काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
अगाडी महासचिव रहेका उप्रेती बाहेक अध्यक्षमा कसैको उम्मेदवारी नपरेका कारणले गर्दा उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
नाडाको नयाँ नेतृत्वका लागि आगामी पुस २५ गते निर्वाचनको मीति निर्धारित गरिएको भए पनि उम्मेदवारी दर्ताको समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो ।
त्यसमा उनका मात्र उम्मेदवारी परेकाले गर्दा उनी निरविराध निर्वाचित भएका हुन् । उनी अध्यक्ष भएको निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकीनै हरेको छ ।













