरीत भएको भण्डारीले बताए।

कार्यक्रममा सेना समायोजन विशेष समिति संयोजक एवं पूर्वरथी बालानन्द शर्माले माओवादी द्वन्द्वमा बाल्य सैन्य उपस्थित रहेको नकार्ने अवस्था नभएको तर विस्तृत शान्ति सम्झौतामा यो विषय नपरेको बताए।

“संविधान बनाउने र सेना समायोजन गर्ने भनेको हुनाले विस्तृत शान्ति सम्झौताको संविधानसरह मान्यता थियो। तर, काम गर्न निकै कठिन थियो,” उनले भने, “विविध कारणले बाल सैन्यको मुद्दाले निकास पाएको छैन। यसको निराकरण नहुने हो भने झन् समस्या निम्तिन सक्छ। त्यसैले यसलाई सम्बोधन गर्न जरुरी छ।”

बाल सैन्यको सम्बोधन प्रक्रिया असफलतातिर गएको र ऐनलाई सुधार गरेर सम्बोधन गर्नुपर्ने राजनीतिशास्त्री टीका ढकालको भनाइ छ।

“संक्रमणकालीन न्यायको कानूनी प्रक्रिया र ऐनलाई नयाँ सिराबाट छानबिन गरिनुपर्छ। अहिले प्रतिनिधिसभाको उपसमितिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा यो मुद्दा समावेश हुनुपर्छ,” सोही कार्यक्रममा ढकालले भने।

१० वर्षे सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेको अभियोगमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

Related

Previous Post

नेपाली नर्स बेलायत पठाउन सरकारले थाल्यो प्रकृया

Next Post

काठमाडौं उपत्यकाका केही स्थानमा शनिबार विद्युत बन्द हुने

Sambridinews

Sambridinews

Related Posts

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
Next Post
काठमाडौं उपत्यकाका केही स्थानमा शनिबार विद्युत बन्द हुने

काठमाडौं उपत्यकाका केही स्थानमा शनिबार विद्युत बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कच्चा दाल र धानको कर खारेज गर्न उद्योगीहरूको माग

कच्चा दाल र धानको कर खारेज गर्न उद्योगीहरूको माग

बुधबार, जेष्ठ २३, २०८१
आर्मीलाई राष्ट्रिय हक्की उपाधि

आर्मीलाई राष्ट्रिय हक्की उपाधि

बुधबार, असार १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.