जेठ ३, भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका ३ कौशलाटारबाट बालकोट जाने हनुमन्ते खोलाको पुल नजिक एक व्यक्ति मृत फेला परेका छन ।
अन्दाजी वर्ष ४८ को एक पुरूष मृत अवस्थामा मृत फेला परहेकाे प्रहरीले जनाएकाे छ ।
घटनास्थलमा प्रहरी वृत्त थिमिको टोलीले अनुसन्धान गरिरहेको छ । मृतककाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।














