Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
in Uncategorized
0
भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

१२ फागुन, काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भयरहित मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई आग्रह गर्दछ ।
नेकपा (एमाले)ले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वसाधारण जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा, कफ्र्यू जारी गर्दा भयरहित वातावरणमा मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने नागरिकको संवैधानिक अधिकार कुण्ठित हुनसक्ने भन्दै चिन्ता प्रकट गरेको छ ।  
यसैगरी, निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरिसकेको अवस्थामा ‘मत सर्वेक्षण’का नाममा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको र यस्ताखाले प्रायोजित एकपक्षीय तथ्याङ्कबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुने भन्दै नेकपा (एमाले) ले यी कार्यबाट निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमन, स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको विश्वसनीयता गुमेको ठहर गरेको छ ।
यो संगीन घडीमा सन्तुलित तथ्यपरक सामग्री प्रस्तुत गरी मुलुक र जनताप्रति उत्तरदायी, जवाफदेही हुन सबै सरोकारवाला पक्षहरूलाई एमालेले आह्वान गरेको छ । 

पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट केन्द्रीय सदस्य तथा आम निर्वाचन २०८२ का प्रचार संयोजक मीन बहादुर शाहीले जारी गर्नुभएको प्रेस विज्ञप्ति यस प्रकार छः

You might also like

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

सरकारले निषेधाज्ञा, कफ्र्यू लगाएर डर, त्रास सिर्जना गर्यो
प्रतिनिधिसभा निर्वाचनको मतदान मिति फागुन २१ गते ९ दिन बाँकी रहँदा देशका विभिन्न भागमा सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएकोप्रति नेकपा (एमाले)को गम्भीर ध्यानाकर्षण भएको छ । मधेश, तराईका विभिन्न जिल्लामा निषेधाज्ञा, कफ्र्यू जारी गरिरहँदा आममतदाता तथा सर्वसाधारणले भयरहित वातावरणमा मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने संवैधानिक अधिकार कुण्ठित हुनसक्ने चिन्ता उत्पन्न भएको छ । 
सर्वसाधारण जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा, कफ्र्यू जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी हो । निषेधाज्ञा, कफ्र्यूले जनतामा क्षणिक सुरक्षाको अनुभूति दिए पनि मतदाताको मनमा डर, त्रास, भय सिर्जना गर्दछ । डर, त्रास, भयका कारण लोकतन्त्रमा स्वतन्त्र रूपले रोजेको दललाई मतदान गर्न पाउने मतदाताको नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ । 
तसर्थ नेकपा (एमाले)ले चुनावको मिति घोषणा भएदेखि राज्यलाई भन्दै आएको सुरक्षा व्यवस्थाको चुनौतिप्रति ध्यानाकर्षण गराउँदै आएको विदितै छ । 
भयरहित चुनावका लागि नेकपा (एमाले) सरकारलाई पुनः शान्ति सुरक्षाको प्रत्याभूति गराउन आग्रह गर्दछ ।
निर्वाचन प्रचार÷प्रसारका लागि निर्धारण गरिएको अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरूले आमसभा, भेला र सार्वजनिक संवादमार्फत् आफ्ना विचार, एजेन्डा प्रस्तुत गर्न पाउनु लोकतान्त्रिक अभ्यासको आधारभूत मूल्य÷मान्यता हो । तर निषेधाज्ञा, कफ्र्यूले ती अभ्यासलाई पूर्णतः अवरोध गर्दछ । सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको छ ।

एमालेको लोकप्रियता बढ्दो छ, चुनाव फागुन २१ मै हुनुपर्छ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) आज नेपाली जनताको भरोसाको राजनीतिक शक्तिमात्र होइन, स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित भइसकेको छ । तथ्याङ्क र जनसमर्थनका सङ्केतहरूले यो यथार्थलाई पुष्टि गर्दै आएका छन् ।  
‘समृद्ध नेपाल, सुखी नेपाली ! राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ को राष्ट्रिय आकाङ्क्षा, सामाजिक न्यायसहितको आर्थिक उन्नति, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको संरक्षणजस्ता मूल एजेन्डालाई व्यवहारमा उतार्ने स्पष्ट दृष्टि र कार्ययोजनासहित एमाले अघि बढिरहेको छ । पार्टीले गरेका विगतका उपलब्धि र कार्यान्वयनका अनुभवहरूले यस दिशामा पार्टीको प्रतिबद्धतालाई प्रमाणित गरेका छन् ।
एमालेको बढ्दो लोकप्रियता केवल प्रतिस्पर्धात्मक राजनीतिक परिणाममात्र होइन् । यो देशले खोजिरहेको स्थायित्व, विश्वासनीय नेतृत्वप्रतिको जनआकाङ्क्षाको अभिव्यक्ति प्रकट हो । वर्तमान चुनौती र भविष्यका सम्भावनालाई ध्यानमा राखेर देशलाई स्पष्ट दिशा दिनसक्ने राष्ट्रिय शक्ति एमाले नै हो भन्ने विश्वास जनताले अनुभूत गरेका छन् । जनताले पार्टीप्रति देखाएको यो अपार जनसमर्थनले ‘देश पहिला’, ‘किन कि अहिले एमाले’ भन्ने प्रष्ट सन्देश गएको छ । तसर्थ कथित ‘भोट फर चेन्ज’ होइन । ‘भोट फर नेशन’ भन्ने उच्च मनोबलका साथ अहिले एमालेका नेता÷कार्यकर्ता जनताको घरघरमा पुगेको तथ्य यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।
समाजमा अनेक बहानामा निर्वाचन सार्नेजस्ता भ्रामक हल्ला चलेकोप्रति नेकपा (एमाले)को ध्यानकेन्द्रित भएको छ । एमाले कुनै पनि बहानामा चुनाव सार्ने होइन, घोषित समय (फागुन २१ गते) मै हुनुपर्छ भन्ने दृढ अडानमा छ ।
न्याय मर्नु भएन
एमालेको प्रतिनिधिसभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्छ भन्ने अडानमै छ । सम्मानित सर्वोच्च अदालतको आलटालले प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा नलानु संवैधानिक सर्वोच्चतालाई स्थापित गर्ने मान्यताबाट गम्भीर ढङ्गले विचलित हुनु हो । अर्कोतर्फ, महान्यायाधिवक्ताको कार्यालयले जुनसुकै प्रकारका अपराधिक क्रियाकलाप,  खासगरी जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानुनी राज्यको बर्खिलाप र दण्डहीनता मौलाउने वातवरण निर्माण हुँदै गएको छ । 
जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको छानवीन गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक नगर्दै महान्यायाधिवक्ताको कार्यालयले अपराधलाई धोइपखाली गर्ने अर्थात् ‘वासिङ्ग मेसिन’को रूपमा काम गर्नु न्याय मर्नु सरह हो । महान्यायाधिवक्ताको कार्यालयलाई यो कार्य तत्काल रोक्न आग्रह गर्दछौँ । 
सर्वेक्षणका नाममा जनमत प्रभावित पार्ने प्रयास
निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरिसकेको छ । यो संवेदनशील अवस्थामा ‘मत सर्वेक्षण’का नाममा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ । सार्वजनिक खपतका लागि सार्वजनिक गरिने यस्ताखाले प्रायोजित एकपक्षीय तथ्याङ्कबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुन्छ । यी कार्यबाट निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमन, स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको विश्वसनीयता गुमेको छ ।
निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा मुलुक अघि बढिरहेको बेला सम्बन्धित निकाय, सञ्चारमाध्यमले प्रचलित कानुनी व्यवस्था, व्यावसायिक आचारसंहिता, उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गर्दछौँ । अतः यो संगीन घडीमा सन्तुलित तथ्यपरक सामग्री प्रस्तुत गरी मुलुक र जनताप्रति उत्तरदायी, जवाफदेही हुन सबै सरोकारवाला पक्षहरूलाई एमाले आह्वान गर्दछ । 
‘सामाजिक सञ्जालको दुरूपयोग र कृत्रिम सामग्री नियमन हुन सकेन’
सूचना, समाचार, शिक्षा, मनोरञ्जन र भेटघाटका लागि अहिले सामाजिक सञ्जाल (फेसबुक, टिकटक, यूट्युव, वीच्याट, वाट्सएप, भाइबर आदि) सूचना आदान–प्रदानका प्रमुख माध्यम बनेको छ । यी माध्यमहरूबाट सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिकलगायत विषयमा सकारात्मक बहस हुनु सवल पक्ष हुन् । तर पछिल्लो समय गलत सूचना, अनर्गल दुष्प्रचार र कृत्रिम सामाग्रीहरू प्रसारले सामाजिक सद्भाव भड्काउने, राजनीतिक धु्रवीकरणको भाष्य खडा गर्ने गम्भीर चुनौती सिर्जना गरेको छ ।
विशेषगरी कृत्रिम बौद्धिकता (एआई) प्रविधि प्रयोग गरी तयार गरिएका ‘डिपफेक’ भिडियो, भ्रामक अडियो तथा बनावटी समाचार सामग्रीहरू प्रसारित गरेर मतदातालाई भ्रमित गर्ने र राजनीतिक दल तथा उम्मेदवारहरूको छवि धूमिल पार्ने प्रयास अत्यन्त निन्दनीय छ । यस्ता गतिविधिले लोकतान्त्रिक प्रक्रिया, सार्वजनिक विश्वास र सामाजिक एकतालाई कमजोर बनाउँदै लगेको ठहर एमालेले गरेको छ ।
हामी सबै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालको जिम्मेवार बनी विवेकपूर्ण र सही प्रयोग गर्न आह्वान गर्दछौँ । सत्य र तथ्यमा आधारित स्वस्थ प्रतिस्पर्धा नै लोकतन्त्रको आधार हो । सम्बन्धित नियामक निकायलाई पनि आवश्यक निगरानी र कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँछौँ । त्यसका साथै आचारसंहिताविपरीत भौतिक सामग्री, चाडपर्वको मौका पारेर अमूक पार्टी नेताको रङ्गिन टिसर्ट वितरणजस्ता कार्य रोक्न निर्वाचन आयोगलाई पुनः सचेत गराउँछौं ।
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषताले सम्पन्न राष्ट्र हो । ‘विविधताभित्रको एकता’ नै हाम्रो सामूहिक पहिचान हो । यतिबेला मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । यो अवस्थामा धार्मिक, साम्प्रदायिक तथा सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन । नेकपा (एमाले) सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा नागरिकलाई धार्मिक सहिष्णुता, पारस्परिक आपसी सम्मान र सामाजिक एकताको भावना थप सुदृढ गर्न आह्वान गर्दछ । मतको प्रतिस्पर्धा विचारमा हुनुपर्छ, समुदाय र आस्थामाथि होइन । लोकतन्त्रलाई बलियो बनाउने बाटो सामाजिक सद्भाव र परस्पर विश्वासबाट नै अघि बढ्छ भन्नेमा हाम्रो प्रस्ट धारणा छ ।
हार्दिक श्रद्धाञ्जली
पोखराबाट काठमाडौँतर्फ यात्रा गरेको यात्रुबाहक बस फागुन ११ गते राती १ः०० बजे धादिङको भैंसीगौंडास्थित पृथ्वी राजमार्गमा दुर्घटनामा परेर १९ जनाले जीवन गुमाएको दुःखद् घडीमा उहाँहरूप्रति नेकपा (एमाले) भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुर्घटनामा ज्यान गुमाएका शोकाकूल परिवारजनमा धैर्यधारणको कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ । त्यसका साथै बसमा यात्रारत २५ जना यात्रुहरू घाइते हुनुभएकाले उहाँहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
बस के कारणले दुर्घटना भएको हो, सत्य÷तथ्य छानवीन गरी मृतकहरूले पाउनुपर्ने बीमावापत र क्षतिपूर्ति रकम उनीहरुका परिवारजनलाई सम्मानपूर्वक समयमै उपलब्ध गराउन सरकारसँग नेकपा (एमाले) जोड्दार माग गर्दछ । त्यसका साथै घाइतेहरूको अवस्थाअनुसार उचित र निःशुल्क उपचारका लागि व्यवस्था गर्न समेत सरकारसँग आग्रह गर्दछौं ।

Related

Previous Post

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

Next Post

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

Sambridinews

Sambridinews

Related Posts

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

by Sambridinews
सोमवार, असार १, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
Next Post
Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अमेरिकी सहायक बिदेश मन्त्री लु उच्चस्तरीय भेटघाटमा व्यस्त

अमेरिकी सहायक बिदेश मन्त्री लु उच्चस्तरीय भेटघाटमा व्यस्त

शुक्रबार, असार २९, २०८०
हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द

हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द

सोमवार, कार्तिक १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

make by Gmani
FEATURED

ऐतिहासिक आत्मदाहको पीडादायी झल्को: ट्राफिकको ‘राजस्व धन्दा’ विरुद्ध काठमाडौंमा युवाको आत्मदाह प्रयास

शुक्रबार, असार २६, २०८३
महर्जन दक्षिण कोरिया प्रस्थान
TOP STORIES

महर्जन दक्षिण कोरिया प्रस्थान

बिहिबार, असार २५, २०८३
विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफ बीच समझदारी
FEATURED

विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफ बीच समझदारी

बिहिबार, असार २५, २०८३
शाओमी १७ अल्ट्रामा खिचिएको ‘माउन्ट एभरेष्ट एक्सपेडिसन’ भिडियो सार्वजनिक
FEATURED

शाओमी १७ अल्ट्रामा खिचिएको ‘माउन्ट एभरेष्ट एक्सपेडिसन’ भिडियो सार्वजनिक

बिहिबार, असार २५, २०८३
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह
FEATURED

सुकुम्बासीको मानव अधिकारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण: बिना विकल्प नहटाउन सरकारलाई निर्देशन

बिहिबार, असार २५, २०८३
मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर
FEATURED

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर

बुधबार, असार २४, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In