Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा बिहीबार शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गरेका छन् ।

उनले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनि कामना गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा प्रकट गर्दछु ।’

You might also like

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने

राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा योगदान गर्न सबैलाई अपिल पनि गरेका छन् ।

विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्ध  बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा शहीदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित भएको राष्ट्रपति पौडेलको भनाइ छ ।

लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने कुरालाई बिर्सन नहुने बताउँदै उनले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनाका साथै शहीदहरूको अमर गाथा पनि सदैव स्मरण गराउने उल्लेख गरेका छन् ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने छ’, शुभकामना सन्देशमा उल्लेख छ, ‘जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’

राष्ट्रपति पौडेलले सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट भएकाले यस कार्यमा लाग्न अपिलसमेत गरेका छन् ।

Related

Previous Post

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

Next Post

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

by Sambridinews
आइतवार, असार २१, २०८३
“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक
TOP STORIES

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

by Sambridinews
आइतवार, असार २१, २०८३
कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने
FEATURED

कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने

by Sambridinews
आइतवार, असार २१, २०८३
सुमनलाई कांस्य
TOP STORIES

सुमनलाई कांस्य

by Sambridinews
शनिबार, असार २०, २०८३
त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 
FEATURED

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 

by Sambridinews
शनिबार, असार २०, २०८३
Next Post
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना रिहा : हिरासतबाहिरै राखेर अनुसन्धान गरिने

ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

सोमवार, साउन २२, २०८०
सुदन गुरुङ समूहले मन्त्री छनोटप्रति असन्तुष्टि ,प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नाराबाजी

सुदन गुरुङ समूहले मन्त्री छनोटप्रति असन्तुष्टि ,प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै नाराबाजी

सोमवार, भदौ ३०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

आइतवार, असार २१, २०८३
“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक
TOP STORIES

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

आइतवार, असार २१, २०८३
कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने
FEATURED

कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने

आइतवार, असार २१, २०८३
सुमनलाई कांस्य
TOP STORIES

सुमनलाई कांस्य

शनिबार, असार २०, २०८३
त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 
FEATURED

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 

शनिबार, असार २०, २०८३
ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!
TOP STORIES

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

शुक्रबार, असार १९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In