Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, May 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमाद्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने

Sambridinews by Sambridinews
मङ्लबार, माघ २८, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल –कतार संयुक्त व्यवसाय परिषद् मण्डल काठमाडौँमाद्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

टेलिकमको ठुलो फड्को: अब सिम लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

एसईईकाे नतिजा मंगलबार सार्वजनिक गरिदै

कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (QCCI) को एक प्रतिनिधिमण्डल नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच गठन गरिएको संयुक्त व्यवसाय परिषद् (Joint Business Council,JBC) (जेबीसी) सम्बन्धी छलफलका लागि काठमाडौँ आइपुगेको छ ।
संयुक्त व्यवसाय परिषद् स्थापना सम्बन्धी सम्झौता सन् २०२४ अप्रिलमा कतार राज्यका महामहिम अमिर शेख तमीम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । यस सम्झौताले नेपाल र कतारबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाएको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको निमन्त्रणामा काठमाण्डौं आएको कतारी प्रतिनिधिमण्डलको नेतृत्व कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैद्लीले गर्नु भएको छ । माघ २६ र २७ गते (फेब्रुअरी ९ र १० तारिख) काठमाडौँमा परिषद्को बैठक बस्नेछ । संयुक्त व्यवसाय परिषद् नेपाल र कतारका निजी क्षेत्रबीच संवाद, व्यवसायिक सहकार्य तथा प्रत्यक्ष संलग्नता प्रवद्र्धन गर्ने संरचित मञ्चका रूपमा स्थापना गरिएको हो ।काठमाडौँ बसाईका क्रममा प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटघाटहरू गर्नेछ । प्रतिनिधिमण्डलले अर्थमन्त्री रमेश्वर प्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. बिश्वनाथ पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
संयुक्त व्यवसाय परिषद्ले अन्तिम रूप दिई सक्रिय बनाउनु द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवाह प्रोत्साहन तथा दुवै देशका व्यवसायीहरूबीच साझेदारी सुदृढ गर्न महत्वपूर्ण हुने महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताउनु भयो । अध्यक्ष ढकालका अनुसार छलफलहरू परिषद्लाई व्यवहारिक र परिणाममुखी बनाउने तथा सहकार्यका ठोस क्षेत्र पहिचानमा केन्द्रित रहनेछन् ।
नेपाल र कतारबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध र सशक्त जनस्तरीय सम्पर्क रहेको छ, जुन अहिले थप गहिरो आर्थिक सहकार्यतर्फ अघि बढिरहेको छ । पछिल्ला उच्चस्तरीय द्विपक्षीय भेटघाटहरूले निजी क्षेत्रको सहभागिता बढाउन सकारात्मक वातावरण सिर्जना गरेको छ, र महासंघले यस भ्रमणलाई त्यस दिशामा समयोचित कदमका रूपमा लिएको छ ।
नेपालमा जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, कृषि–प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा आकर्षक लगानी अवसरहरू उपलब्ध छन् ।
नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनका रूपमा महासंघले विदेशी लगानी सहजीकरण, संस्थागत सहकार्य सुदृढीकरण तथा व्यवसाय–देखि–व्यवसाय सम्पर्क प्रवद्र्धनमा प्रतिबद्ध रहेको छ । यस बैठकका उपलब्धिहरूले आगामी दिनमा नेपाल–कतार आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने र व्यापार तथा लगानी वृद्धि गर्न योगदान पुर्‍याउने महासंघको अपेक्षा रहेको छ ।

Related

Previous Post

नेपालको पर्यटन प्रबर्द्धन गर्न नेपाल राइडर्स मिट हुँदै, ५०० भन्दा बढी राइडर सहभागी हुने

Next Post

काठमाडाैं उपत्यकामा बढ्याे वायु प्रदुषण

Sambridinews

Sambridinews

Related Posts

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

by Sambridinews
सोमवार, बैशाख २८, २०८३
टेलिकमको ठुलो फड्को: अब सिम लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य
FEATURED

टेलिकमको ठुलो फड्को: अब सिम लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

by Sambridinews
सोमवार, बैशाख २८, २०८३
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

एसईईकाे नतिजा मंगलबार सार्वजनिक गरिदै

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

by Sambridinews
आइतवार, बैशाख २७, २०८३
Next Post
काठमाडाैंमा बढ्याे वायु प्रदूषण

काठमाडाैं उपत्यकामा बढ्याे वायु प्रदुषण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त,राति ९ बजे शपथ लिदै

प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त,राति ९ बजे शपथ लिदै

शुक्रबार, भदौ २७, २०८२
पिटर र गियोङ्गमिन पार्कलाई एशिया ट्राइयाथलन कप उपाधी

पिटर र गियोङ्गमिन पार्कलाई एशिया ट्राइयाथलन कप उपाधी

शनिबार, बैशाख १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

सोमवार, बैशाख २८, २०८३
टेलिकमको ठुलो फड्को: अब सिम लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य
FEATURED

टेलिकमको ठुलो फड्को: अब सिम लिन कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

सोमवार, बैशाख २८, २०८३
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

एसईईकाे नतिजा मंगलबार सार्वजनिक गरिदै

आइतवार, बैशाख २७, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
FEATURED

धनुषामा २ बस ठाेक्किएर पल्टिदा १७ यात्रु घाइते

आइतवार, बैशाख २७, २०८३
युनिप नेपालद्वारा सामाजिक कोष स्थापना
TOP STORIES

युनिप नेपालद्वारा सामाजिक कोष स्थापना

आइतवार, बैशाख २७, २०८३
महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई
TOP STORIES

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

शनिबार, बैशाख २६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In