काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी शेखर थापाले सन् २०२६ को आइआइटिए अनलाइन विश्वकपमा स्वर्ण पदक जित्दै राष्ट्रको गौरव बढाएका छन्।
थापाले ३५ वर्ष उमेर समूहअन्तर्गत तेस्रो डान (3rd Degree) ब्ल्याक बेल्ट विधामा उत्कृष्ट प्राविधिक कौशल, समर्पण र प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्दै स्वर्ण पदक हात पारेका हुन्।
उनको यो ऐतिहासिक सफलताले वर्षौंदेखिको निरन्तर अभ्यास, अनुशासन र खेलप्रतिको लगावलाई प्रमाणित गर्नुका साथै अन्तर्राष्ट्रिय तेक्वान्दो जगतमा नेपालको पहिचानलाई थप उचाइमा पुर्याएको छ। यस उल्लेखनीय उपलब्धिका लागि थापालाई खेलकुद क्षेत्र तथा शुभेच्छुकहरूबाट बधाई तथा आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरिएको छ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













