फागुन ७, काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका केही भागमा बादल लाग्ने सम्भावना रहेको छ ।
आज सुदुपश्चिम तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्ने तथा भोली भने केही भागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनोद पोख्रेलले जनाएका छन् ।
वर्षा सुदुरपश्चिम, र कर्णालीका अधिकांस ठाउँ हुनुका साथै गण्डकी, बागमती र कोशी प्रदेशको हिमाली भेगमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।















