Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल

Sambridinews by Sambridinews
बुधबार, चैत्र १८, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्य सराहनीय : अध्यक्ष ढकाल
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्यले लगानी प्रवद्र्धन तथा निजी क्षेत्र विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गर्नुभएको छ । कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँग मंगलवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतका वर्षहरूमा महासंघ र वैदेशिक साझेदारहरूबीचको सम्बन्धले नयाँ उचाइ लिएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको आर्थिक विकास र निजी क्षेत्रको सशक्तीकरणका लागि अन्तर्राष्ट्रिय विकास साझेदार तथा कूटनीतिक निकायको सहयोग अपरिहार्य रहेको समेत बताउनुभएको छ । “महासंघ र कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँगको सहकार्यले नेपालको निजी क्षेत्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ; नीति संवाददेखि लगानी प्रवद्र्धन र क्षमता अभिवृद्धिसम्मका क्षेत्रमा तपाईंहरूको सहकार्यले हामीलाई अघि बढ्न ठूलो मद्दत गरेको छ । महासंघको नयाँ नेतृत्वले पनि कूटनीतिक तथा विकास साझेदारहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने छ भन्ने मेरो विश्वास छ ।” अध्यक्ष ढकालले भन्नुभयो । कूटनीतिक समुदायले नेपाल र विभिन्न देशहरूबीच आर्थिक सम्बन्ध विस्तार गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष ढकालले व्यापार, लगानी तथा व्यवसाय–देखि–व्यवसाय सम्बन्ध प्रवद्र्धनमा उनीहरूको योगदानले नयाँ अवसर सिर्जना गरेको बताउनु भयो ।

You might also like

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

रास्वपाकाे आज देशभरी वडा कमिटि अभियान

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विकास साझेदारहरूसँग नजिकबाट सहकार्य गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उनीहरूको मार्गदर्शन, खुलापन र रचनात्मक संवादप्रति आभार व्यक्त गर्नुभयो । उहाँले विशेषगरी विकास साझेदारहरूले नेपालको निजी क्षेत्र, विशेषतः साना तथा मझौला उद्यमहरूको विकास, उद्यमशीलता प्रवद्र्धन तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनु भयो ।

अध्यक्ष ढकालले हरित विकास, सीप विकास, नवप्रवर्तन र समावेशी व्यवसायका क्षेत्रमा भएका संयुक्त प्रयासले सकारात्मक परिणाम देखाउन थालेको उल्लेख गर्नुभयो । उनले नेपाल उद्योग वाणिज्य महासंघ देशको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन भएको उल्ल्ेख गर्दै उहाँले सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच पुलको रूपमा महासंघले निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले आफ्नो कार्यकालमा महासंघले नीति पैरवी सशक्त बनाउने, सरकारसँगको संवाद प्रभावकारी बनाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा काम गरेको जानकारी दिनुभयो । साथै स्टार्टअप, डिजिटल अर्थतन्त्र र हरित व्यवसायजस्ता उदीयमान क्षेत्रमा पनि महासंघले ध्यान केन्द्रित गरेको उनले बताउनुभयो । उहाँले चुनौतीपूर्ण समयमा समेत अन्तर्राष्ट्रिय समुदायले नेपाललाई निरन्तर साथ दिएको उल्लेख गर्दै यसले नेपालप्रतिको विश्वास र प्रतिबद्धता झल्काएको धारणा राख्नुभयो । साथै नेपाल अहिले आर्थिक विकासको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि थप लगानी प्रवद्र्धन, साझेदारी र निरन्तर सहकार्यको आवश्यकता रहेको बताउनु भया । कार्यक्रममा विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदार संस्थाका तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता रहेको थियो ।

Related

Previous Post

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

Next Post

एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

Sambridinews

Sambridinews

Related Posts

काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
TOP STORIES

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

रास्वपाकाे आज देशभरी वडा कमिटि अभियान

by Sambridinews
आइतवार, जेष्ठ ३, २०८३
श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित
TOP STORIES

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु
TOP STORIES

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
Next Post
एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि

युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि

मङ्लबार, अशोज २८, २०८२
इप्पान २४औँ वार्षिकोत्सव : जलविद्युत् नै आर्थिक विकासको पहिलो आधार

इप्पान २४औँ वार्षिकोत्सव : जलविद्युत् नै आर्थिक विकासको पहिलो आधार

शुक्रबार, माघ ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
TOP STORIES

काठमाडौंको थानकोटमा एक जनाको चक्कु प्रहार गरी हत्या

आइतवार, जेष्ठ ३, २०८३
मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी
FEATURED

रास्वपाकाे आज देशभरी वडा कमिटि अभियान

आइतवार, जेष्ठ ३, २०८३
श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित
TOP STORIES

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

शनिबार, जेष्ठ २, २०८३
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

शनिबार, जेष्ठ २, २०८३
अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु
TOP STORIES

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

शनिबार, जेष्ठ २, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
FEATURED

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

शनिबार, जेष्ठ २, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In