Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

Sambridinews by Sambridinews
बिहिबार, चैत्र २६, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि सञ्चालन हुँदै आएको एचआइभी प्रिभेन्सन कार्यक्रम बन्द भएको छ, जसका कारण नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा झनै HIV/STI को सङ्ख्या बढ्दो छ, कारण: कन्डम लुबको अभाव, प्रेपको सुविधा बन्द अनि उपचार गर्न असहज, जागिर नहुँदा। समुदायका अधिकांश सदस्य सडकमा उभिन विवश बनेका छन्।

अहिलेको अवस्थाले ९९ जनामध्ये केवल ३ जनाले मात्र सेवा पाउने स्थिति सिर्जना भएको छ, जुन अवस्था एचआइभी रोकथाम तथा उपचार प्रणालीका लागि गम्भीर सङ्कटका रूपमा देखिएको छ। 

You might also like

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

दैनिक जीवनमै जोखिम बोकेर हिँड्न बाध्य समुदायका सदस्यहरूका लागि कन्डम र लुब्रिकेन्ट जस्ता आधारभूत सुरक्षात्मक सामग्रीको अभाव, प्रेप सेवा बन्द भएको अवस्था र उपचार सेवामा पहुँचको कठिनाइले उनीहरूको पीडा अझ गहिरो बनाएको छ। आर्थिक स्रोत नहुँदा र रोजगारी गुम्दा धेरै जना जोखिमपूर्ण व्यवहारमा धकेलिनु परेको वास्तविकता समेत बाहिर आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुदान कटौतीको प्रत्यक्ष असर नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र महिला यौनकर्मीमा परेको छ। युएसएआइडीको अनुदान सहयोगमा एमएसएम, टिजी र फिमेल सेक्स वर्करका लागि सञ्चालन हुँदै आएका कार्यक्रमहरू बन्द भएका छन्। यी कार्यक्रमहरूको निरन्तरता हुने वा नहुनेबारे अझै अन्योल कायम छ, जसले गर्दा एचआइभी रोकथाम तथा सेवा प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको अवस्था छ।

एचआइभी रोकथाम तथा नियन्त्रणका लागि ड्रग युजर, माइग्रेन्ट वर्कर, प्रिजनर्स, एसएमएस, टिजी र फिमेल सेक्स वर्करलाई ‘कि पपुलेशन’का रूपमा राखिएको छ। यद्यपि, यसमध्ये एसएमएस, टिजी र फिमेल सेक्स वर्कर समूह सबैभन्दा बढी प्रभावित छन्। विडम्बना के छ भने, यही सबैभन्दा जोखिममा रहेको जनसङ्ख्यालाई लक्षित कार्यक्रम न सरकारबाट सञ्चालनमा छन्, न त दातृ निकायबाट सहयोग उपलब्ध छ, जसले समुदायलाई जोखिम र असुरक्षाको दोहोरो मारमा पारेको छ।

ड्रग युजर, माइग्रेन्ट वर्कर र प्रिजनर्सका लागि सेवा प्रवाह गर्दै आएको ग्लोबल फन्डले युएसएआइडीको पोजिसन स्पष्ट नभएकाले समस्या उत्पन्न भएको जनाएको छ। युएसएआइडीले आगामी ५ वर्षका लागि ६० मिलियन डलर खर्च गर्ने घोषणा गरे पनि यसको औपचारिक निर्णय आउन बाँकी छ।

त्यस्तै, एसएमएस, टिजी र फिमेल सेक्स वर्करका लागि ग्लोबल फन्डले युएनडिपीमार्फत १ लाख डलर सहयोग गर्ने भनिए पनि त्यसको पनि टुङ्गो लागेको छैन।

एकातिर अनुदान सहयोग बन्द हुँदा कार्यक्रम ठप्प बनेको छ भने अर्कोतिर कन्ट्री कोअर्डिनेटिङ मेकानिज्म (सिसिएम) मेम्बरको भूमिकाबारे समेत गम्भीर प्रश्न उठ्न थालेका छन्। १७ सदस्यीय सिसिएममा दुई सदस्य थप गरी १९ सदस्यीय बनाइएको छ। सङ्घीय संरचनाअनुसार ७ वटा प्रदेशबाट प्रतिनिधित्व सुनिश्चित गर्न गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव र कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुखलाई सदस्य बनाइएको सिसिएम सचिवालयले जनाएको छ।

सिसिएमको नेतृत्व स्वास्थ्य मन्त्रालयका सचिवले गर्दै आएका छन्। सिसिएम मेम्बरमा एसएमएस, टिजी समुदायबाट दुई जना पदमकान्त निरौला र श्रीकृष्ण थापा समावेश छन्, र दुवै निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)सँग सम्बद्ध छन्। 

सिसिएम मेम्बरका लागि राष्ट्रिय दैनिक पत्रिका कान्तिपुरमार्फत सूचना आह्वान गरिएको र व्यक्तिगत रूपमा आवेदन दिन भनिएको सचिवालयले जनाएको छ।

पहिलैबाट आफू यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा पर्दिन भन्दै स्वयं आफैले दाबी गर्दै आएका (प्रकाश निरौला भनी चिनिने) पदमकान्त निरौलाले एसएमएस, टिजी पहिचानका आधारमा आवेदन दिएको खुलेको छ। 

सिसिएम सचिवालयका अनुसार उनी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधिका रूपमा सदस्य बनेका छन्। समुदायका सदस्यले उनको प्रतिनिधित्वमा प्रश्न उठाएका छन्। सिसिएममा समुदायका सदस्यले प्रतिनिधित्व गर्नुपर्ने माग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले राखेका छन्। वैकल्पिक सदस्यमा श्रीकृष्ण थापा छन्।

स्वयम पदमकान्त (प्रकाश)का अनुसार उनी समुदायमा पर्दैनन्। तर उनैले समुदायको कोटामा आफूलाई प्रतिनिधित्व भने गराएका छन्। कसरी बाहिर समुदायका व्यक्ति सिसिएमको सदस्य भए? समुदायको आवाज समुदायले बोल्ने कि? यो अधिकार नै खोसिएको कि? यस्ता अनेकौँ प्रश्न छन्। पदमकान्त निरौला (प्रकाशलाई) के उनसँग यसको उत्तर छ? समुदायका सदस्यले सोधेका छन्। 

यही बिन्दुमा गम्भीर विवाद देखिएको छ। अमेरिकी अनुदान कटौतीका कारण एचआइभी प्रिभेन्सन कार्यक्रममा ‘डिजास्टर’ जस्तो अवस्था सिर्जना भइरहँदा, अर्कोतर्फ एसएमएस, टिजीको नाममा गैर–समुदायका व्यक्तिले प्रभाव जमाएको आरोप समेत उठेको छ। पदमकान्त निरौलाको विषयमा सिसिएम सचिवालयमा दर्जनौँ उजुरी परेको स्रोतले जनाएको छ, जसले उनको प्रतिनिधित्वको वैधता र पारदर्शितामाथि प्रश्न चिन्ह खडा गरेको छ।

सिसिएम मेम्बरको कार्यकाल सामान्यतया २ वर्ष रहने व्यवस्था भए पनि यसलाई बढाएर ३ वर्ष बनाइएको छ, जसअनुसार पदमकान्त निरौला २०२८ सम्मका लागि सदस्य रहनेछन्। यस्तो निर्णयले पनि संस्थागत पारदर्शिता र उत्तरदायित्वबारे थप बहस जन्माएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र महिला यौनकर्मीका लागि ग्लोबल फन्डले अपेक्षित सहयोग पुर्‍याउन नसकेको अवस्था छ, किनकि युएसएआइडीको निर्णय कुरेर बस्नुपरेको छ। ग्लोबल फन्डको हालको कार्यक्रम सन् २०२७ जुलाईसम्म सञ्चालन हुनेछ, त्यसपछि अर्को चरण सुरु गर्ने तयारी छ, जुन सन् २०२७ अगस्टबाट सुरु हुनेछ।

तर, सिसिएममा ब्लु डायमन्ड सोसाइटीका दुई प्रतिनिधि रहेको अवस्थामा उनीहरूबाट समग्र समुदायको हितमा काम नहुने गुनासो बढ्दो रूपमा उठिरहेको छ। यही सन्दर्भमा, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचानसहितको अधिकार र जीविकोपार्जनमा काम गर्दै आएको मायाको पहिचान नेपालका मनिन्द्र सिंह दनुवार र बाबु दुमि राईले सिसिएम सचिवालयमा पुगेर प्रत्यक्ष प्रभावित समुदायले सेवा पाउने सुनिश्चितता गर्न माग गरेका छन्।

सिसिएम सचिवालयले ‘कन्ट्री डाइलग’को तयारी भइरहेको तर निर्णय भई नसकेको जनाएको छ। साथै, उक्त संवाद प्रक्रियामा सरोकारवालालाई समावेश गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Related

Previous Post

नाडा प्रतिनिधिमण्डल र राजस्व सचिवबीच भेटवार्ता: अटोमोवाइल क्षेत्रका समस्या समाधान गर्न आग्रह

Next Post

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

Sambridinews

Sambridinews

Related Posts

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

by Sambridinews
शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

by Sambridinews
शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

by Sambridinews
शनिबार, भदौ ६, २०८३
Next Post
देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गोलन्जोर गाँउपालिकाका विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन

गोलन्जोर गाँउपालिकाका विद्यालयलाई सेनेटरी प्याड नष्ट गर्ने मेसीन

सोमवार, माघ २१, २०८१
फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट चरम अन्याय र धोकाधडी भएको आरोप

फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट चरम अन्याय र धोकाधडी भएको आरोप

शुक्रबार, साउन २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

शनिबार, भदौ ६, २०८३
वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह
FEATURED

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In