Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

Sambridinews by Sambridinews
शनिबार, भदौ ६, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आधुनिक बिक्री (सेल्स) प्रणालीलाई केवल वस्तु वा सेवा बेच्ने माध्यमका रूपमा नभई ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने रणनीतिक प्रक्रियाका रूपमा व्याख्या गरेका छन्। उनले बदलिँदो विश्वव्यापी बजारमा सफल व्यवसायका लागि ग्राहकको आवश्यकता बुझ्ने, मूल्य सिर्जना गर्ने, विश्वास कायम गर्ने र प्रविधिको प्रभावकारी उपयोग गर्न सक्ने क्षमता अत्यावश्यक भएको बताएका छन्।

ग्रोथ लिडरशिप एकेडेमीद्वारा शुक्रबार होटल सोल्टीमा आयोजित ‘सेल्स समिट’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले परम्परागत बिक्री शैली र आधुनिक बिक्री प्रणालीबीचको अन्तर स्पष्ट पारे। उनका अनुसार विगतमा बिक्रीकर्मीहरू व्यक्तिगत अनुभव, सम्बन्ध र अन्तर्ज्ञानमा आधारित भएर काम गर्थे भने अहिलेको प्रतिस्पर्धी बजारमा डेटा, डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताले बिक्री प्रक्रियालाई नयाँ स्तरमा पुर्‍याएको छ।

You might also like

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

उनले ग्राहकसँग हुने प्रत्येक अन्तरक्रिया व्यवसायका लागि मूल्यवान् सूचना भएको उल्लेख गर्दै ग्राहकको रुचि, खरिद व्यवहार, डिजिटल गतिविधि, प्रतिक्रिया र बजार प्रवृत्तिबाट प्राप्त तथ्यांकले व्यवसायलाई सही निर्णय लिन मद्दत गर्ने बताए। तर डेटा संकलन मात्र पर्याप्त नभएको उल्लेख गर्दै उनले त्यसको विश्लेषण गरी उपयोगी जानकारीमा रूपान्तरण गर्नुपर्ने र त्यसलाई व्यावसायिक नतिजामा बदल्न सक्नुपर्ने धारणा राखे।

अग्रवालका अनुसार भविष्यका सफल बिक्री व्यवसायीहरू डेटा बुझ्न, त्यसको विश्लेषण गर्न र ग्राहकको आवश्यकताअनुसार समाधान प्रस्तुत गर्न सक्षम हुनुपर्छ। उनले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले ग्राहकको आवश्यकता पहिचान, बजार मागको पूर्वानुमान, व्यक्तिगत सेवा प्रदान तथा बिक्री उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए।

यद्यपि, उनले प्रविधिले मानवको भूमिका पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने स्पष्ट गरे। “प्रविधि एक शक्तिशाली उपकरण हो, तर ग्राहकसँग विश्वास निर्माण गर्ने, सहानुभूति देखाउने र प्रभावकारी संवाद गर्ने क्षमता अझै पनि मानिसमै निर्भर छ,” उनले भने। उनका अनुसार सफल बिक्रीको आधार प्रविधि र मानवीय सम्बन्धबीचको सन्तुलन हो।

नेपालको आर्थिक विकासमा दक्ष बिक्रीकर्मी र व्यावसायिक नेतृत्वको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अग्रवालले पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि, उत्पादन, वित्तीय सेवा, शिक्षा तथा सिर्जनात्मक उद्योगमा अपार सम्भावना रहेको बताए। उनले राम्रो उत्पादन वा सेवा निर्माण गर्नु मात्र पर्याप्त नहुने भन्दै त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रभावकारी रूपमा पुर्‍याउन सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए।

उनले नेपाली पर्यटनलाई उच्चस्तरीय पर्यटकसम्म कसरी पुर्‍याउने, सूचना प्रविधि सेवाहरूलाई विश्व बजारमा कसरी प्रतिस्पर्धी बनाउने तथा कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डमा कसरी रूपान्तरण गर्ने भन्ने प्रश्नहरू निजी क्षेत्र र सरकार दुवैका साझा जिम्मेवारी भएको बताए।

अग्रवालले मानव पूँजी विकासलाई आर्थिक रूपान्तरणको प्रमुख आधार मान्दै नयाँ पुस्तालाई प्रविधिमैत्री, डेटा-आधारित, नैतिक, सिर्जनशील र ग्राहककेन्द्रित बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त नहुने भन्दै निरन्तर सिकाइ, व्यावहारिक सीप, नेतृत्व क्षमता र नवप्रवर्तनशील सोच विकास गर्न युवालाई आग्रह गरे।

सम्बोधनको अन्त्यमा उनले युवालाई महत्त्वाकांक्षी, प्रतिस्पर्धी र प्रविधिमैत्री बन्न आग्रह गर्दै नैतिकता, सहकार्य र मानवीय मूल्यलाई कहिल्यै नबिर्सन सुझाव दिए। निजी क्षेत्र, शैक्षिक संस्था र व्यावसायिक संगठनहरूबीच सहकार्य बढाएर भविष्यको बजारका लागि सक्षम जनशक्ति तयार गर्न सके नेपालको अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास उनले व्यक्त गरे।

Related

Previous Post

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

Sambridinews

Sambridinews

Related Posts

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु

गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु

सोमवार, कार्तिक १३, २०८०
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, भदौ ६, २०८३
पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

शुक्रबार, भदौ ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In