Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

Sambridinews by Sambridinews
सोमवार, असार २३, २०८२
in FEATURED, TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अब सरकारी जागिरमा नियुक्ति हुने कर्मचारीले अहिलेसम्म खाइपाइ आएको पुराना कर्मचारीले जस्तो पेन्सन तथा उपदान पाउनेछैनन् । आगामी आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना १ साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन तथा उपदान नपाउने भएका हुन् ।

सरकारले अब आगामी साउनदेखि भर्ना हुने नयाँ कर्मचारीका लागि पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । अर्थ मन्त्रालयले सरकारको यो नयाँ व्यवस्था पूर्णरूपले कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार आगामी आव २०८२÷८३ बाट योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली अनिवार्य गर्ने निर्णय गरेका हुन् ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

अब अर्थ मन्त्रालयले मन्त्री पौडेलले गरेको सो निर्णयअनुसार सामाजिक सुरक्षा प्रणाली लागू गर्नका लागि आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति, प्रतिष्ठान तथा आयोगहरूलाई परिपत्र गरेको जनाएको छ ।

सरकारले २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरेको थियो । तर, कतिपय नियामक निकाय, संस्थान, बोर्ड, समितिलगायतमा पेन्सन तथा उपदान सुविधा कायम छ । अब नयाँ कर्मचारी नियुक्त गर्ने सरकारी निकायले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनिवार्य लागू नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नबेहोर्ने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।

अर्थ मन्त्रालयको सोही निर्णयबमोजिम सरकारले आगामी आवको पहिलो दिन १ साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली अनिवार्य लागू गर्ने भएको हो ।

अब पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय पूर्ण रूपले कार्यान्वयनमा ल्याउन अर्थ मन्त्रालयले सम्बन्धित सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान, बोर्ड, समिति, प्रतिष्ठान, आयोगलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न निर्देशन गरिएको बताएको छ ।

अटेर गरी यदि कसैले अनिवार्य सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने सम्पूर्ण दायित्व सरकारले नबेहोर्ने जानकारी पनि गराइएको छ । अर्थ मन्त्रालयले सरकारले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न योगगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ तथा सरकारी कर्मचारीका लागि निवृत्तीभरण कोष ऐन–२०७५ कार्यान्वयनमा ल्याएको बताएको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरिसकेको छ । कतियप नियामक निकाय, संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानमा पेन्सन, उपदान सुविधा प्रदान गर्ने प्रचलन कायमै रहेको छ ।

सरकारले अबलम्बन गरेको नीतिअनुसार सार्वजनिक संस्थान एवं प्रतिष्ठानबाट कर्मचारीको अवकाशपछिको दीर्घकालीन दायित्व भुक्तानीका लागि आवश्यक व्यवस्था नगर्दा घाटामा रहेका एवं आफ्नै स्रोत नभई सरकारकै स्रोतमा निर्भर रहनुपर्ने निकायले दीर्घकालीन दायित्व सिर्जना गरिरहेको देखिएकाले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्रीस्तरीय निर्णयअनुसार सरकारी जागिर खाने नयाँ कर्मचारीका लागि यस्तो नयाँ व्यवस्था भएको र कार्यान्वयनका लागि सबै निकायमा पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । सरकारको सो निणर्यपछि अब सरकारी क्षेत्रमा नयाँ प्रवेश गर्ने कर्मचारीले हालको पुराना कर्मचारीले जस्तो अवकाश भई बुढेसकालमा पेन्सन र उपदान लिन पाउनेछैनन् ।

Related

Previous Post

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

Next Post

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त

चिकित्सक संघकाे विरोधले सेवा प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा

एनटीसीको प्रिपेड सिमकार्ड प्रयोगकर्ता केवाइसी आफै अपडेट गर्न सक्ने

सोमवार, माघ २७, २०८२
एनपिएल सुदुरपश्चिम रोयल्स र धनगढीको सुदूरपश्चिमाञ्चलबीच ‘एजुकेसन पार्टनर’ कालागि सम्झौता

एनपिएल सुदुरपश्चिम रोयल्स र धनगढीको सुदूरपश्चिमाञ्चलबीच ‘एजुकेसन पार्टनर’ कालागि सम्झौता

बुधबार, मंसिर ५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In