Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

Sambridinews by Sambridinews
शुक्रबार, साउन २९, २०८३
in TOP STORIES, मनोरञ्जन
0
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक

विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पको शक्तिशाली झलक प्रस्तुत गरेको छ।

You might also like

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा निर्माण गरिएको यस वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको निर्माण पक्षले जनाएको छ। समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको ‘रोड टु एभरेस्ट’ पूर्णतः वास्तविक दृश्यमा आधारित पहिलो वृत्तचित्र भएको निर्माण पक्षको दाबी छ।

दुई वर्षको अनुसन्धान, छायांकन तथा निर्माण प्रक्रियापछि तयार भएको यस वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठ ले लेखेका हुन्। चर्चित सञ्चारकर्मी भूषण दाहालको आवाज रहेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।

वृत्तचित्रमा ५० वर्ष नाघेका राज गुरुङको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ, जसले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याउँछन्। उनको यात्रा केवल एउटा आरोहणको कथा नभई सपना, संघर्ष, आत्मविश्वास र असम्भवलाई सम्भव बनाउने मानवीय इच्छाशक्तिको कथा बन्न पुगेको निर्माण पक्षको भनाइ छ।

निर्मल श्रेष्ठको निर्देशनमा तयार भएको वृत्तचित्रले सगरमाथाको भव्यता मात्र प्रस्तुत गर्दैन, आरोहणका जोखिम, शेर्पा समुदायको अथक योगदान, मानवीय साहस तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेत गहिराइका साथ प्रस्तुत गरेको छ। वृत्तचित्रले सगरमाथालाई केवल एउटा हिमालका रूपमा नभई साहस, संघर्ष, अठोट र मानवीय क्षमताको प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

‘रोड टु एभरेस्ट’ मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा आरोहीका रूपमा देखिनेछन्। फुर्वाले हालसम्म सगरमाथाको १८ पटक सफल आरोहण गरेका छन् भने निमाले १० पटक सगरमाथा सफलतापूर्वक आरोहण गर्नुका साथै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमालको सफल आरोहण गरिसकेका छन्। यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि सहयात्री पात्रका रूपमा देखिनेछन्।

निर्माण पक्षका अनुसार ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर भदौ ६ मा काठमाडौं र अन्तर्राष्ट्रिय प्रिमियर २८ भदौ मा हङकङमा हुनेछ। त्यसपछि वृत्तचित्रलाई नेपालका विभिन्न स्थानसँगै अन्तर्राष्ट्रिय मञ्च, फिल्म फेस्टिभल तथा सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको छ।

सामाजिक संस्था वि विल राइज फाउण्डेसन द्वारा निर्मित यस वृत्तचित्रको उद्देश्य दर्शकलाई प्रेरित गर्नुका साथै नेपालको पर्यटनलाई विश्वस्तरमा प्रवर्द्धन गर्नु र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे विश्वव्यापी ध्यानाकर्षण गराउनु पनि रहेको निर्माण पक्षले जनाएको छ। वृत्तचित्रको अवधि ५० मिनेट रहेको छ । https://youtu.be/Jai03V7xvJw?si=L5U7tuncy7jinMsj

Related

Previous Post

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

Next Post

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

Sambridinews

Sambridinews

Related Posts

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

by Sambridinews
सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

by Sambridinews
सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

by Sambridinews
सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

by Sambridinews
सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

by Sambridinews
सोमवार, अशोज १२, २०८३
Next Post
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले गरे  काठमाडौँका सडकको अवस्थाबारे अनुगमन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले गरे काठमाडौँका सडकको अवस्थाबारे अनुगमन

शुक्रबार, पुस २९, २०७९
दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि अझै कानुनी झमेला

दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि अझै कानुनी झमेला

मङ्लबार, असार १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि
FEATURED

सानिमा बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न, निक्षेप र कर्जा विस्तारसँगै खुद मुनाफामा ३८.०१ प्रतिशतले वृद्धि

सोमवार, अशोज १२, २०८३
राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान
TOP STORIES

राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री सम्मान

सोमवार, अशोज १२, २०८३
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 
TOP STORIES

सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु. ३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार 

सोमवार, अशोज १२, २०८३
गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा
FEATURED

गौरवता नेपाल’ शुभारम्भ अक्टोबर १० मा

सोमवार, अशोज १२, २०८३
आजको मौसम
FEATURED

वर्षा रोकिएसँगै देशभरको मौसम सामान्य

सोमवार, अशोज १२, २०८३
आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल
FEATURED

आर्थिक मामिला तथा योजना मन्त्रीसंग बागमती प्रदेश महासंघ टोलीको भेटघाट तथा छलफल

आइतवार, अशोज ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In